• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, साउन ०४, २०८२ | Saturday 19th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
  • ९ घण्टा अगाडि

धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
  • १५ घण्टा अगाडि

लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
  • १५ घण्टा अगाडि

अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
  • २ दिन अगाडि

दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार
  • २ दिन अगाडि

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन
  • २ दिन अगाडि

टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध
  • २ दिन अगाडि

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
  • २ हप्ता अगाडि

अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
  • २ हप्ता अगाडि

अस्मिता हत्या प्रकरणका डेढ महिना : अनुसन्धानमै अल्झियो प्रहरी,आफन्तले क्षतिपूर्ति पनि पाएनन् !

  •  संवाददाता
  • बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गत असार २ गते जमरानीबाट खोप पु¥याउन जोगबुडा हिँडेकी अस्मिता त्यही दिनदेखि बेपत्ता भइन् । ५ गते कार्यालयबाट करिब १ घण्टको दुरीमा रहेको पशुराम नगरपालिका–९ स्थित हट्वानी सामुदायिक वनमा उनको शव फेला प¥यो । तर घटनाको डेढ महिना बितिसक्दा पनि अनुसन्धान सकिएको छैन ।
    ‘हामीलाई न्याय मिलेन,प्रहरीबाट पनि हामी पीडित बन्या’ैँ,मृतक अस्मिताका श्रीमान अमर धामीले भने,‘रिपोटहरू आएको छैन,हामी अनुसन्धानमा छौँ भन्दै प्रहरीबाट झुकाउने मात्र काम भएको छ,हामीले पोस्टमार्टम रिपोट पनि पाएका छैनौँ।’
    ‘शव भेटिएको तीन दिन पछि मात्रै पोस्टमार्टम गरीएको थियो,त्यतिखेर पनि प्रहरी र स्वास्थ्यकर्मीले पोस्टमार्टममा ढिलाइ गरे,मृतकका आफन्त नर बहादुर धामीले भने,‘तर त्यो पोस्टमार्टम रिपोर्ट हामीलाई हेर्न दिइएको छैन,घटनास्थल र शव हेर्दा त्यो हत्या नै भएको हो।’
    ‘घटनाको प्रकृति हेर्दा हत्या भएको देखिन्छ,’स्थानीय वैद्यनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजबहादुर विष्टले भने, निधारमा डुङ्गाले हानेर मारेको जस्तो थियो,घटना भएको डेढ महिना बित्दा पनि दिन प्रहरीले दोषी पक्राउ नगरी घटनालाई ओझेलमा पार्न खोजेको देखिएको छ।’
    अनुसन्धान जारी छ : प्रहरी
    डडेल्धुराको पर्सुराम नगरपालिका–८ स्थित आधारभूत स्वास्थ्य कार्यालय जम्रानीमा कार्यालय सहयोगीको रूपमा कार्यरत अस्मिता धामीको शव भेटिएको डेढ महिना बित्दा पनि अहिलेसम्म प्रहरीले घटनाको सत्य÷तथ्य सार्वजनिक गर्न सकेको छैन ।
    पोस्टमार्टम रिपोर्टले उनको हत्या भएको देखाए पनि प्रहरीले कुनै प्रमाण र सुराक नभेट्दा घटना रहस्यमै छ ।
    अस्मिताको साथमा रहेको मोबाइल प्रहरीले शव भेटेको तीन दिनपछि मात्र फेला पारेको थियो । शव भेटिएको स्थानबाट करिब १०० मिटर तल प्रहरीले मोबाइल फेला पारेको थियो । त्यो मोबाइल पनि परीक्षणका लागी काठमाडौँ पठाइएको छ ।
    घटनाको अनुसन्धान सकिएको छैन,हामीले तथ्य र प्रमाण खोज्दैँछौँ, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दले भने, ‘अहिले नै केही भन्न सकिने अवस्था छैन,भिसेरा परीक्षण भइरहेको छ,त्यसका साथै अन्य कुराको पनि परीक्षण सकिए पनि मात्रै यो घटनाबारे बोल्न सकिन्छ ।’
    ‘मृतकको शरीरबाट आवश्यक चिज सङ्कलन भएको छ । घटना स्थलमा पनि केही कुराहरू बरामद भएको छ । ती सबैको अनुसन्धानपछि घटनाबारे थाहा हुन्छ,’उनले भने ।
    घटनाको अनुसन्धानका लागि खटिएका सङ्घीय प्रहरी इकाई कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोली फर्किसकेको छ ।

    ‘क्षतिपूर्ति सम्म पाएनौँ’

    घटना पछि पीडित धामी परिवार र नगरपालिकाबिच भएको सहमति पनि कार्यान्वयन भएको छैन । क्षतिपूर्ति स्वरूप पर्शुराम नगरपालिकाले ७ लाख ५० हजार र वडाबाट २ लाख ५० हजार राहत दिने सहमति भएको थियो । तर, हालसम्म नगरपालिकाले राहत स्वरूप दिनुपर्ने रकम समेत नदिएको अस्मिताको न्यायका लागि गठित सङ्घर्ष समिति संयोजक धनबहादुर बोहराले बताए ।

    ‘अस्मिताको शव बुझ्नुभन्दा अगाडि उनका आफन्त र नगरपालिकाबिच सहमति भएको थियो। तर, सहमति कार्यान्वयनमा भने नगरपालिकाले चासो दिएन,बोहराले भने,‘नगरप्रमुख भीमबहादुर साउँदले उति बेला शव चाँडो बुझेमा सहमति चाँडै कार्यान्वयन हुने आश्वासन दिए,तर अहिले वास्ता नै गरेका छैनन्।’

    जमरानी आधारभूत स्वास्थ्य केन्द्रको नाम ‘अस्मिता’ आधारभूत स्वास्थ्य केन्द्र राखिनुपर्ने, मृतकका श्रीमानलाई आफन्तलाई स्वास्थ्य केन्द्रमा रोजगारीको व्यवस्था हुनुपर्नेलगायत माग सङ्घर्ष समितिको थियो डेढ महिना हुँदासम्म यी माग पनि नगरपालिकाले सम्बोधन नगरेको उनीहरूले गुनासो गरेका छन् ।

    अस्मिताका श्रीमानलाई स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगी राखिएको भए पनि नियुक्ति पत्र भने नगरपालिकाले अझै दिएको छैन ।
    ‘मैले कार्यालय सहयोगीको काम गरिरहेको छु,तर नियुत्ती पत्र पाएको छैन,१० लाख क्षतिपूर्ति दिने भनेका थिए त्यो पनि अझै पाइएन,घटनाको बेला छोरीहरूको पढाईका लागी पनि छुट्टै खर्च दिने भनिएको थियो तर सहमतिका कुनै पनि बुद्धा कार्यान्वयनमा आएका छैनन्।’

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरूले नगरपालिकाले दिने भनेको साढे ७ लाख रुपैयाँ प्रक्रियामा रहेको बताए । ‘यो आर्थिक वर्षमा हामीले क्षर्तीपूर्ती रकम दिन्छौँ,उनले भने,‘नियुक्ति पत्र दिने प्रक्रिया पनि स्वास्थ्य शाखाले अगाडि छ,आधारभूत स्वास्थ्य केन्द्रको ‘अस्मिता’ नाम राख्ने भन्ने विषय भने जटिल हो,स्वास्थ्य केन्द्र सङ्घीय सरकारको लागतमा निर्माण भएका हुनाले मृतकको नाम राख्न जटिलता सिर्जना हुन्छ।’

     

    • अनुसन्धान
    • अस्मिता हत्या प्रकरण
    • क्षतिपूर्ति
    बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
    धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
    लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    • २.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • ३.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ४.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ५.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ६.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ७.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ८.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    • ९.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • १०.
      शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

    • १.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • २.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ३.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ४.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ५.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ६.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ७.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.