• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, माघ २९, २०८२ | Wednesday 11th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ११ घण्टा अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ३ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ५ दिन अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ५ दिन अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • ६ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

भजनीको दुर्दशा : बाढी प्रभावितलाई छैन राहत,गत वर्ष विस्थापितहरूको पनि जङ्गलमै बास !

  •  दैनिक जीवन
  • बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राहत नपाउँदा कैलाली, भजनी नगरपालिकाका बाढीपीडित सडकमा बास बस्न बाध्य भएका छन्।

    साउन पहिलो साता आएको बाढीले भजनी नगरपालिका- ५, पलियापुरका १४ र लालबोझीका दुई परिवार हुलाकी सडकमा त्रिपाल टाँगेर बसिरहेका छन्।

    वडा नम्बर ७ का १३ परिवारको पनि बाढीले उठिबास लगाएको छ। मोहना र कान्द्रा नदी कटान घरसम्मै पुगेपछि उनीहरू पनि सडक क्षेउमा बस्न विवश भएका हुन्।

    ‘हामीलाई कसैले राहतसम्म दिएका छैनन्। भएको खाद्यान्न पनि सकिन लागिसक्यो,’ हुलाकी सडकमा त्रिपालमुनि बसिरहेकी कलावती चौधरीले भनिन्, ‘तत्कालका लागि राहत र दीर्घकालीन रूपमा उचित व्यवस्थापन खोजिरहेका छौँ। सरकार निर्दयी छ, हाम्रो पीडा सुन्दैन।’

    भजनी नगरपालिकाका विपद् फोकल पर्सन खिमबहादुर पनाडीले यो वर्ष नै चार दर्जन परिवार विस्थापित भइसकेको बताएका छन्। उनी भन्छन्, ‘ हाम्रो नगरपालिकाको ३, ८, ५ र ७ वडा पूर्ण रूपले बाढी प्रभावित क्षेत्र हुन्। वडा नम्बर ३ मा ७ हजार ५९३, ५ मा ७ हजार २५६, ७ मा ५ हजार ८७२ र ८ मा ६ हजार ८९२ जनसंख्या छ। तीमध्ये अधिकांश घरमा सामान्य वर्षामा पनि पानी पस्ने र आधाभन्दा बढी घर वर्षेनी डुबानमा पर्ने गर्छन्।’

    गत वर्षका विस्थापितको पनि व्यवस्थापन भएन

    कैलालीको भजनी नगरपालिका-५ का लालबहादुर साउद भजनीमा रहेको महुन्याल सामुदायिक वनको शिविरमा एक वर्षदेखि बस्दै आएका छन्। गत वर्षको साउन १४ गते आएको बाढीका कारण विस्थापित भएपछि उनी त्यही शिविरमा टहरा बनाएर बस्दै आएका हुन्।

    ‘घरमा पानी पस्यो, बस्न नसक्ने अवस्था भयो, हामी सबै आफ्नो ज्यान जोगाउन सुरक्षित स्थानको खोजी गर्दै जाँदा सामुदायिक वनको जग्गामा आश्रय लिन पुगेका हौँ’, उनले भने, ‘अहिले हामी बाढीको त्रासबाट त सुरक्षित छौँ, तर खानेपानी, बिजुली बत्ती र सर्पदंशको त्रासले भने छाडेको छैन।’

    गत वर्षको बाढीबाट प्रभावित भएका भजनी नगरपालिका वडा नं ३, ५, ७, ८ र ९ वडाका करिब ५५० घरधुरीभन्दा बढी एक वर्षदेखि सामुदायिक वनको जग्गा अतिक्रमण गरी बस्दै आएका छन्। वर्षेनी वर्षा याममा विस्थापित हुँदै आएका नागरिकले शिविरमा बसेपछि बाढीबाट छुटकारा पाए पनि त्यसभन्दा जटिल समस्या शिविरमा छन्। भजनी-९ का निर्मल राजी पनि एक वर्षदेखि शिविरमा बस्दै आएका छन्।

    बाढीबाट विस्थापित भएपछि स्थानीयवासीको पछिपछि लागेर उनी निर्मल सामुदायिक वनको शिविरमा पुगेका थिए। त्यहाँ उनी खरले छाएको अस्थायी घर निर्माण गरी सपरिवार त्यही शिविरमा बस्दै आएका छन्।

    ‘बाढीले प्रभावित भएपछि घर छाडेर शिविरमा बस्नुपर्‍यो, शिविरमा बसेकालाई स्थानीय सरकारले राहतबाट पनि वञ्चित गर्‍यो’, निर्मलले भने, ‘हामीले कष्टपूर्ण जीवन बिताउँदै आएको स्थानीय सरकारलाई थाहा छ, तर थाहा भएर पनि सरकारले हाम्रो दुःखमा मल्हम लगाउन सकेन।’

    भजनी-५ की जोगेनी विकले बाढीको त्रासबाट छुटकारा मिले पनि त्यो भन्दा बढी कष्टपूर्ण जीवन शिविरमा बिताउनुपरेको बताइन्। ‘दिउँसोको समयमा सबै घरको बाहिर-भित्र हुन्छन्, कुराकानी हुन्छ, दिन कटेको थाहा हुँदैन’, जोगेनीले भनिन्, ‘साना-साना बालबालिका छन्, वनमा बस्नुपरेको छ, रातिको समयमा जङ्गली जनावरको निकै डर हुन्छ।’

    उनले शिविरमा शौचालय नभएका कारण रातिको समयमा जङ्गलभित्र टाढा-टाढा जानुपर्ने हुँदा निकै समस्या हुने गरेको बताइन्। भजनी-७ की पार्वती चौधरी जङ्गलमा रहरले नभई बाध्यताले बस्नुपरेको बताउँछिन्।

    ‘घर फर्केर जाऊँ बाढीको डरले रात-दिन जाग्राम बस्नुपर्ने हुन्छ, यतै बसौँ भने जङ्गली जनावरको त्रास उस्तै छ’, पार्वतीले भनिन्, ‘शौचालयको व्यवस्थापनका लागि सम्बन्धित निकायले ध्यान दिएका छैनन्, वनमा नै शौच गर्नुपर्ने अवस्था छ। विद्युतको व्यवस्थापन छैन, रातितिर सर्प, किरा फट्याङ्ग्राले हानि-नोक्सानी गर्छ की भने डर हुन्छ।’

    उनले आफूहरू सबै क्षेत्रबाट पीडित भएर बसेकाले पहुँच भएकाले शिविरमा पनि घर निर्माण गरेको बताइन्।

    उनले भनिन्, ‘हामीले अहिले पनि ओत लाग्नेसम्मको टहरो निर्माण गरेका छौँ, हामी १२ महिना २४ घण्टा यहीँ बस्छौँ, केही व्यक्तिले जग्गाको आशामा अतिक्रमण गरेका पनि छन्, बाहिरबाट कोही आएको थाहा पाएपछि तुरुन्तै यहाँ पुग्ने गर्छन्, अरू बेला उनीहरूको घर हुन्छ, तर उनीहरू हुँदैनन्।’

    गत वर्ष १४ साउनमा आएको बाढीले बगाउँदा वडा नम्बर ८ मा तीन जनाको मृत्यु भएको थियो।

    सामुदायिक वनमा बस्दै आएका नागरिकलाई वन खाली गर्न वन कार्यालयले पटक-पटक पत्र काटे पनि बाढी प्रभावितले अर्को विकल्प नभएसम्म आफूहरू त्यहाँबाट कतै नजाने बताउँदै आएका छन्। स्थानीय सरकारले पनि बाढीपीडितलाई अन्य कुनै ठाउँमा व्यवस्थापन गर्नसक्ने अवस्था नदेखेपछि कुनै प्रतिक्रिया दिएको छैन।

    सामुदायिक वनमा आश्रय लिइरहेकाहरूको यकिन तथ्याङ्क पनि भजनी नगरपालिकाले राखेको छैन।

    ‘वनमा बसिरहेकाहरू वास्तविक पीडित हुन्/हैनन् आधिकारिक तथ्याङ्क नगरपालिकासँग छैन,’ प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले भने, ‘म सरुवा भएर आएको चार महिना मात्रै भयो। जनप्रतिनिधीहरु नै बाढी प्रभावितको व्यवस्थापनको लागि जिम्मेवार छैनन्। यद्यपि उनीहरूको व्यवस्थापनका लागि पहल गर्दैछौँ।’

    • बाढी प्रभावित
    • भजनीको दुर्दशा
    बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.