• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, फागुन ०२, २०८२ | Saturday 14th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ३ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ६ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

लिखितमा नक्कली परीक्षार्थी खटाउनेहरु अन्तर्वार्तामा समातिन्छन्

"सुदूरपश्चिममा ५ जना पक्राउ "
  •  संवाददाता
  • शनिबार, साउन २३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीका एक युवक बिहानबिहानै सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायल पुगे । नागरिकता प्रमाण पत्र र शैक्षिक योग्यताका प्रमाण पत्र बोकेका उनी प्रहरी जवान पदको अन्तर्वार्तामा सहभागी हुन पुगेका थिए । शारीरिक अभ्यास र लिखित परीक्षामा उनको राम्रो नतिजा देखिएको थियो । तर, अन्तर्वार्तामा उनको प्रस्तुति देखेर प्रश्नकर्तालाई शंका लाग्यो ।

    ‘उनको बिषयमा सोधखोज गर्दै जाँदा उनको नामबाट शारीरिक अभ्यास र लिखित परीक्षा अरु कसैले दिएको रहेछ’ अन्तर्वार्ता लिनेमध्येका एक जनाले भने, ‘उनको प्रस्तुतिले नै उनलाई नक्कली हो भन्ने देखायो ।’ ती युवकलाई प्रहरीले पक्राउ गरि मुद्धा चलाएको छ ।

    प्रहरी भर्नाको अन्तिम चरण अन्तर्वार्तामा उनीजस्तै अरुले नै जाँच दिएर पास भएका पाँच युवा पुगेका थिए । प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लियो ।

    प्रहरी जवानमा नक्कली परीक्षा दिन लगाउने गिरोह नै सक्रिय भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ल बताउँछन् । ‘शुरुमा प्रहरी जवानमा भर्ना गरिदिने भन्दै पैसा असुल गर्ने, अनि सक्कली व्यक्तिको सट्टामा नक्कली व्यक्ति पठाएर शारीरिक परीक्षण र लिखित परीक्षासम्म पुग्ने गरेको पाइयो’ मल्ल भन्छन्, ‘यसमा धेरैको सहभागिता रहेको देखिन्छ ।’

    उनले प्रवेश पत्रका अर्काको फोटो लाएर कीर्ते हस्ताक्षर गर्ने अनि शारीरिक परीक्षण र लिखित परीक्षामा सहभागी हुने गरेको पाइएको बताए । लिखित परीक्षामा सहभागी भएका १८ नक्कली परीक्षार्थीहरुलाई यसअघि नै पक्राउ गरी कानून बमोजिम कारवाही गरिएको प्रहरी उपरीक्षक मल्ल बताउँछन् ।

    ‘जो व्यक्ति आफैं सबै प्रक्रियामा सहभागी भएर आएको हुन्छ उसले अध्ययन पनि गरेको हुन्छ र अन्तर्वार्तामा पनि उसले सहजै फेस गर्न सक्छ’ प्रहरी उपरीक्षक मल्लले भने ‘अरु प्रतिस्पर्धामा आफ्नो सट्टा नक्कली परीक्षार्थी पठाउने अन्तर्वार्तामा त जसरी पनि समातिहाल्छ नि १’ उनले अन्तर्वार्तामा सक्कलै कागजात ल्याउनु पर्ने भएका कारण नक्कली व्यक्ति आउन सम्भव नभएको वताए ।

    आफ्नो सट्टा अर्कैलाई पठाई अन्तर्वार्तासम्म पुगेका पाँचै जनालाई सरकारी कागजात कीर्ते गरेको आरोपमा मुद्धा अघाडि बढाइएको प्रहरी उपरीक्षक मल्ल वताउँछन् । उनले यस अघि लिखित परीक्षाका क्रममा समातिएका १८ जनालाई पनि यसै कसुरमा मुद्धा चलाइएको बताए ।

    उनीहरुको सट्टामा नक्कली परीक्षार्थी भई परीक्षामा सहभागी भएका व्यक्तिहरुको पनि खोजी भइरहेको मल्लले बताए । उनले भने ‘उनीहरु फरार छ, हाम्रो अनुसन्धान उनीहरुको नजिक पुगिसकेको छ, अब केही दिनमै समातिन्छन् ।’

    मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ अनुसार कीर्ते गर्ने व्यक्तिलाई पाँच बर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

    एकातिर कैद सजाय पनि भुक्तान गर्नुपर्ने, अर्कोतिर अर्कोपल्टका लागि पनि अयोग्य हुने भएकाले नक्कली परीक्षार्थी भएर सहभागी हुनु वा नक्कली परीक्षार्थी तयार गरेर परीक्षामा पठाउने दुवै कामले व्यक्ति स्वयंलाई घाटा हुने मल्लको भनाइ छ ।

    उनी थप्छन् ‘अरु तयारी राम्रोसंग गर्नुप¥यो, नजानेको बिषयमा तयारी कक्षा लिनुप¥यो ।’ उनले सुदूरपश्चिममा यस्तो प्रबृत्ति बढेको बताए ।

    • अन्तर्वार्तामा
    • नक्कली परीक्षार्थी
    शनिबार, साउन २३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.