पहिला-पहिला केही दिनलाई नाटकीय प्यार गर्छन् ।
कसरी स्वार्थ लुट्ने भनेर पहिला नै बिचार गर्छन् ।।
मलाई यस्तो समाजमा जन्म दिनुभयो आमा जहाँ ।
आफ्नै छोरी बहिनी लाई दिनौ दिन बलात्कार गर्छन् ।।
शान्ति अनि समृद्ध देश बनाउने सपना देख्नेहरू।
सत्तामा बसेर करोडौँको भ्रष्टाचार लगातार गर्छन् ।।
पीडितलाई न्याय पिडक लाई सजाय कसले दिन्छ ।
न्याय दिनेले नै कानुनको व्यापार बारम्बार गर्छन् ।।
आफ्नै देशमा गरी खाने कुनै आधार नभएपछि ।
रोजगारीका लागि दैनिक लाखौँ युवा सिमापार गर्छन् ।।
मीन बहादुर खड्का, बाजुरा खप्तड छेडेदह गाउँपालिका वडा न ३ टुनिसैन ।
हाल सदरमुकाम मार्तडी ।