पाकिस्तानको बलुचिस्तान प्रदेशको क्वेटा सहरमा बम विष्फोट हुँदा २ प्रहरीको मृत्यु भएको छ ।आइतबार बेलुका क्वेटा सहरको प्रख्यात होटल सेरेना नजिकै बम विष्फोट भएको पाकिस्तानी मिडियाले जनाएका छन् । सेरेना होटलमा तीन महिना पहिला पनि आतंकी हमला हुँदा पाँच मानिसको मृत्यु भएको थियो ।
पाकिस्तानी मिडियाका अनुसार प्रहरी भ्यानलाई निशाना बनाइ बम विष्फोट भएको थियो ।
बलुचिस्तान सरकारले बम विष्फोटको बारेमा अनुसन्धान भइरहेको जनाएको छ । सरकारका अनुसार बम मोटरसाइकलमा लुकाएर राखिएको थियो ।
विष्फोटमा परी ८ प्रहरीसहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको उपचार भइरहेको छ ।
विष्फोटको पछाडि बलुचिस्तान लिबरेसन आर्मीको हात रहेको बताइएको छ ।