• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

‘छोरी मान्छेहरुलाई चान्स मार्न कसले खोज्दैन र ’ अञ्जली अधिकारी

  •  संवाददाता
  • शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमान्डौ ,लोकदोहोरी क्षेत्रकी व्यस्त मोडल हुन्, अञ्जली अधिकारी । उनले करिब चार सय हाराहारी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । प्रकाश सपुतको ‘बोल माया’ गीतबाट उनी धेरै दर्शकमाझ छाइन् । पछि ‘प्रसाद’ फिल्मको ‘वनकी चरी’ गीतमा नाचेपछि उनको मोडलिङ उचाई थप बढ्यो । उनी भन्छिन् -मेरो घर बर्दिया हो । चार वर्षअघि बासगढी भन्ने ठाउँमा महोत्सव चलिरा’को थियो । महोत्सवमा काठमाडौंबाट शंकर बिसी, बद्री पँगेनी, पशुपति शर्मा लगायत कलाकार आउनुभएको थियो ।

    बद्री दाइले त्यहाँनेर दोहोरीमा प्रतिस्पर्धा नै घोषणा गर्नुभयो । उहाँले म यहाँ स्टेजमा गाउँछु र स्टेज तल मेरो गीतमा जसले सबैभन्दा राम्रो र जर्बजस्त नाच्न सक्छ, त्यसलाई पाँच सय रुपैयाँ पुरस्कार दिन्छु भन्नुभयो । म पनि पूरा दिल खोलेर नाचेँ ।पछि फस्ट पनि म नै भएँ ।पाँच सय रुपैैयाँ पनि पाएँ ।पुरस्कार थापेपछि मैले उहाँहरु सबैलाई मेरो कलाकारिता रुचिबारे सुनाएँ ।त्यसपछि बद्री दाइले ‘हुन्छ, सुरुमा एउटा गीतमा चान्स दिन्छौँ ।त्यसमा तिमीले राम्रो गर्न सक्यौँ भने जमिहाल्छौँ नत्र फेरि घर फर्कने’ भन्नुभयो।त्यसको केही समयपछि बद्री दाइकै एउटा गीतमा काम गर्ने मौका पाएँ ।

    त्यसमा राम्रो भयो । बिस्तारै अफर बढ्दै गयो । त्यसरी यहाँसम्म आइपुगे । एउटा छोरी मान्छे भएर इन्डस्ट्रीमा लागिसकेपछि विभिन्न खाले प्रश्नहरु उठ्छन्, त्यसलाई पनि सहनुपर्छ । जस्तो, मेरै गाउँघरमा पनि म दोहोरीमा नाच्न आइपुगेको पचेको थिएन । मेरै घरमा ममीलाई छरछिमेकले प्रश्न गर्थे । समाज त त्यस्तै हुनेरै’छ । ए छोरीलाई त्यहाँ पठाइस्, अब बिग्रिन्छे, अब भत्किन्छे, अब बर्बाद हुन्छे भन्दै टिप्पणी गरेछन् । अरु त अरु मेरो ममीलाई ड्याडी र दाइलेसम्म टर्चर दिनुभयो त्यतिबेला । तर ममीको पूरा सहयोग थियो ।

    बाबाको सपना त मलाई स्टार्फ नर्स बनाउने थियो तर हिरोनी बन्न भागेर काठमाडौं आइपुगेँ । उहाँ पनि रिसाउनुभएको थियो । जब मेरा भिडियोहरु रिलिज हुन थाले, त्यसपछि उहाँ पोजिटिभ हुन थाल्नुभयो । अहिले त ममीभन्दा बढी मेरो भिडियो बाबाले सेयर गर्नुहुन्छ । सुरुमा आउँदाखेरी नै जग बलियो भएर होला मलाई कसैले हेप्न सकेन । सिनियर दाइहरु बद्री पंगेनी, पशुपति शर्मा, शंकर बिसीहरुको सपोर्ट थियो, त्यही भएर पनि कसैले केही गर्ने हिम्मत गरेन । सायद म अर्कै माध्यमबाट आएको भए मलाई पनि त्यस्तो प्रयास हुन्थ्यो होला, नहुने होइन ।

    छोरी मान्छेहरुलाई चान्स मार्न कसले खोज्दैन र, खोजिहाल्छ नि ! तर, आफू सचेत हुनपर्छ त्यस्तो कुरामा । एकपल्ट कार्यक्रममा जाँदाखेरी आयोजकका दाइहरुले बसेर वाइन खाऊ न, हुक्का तानौँ न, रुमसँग पु¥याइदिउँ ? जस्ता प्रस्ताव गर्न थाल्नुभएको थियो ।टचसम्म गर्न खोज्नुभएको थियो ।त्यो बेलामा म अझै बच्चै थिएँ ।उहाँको नियतमा समस्या देखेपछि तत्कालै शंकर दाइ (बिसी)लाई फोन लगाएर मलाई यस्तोयस्तो भनिरा’छ भनेर सुनाएँ ।शंकर दाइले फोन देऊ, म कुरा गर्छु भन्नुभयो ।लास्टै झपार्दिनुभएछ। त्यस पछि चुप लाग्यो ।

    त्यसैले म सधैँ भन्छु, सहेर बस्नुहुन्न । कि आफैँले प्रतिकार गर्नुपर्छ, आफैँ सकिँदैन भने सिनियर दाइहरुलाई तत्कालै सुनाएर भए पनि एक्सन लिनुपर्छ । थ्याङ्क गड, त्यतिबेला ब्वाइफ्रेन्डले ब्रेकअप दियो र त म अहिले यहाँसम्म आइपुगेँ । ब्वाइफ्रेन्डलाई बोकेर हिँडेको भए त कहाँ पुग्थे कहाँ ! यो क्षेत्रमा आइपुग्न त रत्तिभर सपोर्ट थिएन । कि इन्डस्ट्री कि मलाई रोज रे ! मैले इन्डस्ट्री रोजेँ ।

    शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राष्ट्रिय कला प्रदर्शनी शुरू
    गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन मूल समारोह समिति गठन
    जेठ २१ गतेबाट गंगा दशहरा बेहडाबाबा मन्दिरमा मेला
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.