• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, फागुन ०३, २०८२ | Sunday 15th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ५ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ७ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

झोलुंगे पुलबाट निर्माण सामाग्री ढुवानी गर्न महँगो र झन्झटिलो

  •  संवाददाता
  • मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फलामको पिँजडाजस्तै सानो बाक्सा । तार लट्ठामा झुन्ड्याइएको छ । बीचमा महाकाली नदी । दुवैतर्फ प्लास्टिकका डोरी बाँधिकएको छ । बाक्साभित्र विभिन्न निर्माण सामग्री भरेर पारितर्फबाट तानिन्छ । दुईरतीन जनाले डोरीले तानेर पारि पुगेपछि बाक्साभित्रका सबै सामग्री निकालिन्छ । त्यसपछि पुनः वारितर्फ तानेर भरेर पठाइन्छ । यो क्रम दिनभरि नै चलिरहन्छ ।

    महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुलका लागि तुइनबाट निर्माण सामग्री पारि लगिँदै । तस्बिर स् भवानीरकञ्चनपुर
    यो दृश्य महाकाली नदीमा निर्माणाधीन ४ लेनको पक्की पुल निर्माणस्थलको हो । पुल निर्माणका लागि निर्माण सामग्री यही तुइनबाट नदीपारिसम्म पुर्‍याइन्छ । सिमेन्ट, बाइन्डिङ तार, कामदारका औजारलगायत सामग्री यसैबाट पारि पठाइन्छ ।

    असार पहिलो साता महाकाली नदीमा आएको बाढीले पुलसम्मको पहुँचमार्ग बगाएपछि अस्थायी रूपमा सुरु भएको आवागमन बन्द हुनुका साथै निर्माणस्थलसम्म निर्माण सामग्री ढुवानीमा समेत समस्या भएको छ । झोलुंगे पुलबाट निर्माण सामग्री ढुवानी गर्न महँगो र झन्झटिलो हुने तथा शारदा ब्यारेजको पुलबाट समेत सहज नहुँदा निर्माण कम्पनीले तुइनको सहारा लिन थालेको हो । ‘एक पटकमा एक टनसम्म तुइनबाटै ढुवानी गर्न सकिन्छ,’ महाकाली पुल निर्माण कम्पनी सीएफईसी जेभीका साइट इन्जिनियर रवीन्द्र श्रेष्ठले भने, ‘अहिले सिमेन्टका बोरा र बाइन्डिङ तार तुइनबाट ढुवानी गरिरहेका छौं ।’ उनका अनुसार दिनभरिमा डेढ सय बोरासम्म ढुवानी भइरहेको छ ।

    अहिले पुलको स्ल्याब ढलानको काम चलिरहेको छ । पुलका ३२ मध्ये २६ स्ल्याब ढलान भइसकेका छन् । ६ वटा स्ल्याब ढलानको तयारी भइरहेको हो । स्ल्याब ढलानको काम दसैंअगावै सक्ने योजना भए पनि अब मंसिर पुससम्म लम्बिएको छ । त्यसकै लागि आवश्यक निर्माण सामग्री तुइनबाट ढुवानी भएरहेको छ । ‘झोलुंगे पुलबाट ढुवानी गर्दा धेरै समय र खर्चिलो पनि छ,’ इन्जिनियर श्रेष्ठले भने, ‘भारततर्फको शारदा ब्यारेजबाट पनि सहजै ढुवानी गर्न सकिएन ।’

    पहुँच मार्ग भत्किएकै कारण पारितर्फ सडक निर्माणको काम पनि बन्द हुन पुगेको छ । पुलदेखि दोधारा चाँदनीको मलेरिया नालासम्म करिब अढाई किलोमिटर सडक निर्माणको काम अब पहुँच मार्ग बनेपछि मात्रै सुचारु हुनेछ । वारिपट्टि सडक निर्माणको काम भने चलिरहेको छ ।

    असारमै आएको बाढीले विभिन्न किसिमका उपकरणहरू बगाएकोले बर्खापछि मात्रै सडक कालोपत्रको काम अगाडि बढ्ने निर्माण कम्पनीका इन्जिनियर किशोर पाण्डेयले बताए । गड्डाचौकीदेखि पुलसम्म करिब ६ किलोमिटर सडकको बेस निर्माणको काम चलिरहेको छ । लकडाउनको अवधिमा समेत कामदारको कोरोना परीक्षण गरेर पुल निर्माणको काम धमाधम चलिरहेको थियो । तर बाढीले पहुँच मार्ग भत्काएपछि काम प्रभावित हुने अवस्था आएको थियो । पहुँच मार्गकै विकल्पमा तुइन जडान गरिएको हो ।

    • झोलुंगे पुल
    • निर्माण सामाग्री ढुवानी
    • महँगो र झन्झटिलो
    मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    एमालेबाट सूर्य ढकाल सिफारिस
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.