• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, फागुन ०२, २०८२ | Saturday 14th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ३ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ६ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

सेक्सपछि यसरी ‘भर्जिन’ बनिरहेका छन् युवती

  •  संवाददाता
  • बिहिबार, साउन २८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ट्युनिशियामा विवाह नभएका सबै युवती ‘भर्जिन’ भएको आशा गरिन्छ । यसै कारण यहाँ भर्जिनिटीलाई पुनः हाँसिल गर्नका लागि ‘हाइमन’ लगाउने कारोबार निकै फस्टाउँदो छ ।

    यास्मिन (परिवर्तित नाम) निकै डराएकी छिन् । उनी आफ्नो नङ लगातार टोकिरहेकी छिन् र लगातार मोबाइल हेरिरहेकी छिन् ।

    उनले भनिन्, ‘म यसलाई धोका मान्छु त्यसकारण निकै दुःखी छु ।’ ट्युनिशियाका एक प्राइभेट क्लिनिकमा हामी चौथो तल्लामा छौं । यहाँ महिलाको समस्यासँग जोर्डिका डाक्टर छन् । गुलाबी रङको वेटिङ रुममा महिला निकै धैर्यताका साथ प्रतिक्षा गरिरहेका छन् ।

    यास्मिनले नक्कली हाइमन लगाएको जानकारी दिइन् । एक सानो मेडिकल प्रक्रियामार्फत महिलाको गोप्य अंगमा हाइमन जुन एक प्रकारको झिल्ली जस्तो हुन्छ त्यसलाई जोड्ने गर्दछ । हाइमनलाई पुनः जोड्दा भर्जिनिटीलाई फिर्ता ल्याएको भन्ने गरिन्छ ।

    समाजशास्त्री सामिया एलुमीले भने, ‘हामी आधुनिक समाजमा बसिरहेको दाबी गर्छौं तर यो आधुनिकता महिलाहरुको यौन सम्बन्धसँग जोडिएको छैन ।’ यास्मिनको दुई महिनापछि विवाह हुँदैछ ।

    २८ वर्षीया यास्मिनलाई आफू भर्जिन नभएकोमा चिन्ता छ । भविष्यमा उनी भर्जिन नभएको कुरा थाहा हुनसक्ने भन्दै उनी तनावमा छिन् ।

    उनले भनिन्, ‘एक दिन गल्तीपूर्वक कुराकानीको क्रममा मैले यसको पर्दाफास नगरुँ वा मेरा श्रीमानलाई यसबारे शंका नहोस् ।’

    ‘यति दबाब होला भनेर सोच्न पनि सक्दिनथें’

    पुरुषले भर्जिन नभएको शंका गरेर श्रीमतीसँग विवाहलगत्तै सम्बन्धविच्छेद गरेका घटना यहाँसार्वजनिक भएका छन्।

    यास्मिनको जन्म एक उदार परिवारमा भएको थियो ।

    उनी थुप्रै वर्षसम्म विदेशमा पनि बसिन् । उनलाई डर छ कि उनका अतितका यौन सम्बन्धबारे भविष्यका श्रीमानलाई शंका लाग्यो भने विवाह टुट्नेछ ।

    यास्मिनले भनिन्, ‘मेरो एक पुरुषसँग सम्बन्ध थियो । त्यतिबेला मैले कल्पना पनि गरेको थिइनँ कि भर्जिनिटीको विषयमा हाम्रो समाजमा कति दबाब हुने गर्दछ र त्यसको के नतिजा हुनसक्ला । यस्तो अवस्थामा म निकै डराएकी छु । यदि मैले आफ्नो सम्बन्धबारे भविष्यका श्रीमानलाई भनें भने निश्चय नै मेरो विवाह टुट्नेछ ।’

    पुनः हाइमन लगाउन आधा घण्टाको समय लाग्छ र यसका लागि यास्मिनले लगभग ४ सय डलर तिरेकी छिन् । यसका लागि उनले थुप्रै महिनादेखि पैसा बचाएर राखेकी थिइन् ।

    यास्मिनलाई पुनः भर्जिन बनाउने प्रक्रिया एक गाइनाकोलोजिस्टले पूरा गर्नेछन् । डा। रशिद एक हप्तामा दुईवटा यस्तो शल्यक्रिया गर्दछन् ।

    डा. रशिदका अनुसार जसले पुनः हाइमन राख्न आउँछन् तीमध्ये ९९ प्रतिशत त्यस्ता महिला हुन्छन् जो आफ्नो परिवार र आफन्तको इज्जत जाने कुरामा डराएका हुन्छन् ।

    यद्यपी, हाइमन टुट्टे कारण सेक्समात्र हुँदैन तर पनि महिलालाई गलत तरिकाले अपराधी ठहराइन्छ र उनीहरुमाथि विवाह पूर्व सेक्सको आरोप लगाइन्छ ।

    डाक्टरले भने, ‘गाइनाकोलोजिस्टले हाइमनलाई पुनः राखिदिने गर्दछन् । यो कुनै अपवाद होइन । यहाँ कुनै पनि डाक्टरले यसो गर्दैनन् । म नीजि रुपमा यस्तो गर्छु किनभने म ती मानिससँग सहमत छैन जसले भर्जिनिटीलाई पवित्र मान्छन् । यो सबै पुरुष प्रभुत्व हो र म यी सबै विरुद्ध युद्ध जारी राख्नेछु ।’

    भर्जिन छैन भने सम्बन्धविच्छेद दिन सक्छन्ः

    उत्तरी अफ्रिकामा ट्यूनिशिया महिलालाई अधिकार सम्पन्न गराएकोमा चर्चित छ तर धर्म र परम्पराका कारण यहाँ महिलालाई विवाह अघिसम्म भर्जिन रहन बाध्य बनाइन्छ ।

    ट्युनिशियाको सम्बन्धविच्छेदमा यो पनि प्रावधान छ कि यदि श्रीमानलाई श्रीमती भर्जिन छैन भन्ने थाहा भए उनले सम्बन्धविच्छेद दिन सक्छन् ।

    समाजशास्त्री सामिया एलुमीले भनिन्, ‘ट्युनिशिया समाज एक खुल्ला समाज हो तर हामी पाखण्डी भइरहेका छौं । यहाँ सामाजिक रुढिवादी निकै प्रबल रुपमा छ र हामी यसलाई आधुनिक समाजमा सही मान्न सक्दैनौं । महिलाको कामूकता र उनीहरुको स्वतन्त्रताको मामलामा आधुनिकता अहिले पनि कोसौं टाढा छ ।’

    एक सरकारी युनिभर्सिटीमा मेरो भेट इशेनसँग भयो । २९ वर्षीय इशेनको विवाह पछिल्लो वर्ष भएको थियो । मैले उनलाई के उनका साथी भर्जिनिटीको ख्याल राख्छन् भनेर प्रश्न सोघ्दा उनले भने, ‘यो हाम्रो लागि निकै महत्वपूर्ण छ ।’

    इशेनले भने, ‘यदि मलाई विवाह पछि मेरी श्रीमती भर्जिन छैन भन्ने थाहा भए म उनलाई पुनः विश्वास गर्न सक्दिनँ । म यसलाई धोकाको रुपमा हेर्नेछु । म नक्कली हाइमनमा विश्वास गर्दिनँ । मलाई लाग्छ कि यसले काम गर्दैन ।’

    इशेनको नजिकै बसेका एक विद्यार्थीले ट्युनिशियाली परम्परामा महिलाले प्रताडना झेल्नुपरेको बताए ।

    उनका लागि यो पूर्ण रुपमा पाखण्ड हो । उनले भने, ‘यदि पुरुषले विवाह पूर्व यौनसम्बन्ध राख्न सक्छ भने महिला भने किन यसबाट बञ्चित हुनुपर्ने ?’

    बिहिबार, साउन २८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
     सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
    राष्ट्रिय कला प्रदर्शनी शुरू
    शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.