• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, जेठ ०३, २०८२ | Friday 16th May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
  • ४ घण्टा अगाडि

सरकारी कार्यालय, बैंककाे कागजात किर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ
  • ४ घण्टा अगाडि

पेट्रोलमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँ भाउ घट्यो
  • ४ घण्टा अगाडि

आज दिउँसो पनि केही ठाउँमा पानी पर्ने, तराईका केही जिल्लामा गर्मी
  • ४ घण्टा अगाडि

कैलालीका १३ स्थानीय तहमा ४७ करोडभन्दा बढी बेरुजु
  • ४ घण्टा अगाडि

कञ्चनपुरबाट अवैध रुपमा भारतबाट भन्सार छलीका सामान बरामद
  • ५ घण्टा अगाडि

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ
  • ५ घण्टा अगाडि

सगरमाथामा आराेहणका क्रममा एक जना आरोहीको ज्यान गएको छ
  • २१ घण्टा अगाडि

बझाङमा करणीको आरोपमा एक जना पक्राउ
  • २१ घण्टा अगाडि

सीमामा सशस्त्र प्रहरीको सक्रियता

  •  संवाददाता
  • शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    साढे चार वर्षअघि कञ्चनपुरको पुनर्वासस्थित नेपाल–भारत सीमा क्षेत्रका कल्भर्ट निर्माणको विषयले उग्ररूप लिँदा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले चलाएको गोली लागेर गोविन्द गौतमले शहादत प्राप्त गरे ।

    कल्भर्ट निर्माणका लागि भएको विवाद क्षेत्र न अहिलेसम्म समाधान भयो, न त भारतीय पक्षले गोली चलाएको विषय नै स्वीकार ग¥यो । मुलुकमा चर्चाको विषय बनेको उक्त घटनालगत्तै घटनास्थल छेउमै सशस्त्र प्रहरी बलले बिओपी स्थापना गरेर सीमा क्षेत्रको सुरक्षा र निगरानी भने बढाएको छ । सीमाको सुरक्षामा सशस्त्र प्रहरी बल तैनाथ गर्ने नीति लिएको १४ वर्षपछि सरकारले नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको उपस्थिति बाक्लो बनाएसँगै कञ्चनपुरमा पनि दु्रत गतिमा बिओपी थपिने क्रम छ ।

    दुई वर्ष अघिसम्म कञ्चनपुरमा सशस्त्र प्रहरीको एउटा गण र बेलौरीतथार दोधारा चादँनीमा रहेका दुई वटा बिओपी सीमा सुरक्षामा तैनाथ थिए । बिहीबार मात्रै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ कञ्जभोजमा सशस्त्र प्रहरीको २० औँ बिओपी स्थापना भएको छ । कञ्चनपुरमा नेपाल–भारत १३० किलोमिटर क्षेत्र सीमा जोडिएको छ । उक्त क्षेत्रमा भारतका तीन वटा बटालियन छन् भने हरेक पाँच किलोमिटरको दूरीमा एसएसबी पोष्ट रहेका छन् ।

    कोरोना कहर सुरु भएसँगै सरकारले पनि यहाँका सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बाक्लो बनाउँदै लगेपछि सीमा क्षेत्रमा नागरिकले सुरक्षाको दरिलो अनुभूति गर्न पाएको सशस्त्र प्रहरी बल ३५ नं गण हेडक्वार्टरका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए । “अझै ब्रह्मदेव, दोधारा चाँदनी र पुनर्वासमा गरी चार वटा पोष्ट स्थापना गर्ने तयारीमा छौँ ।” उनले भने, “हाम्रो उपस्थिति बढेसँगै सीमा क्षेत्रमा शान्ति सुरक्षा, सीमा स्तम्भ र भूमि रक्षा, चोरी शिकारी नियन्त्रण, अवैध बाटोबाट हुने अवैध गतिविधि नियन्त्रण भएका छन् ।”

    दोधारा चाँदनी क्षेत्रमा बिहीबार स्थापना भएको कञ्चभोजको पाँचौँ बिओपी हो । उक्त पोष्टको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक र नायब निरीक्षकले गरिरहेका छन् । “बीस वटा पोष्टमा नौ स्थानमा स्थायी संरचना बनिसकेका छन्”, सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने, “अन्यमा अहिले अस्थायीरूपले निर्माण गरेर ड्यिुटी थालिएको छ ।”

    उनले गत आर्थिक वर्षमा मात्रै चोरीशिकारी नियन्त्रण कार्यबाट रु चार करोड राजस्व सङ्कलन भएको बताए ।सीमा क्षेत्रबाट ५४ जना लागू पदार्थ तस्कर र अवैध बाटोबाट भारत जान लागेका २० बालबालिकालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    सीमामा सक्रियता बढाउँदै गएको सशस्त्र प्रहरीलाई भौतिक संरचना र पूर्वाधार विकासमा समेत राज्यको ध्यान जानुपर्ने सीमा क्षेत्रका स्थानीयवासीको भनाइ छ । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनारले यहाँको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढेप्रति खुसी व्यक्त गरे । “सीमा क्षेत्रमा हुने अवैध गतिविधि पनि सुरक्षाकर्मीको उपस्थितिले निरुत्साहित हुँदै जानेछन्, सरकारको सीमामा बिओपी बढाउने कुरा निकै सह्रानीय छ ।”

    त्यसैगरी पुनर्वास नरगपालिका–९ का वडाध्यक्ष नारायणप्रसाद जैशीले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढ्दा सीमा क्षेत्रका नागरिकलाई सहज भएको बताए । “अहिले भारतीय पक्षसित समन्वय नै राम्रो छ”, उनले भने, “भूमि अतिक्रमणको विषय पनि टुङ्गो लगाउनुपर्छ ।” उनले प्याराताल क्षेत्रमा भारतीय पक्षले २०६१ सालयता अतिक्रमण गरेको बताए । “सो क्षेत्र भारतले नक्सामा आफ्नो भूमि भनी दाबी गरे पनि भोगचलन हामीले गरेका छौँ”, उनले भने, “अहिले पनि प्यारातालबाट ५०० मिटरभित्र जङ्गलबाट सीतास्तम्भ नंं १९५ ढलेको अवस्थामा छ ।” उनले भारतसित समन्वय गरेर सीमा विवादको विषय पनि टुङ्गो लगाउनुपर्नेमा जोड दिए ।

    • सशस्त्र प्रहरी
    • सीमामा सशस्त्र
    शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
    सरकारी कार्यालय, बैंककाे कागजात किर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ
    पेट्रोलमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँ भाउ घट्यो
    • भर्खरै
    • चर्चित
    • १.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • २.
      सरकारी कार्यालय, बैंककाे कागजात किर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ

    • ३.
      पेट्रोलमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँ भाउ घट्यो

    • ४.
      आज दिउँसो पनि केही ठाउँमा पानी पर्ने, तराईका केही जिल्लामा गर्मी

    • ५.
      कैलालीका १३ स्थानीय तहमा ४७ करोडभन्दा बढी बेरुजु

    • ६.
      कञ्चनपुरबाट अवैध रुपमा भारतबाट भन्सार छलीका सामान बरामद

    • ७.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ८.
      सगरमाथामा आराेहणका क्रममा एक जना आरोहीको ज्यान गएको छ

    • ९.
      बझाङमा करणीको आरोपमा एक जना पक्राउ

    • १०.
      गोदावरीमा भूमिहीनलाई लालपुर्जा वितरणको प्रक्रिया सुरु

    • १.
      आलेले गरे लिङ्ग पुराण महायज्ञमा सबै भन्दा बढी आर्थिक सहयोग

    • २.
      पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने

    • ३.
      स्थानीय सेवा ऐन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

    • ४.
      कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ

    • ५.
      १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव

    • ६.
      बाजुरामा पञ्चेबाजा संरक्षणमा चासो देखाउदै युवाहरु

    • ७.
      महाकाली पुल आयोजनाको काम ठप्प, बस्ती जोखिममा

    • ८.
      कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

    • ९.
      धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु

    • १०.
      सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकार प्रतिबद्ध

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.