• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २८, २०८२ | Saturday 13th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ८ घण्टा अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ८ घण्टा अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ४ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ४ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ४ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ४ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ४ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ४ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • १ हप्ता अगाडि

Advertisement

योनीमा किन आउँदैन रस ?

"यस्तो छ, फेमिली थेरापिस्ट करुणा कुँवरको सल्लाह "
  •  संवाददाता
  • शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    म ३३ वरर्षीया विवाहित महिला हुँ । मेरो प्रेमविवाह भएको ६ वर्ष भइसक्यो तर अहिलेसम्म सन्तान भएका छैनन् । मेरो काँधमा परिवारको जिम्मेवारी छ । विवाह भएदेखि नै प्रायः यौन सम्पर्कमा रुचि नहुने, योनी सुख्खा हुने समस्या हुन्थ्यो ।

    यो क्रम घटेको छैन । योनी नरसाउने भएकाले यौन सम्पर्कका बेला मलाई निकै पीडा महशुस हुन्छ । यही कारण हाम्रो यौन जीवन निरस भइरहेको छ ।

    म श्रीमान्लाई माया गर्छु तर उहाँसँगको यौन सम्पर्क निकै कष्टकर महशुस हुन्छ । यसले मेरो पारिवारिक अवस्था दिनप्रतिदिन बिग्रँदै गएको छ । उहाँ हाल नेपालबाहिर हुनुहुन्छ र म पनि चाँडै उहाँसँगै विदेश जाँदैछु । ‘तिम्रो समस्या समाधान भएको छैन भने नआउँदा हुन्छ’ भनेर धम्की दिनुहुन्छ ।

    उहाँको कुराले मेरो मन खिन्न हुन थालेको छ । केही विशेषज्ञसँग सम्पर्क गर्दा उनीहरुले ‘यो तपाईंको नितान्त मनोवैज्ञानिक समस्या हो’ भनेका थिए । यो समस्या मनोवैज्ञानिक हो कि शारीरिक रु कृपया तपाईंले प्रस्ट पारिदिनुहोला । तपाईंको सहयोग चाहन्छु । (सी

    सीजी, तपाईंले राख्नुभएको जिज्ञासाबाट के बुझिन्छ भने यो समस्या श्रीमान्को भन्दा तपाईंसँग बढी सम्बन्धित छ । यौन चाहना बढी मात्रामा हुँदा योनीबाट तरल पदार्थ बढी प्रवाह हुन्छ । तर, यौन इच्छा भएन भनेचाहीं महिलाको योनी रसाउँदैन ।

    योनीमा रसिलो पदार्थ प्रवाह भएन भने त्यसले यौन सन्तुष्टीमै आकाश(जमिनको अन्तर गराउँछ । तीव्र इच्छा भएको अवस्थामा तरल पदार्थको प्रवाह कम भएर योनी सुख्खा हुनु स्वाभाविकै हो । सुख्खा भएको बखत दुख्नु पनि अर्को स्वाभाविक पक्ष हो । यो उमेरमा वा बैंसको अवस्थामा हुने सामान्य प्रक्रिया हो ।

    सामान्यतया ४५ वर्षमुनिका महिलामा तरल पदार्थको प्रवाह कम हुँदैन । ४५ वर्षमाथिका महिलामा महिनावारी रोकिने भएकाले तरल पदार्थको प्रवाहमा कमी आउँछ । ४५ वर्षको उमेरमा पनि पहिलाजस्तै तीव्र यौन इच्छा हुन्छ र योनीमा तरल पदार्थको प्रवाह हुन्छ भनेर सोच्नु गलत हो ।

    तपाईंको हकमा उमेर कम नै भएकाले तनावको कारण हो कि जस्तो बुझिन्छ । यौन सम्बन्धको क्रममा जब योनीमा चाहिने मात्रामा रस निस्कँदैन, तब योनी सुख्खा हुन्छ र यौन सम्पर्क गर्दा पीडा महशुस हुन्छ ।

    यसबाट योनीमा संक्रमणको लक्षण देखिनसक्छ । महिनावारी रोकिने क्रममा हर्मोनको परिवर्तनका कारण पनि योनी रसको उत्पादनमा ह्रास आउँछ । बच्चा जन्माइसकेपछि र स्तनपान गराउँदा अक्सिटक्सिन र प्रोलाक्टिनको बढी उत्पादनले पनि योनी सुख्खा हुन्छ ।

    यदि कुनै औषधि सेवन गरिएको छ भने पनि योनी सुख्खा हुनसक्छ । यदि यस्ता कुनै पनि कारण होइनन् भने तपाईंमा दिक्दारीपन, चिन्ता, सम्बन्धमा तनाब, झगडाजस्ता कारण यौन चाहना घट्नुमा जिम्मेवार हुन सक्छन् ।

    यौन सम्बन्धको बेलामा पर्याप्त मात्रामा ‘फोर प्ले’को कमीले पनि योनी सुख्खा हुन्छ र दुख्छ । सुख्खा हुँदा योनी चिलाउने, अप्ठ्यारो महशुस हुने, पोल्ने, हल्का रक्तश्राव हुने, छिनछिनमा पिसाब हुने समस्या देखिन्छ । यौन सम्बन्धको राम्रो विस्तार नहुँदा सन्तान प्राप्तिमा पनि ढिलाइ हुन्छ ।

    योनीमा देखिएको सुख्खापनका कारण पनि यौन असन्तुष्टि हुन्छ र मानिसमा त्यसको मनोवैज्ञानिक असर पारिरहेको हुन्छ । सन् २००९ मा ४१ देखि ४८ वर्षका ६ सय ७७ महिलामा गरिएको अध्ययनले ६८ प्रतिशत यौन क्रियाकलापमा संलग्न रहेको देखायो । बाँकी ३२ प्रतिशतमध्येका ७० प्रतिशतले उपयुक्त यौनसाथी नपाएकाले सन्तुष्टि नमिलेको बताए ।

    यौन सम्पर्क गर्ने मन छैन भने श्रीमान्सँग हँसिलो भएर भन्नुहोस्, ‘डियर, आज हुन्न है’

    यस्तै, चार प्रतिशतले योनीको सुख्खापनका कारण हुने पीडाले यौन गतिविधिलाई प्रतिकूल प्रभाव पारेको धारणा व्यक्त गरे । तपाईंको उमेर यो अवस्थामा पुगेको छैन, त्यसैले श्रीमान् वा तपाईंलाई पनि अप्ठ्यारो भएको हुनसक्छ । योनी चिप्लो बनाइराख्न प्राकृतिक तेल प्रयोग गर्न सक्नुहुन्छ । डाक्टरको सल्लाहअनुसार अन्य जेलहरु पनि उपयुक्त हुनसक्छन् ।

    आफू यौनका लागि इच्छुक भएरनभएको बारेमा श्रीमानसँग खुलेर कुरा गर्नुस् । यौनमा संवादको ठूलो भूमिका हुन्छ । तपाईंमा यौन इच्छा छ भने त्यहीअनुरुपको आचरण गर्नुस् । यौन सम्पर्क गर्ने मन छैन भने श्रीमान्सँग हँसिलो भएर भन्नुहोस्, ‘डियर, आज हुन्न है ।’

    तपाईंको श्रीमान् वास्तवमै तपाईंलाई माया गर्ने खालका हुन् भने उनले यौन सम्पर्कको अपेक्षा नगर्लान् । यौन इच्छाको कमी र योनी सुख्खा हुने समस्याबारे तपाईं श्रीमानसँग सल्लाह गर्नुहोस् । यो समस्या दम्पत्तीको हो, यसलाई मिलेरै समाधान गर्नुहोस् । आपसमा प्रेम र विश्वासको वातावरण बढाउनुहोस् ।

    • योनीमा रस
    शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
     सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
    राष्ट्रिय कला प्रदर्शनी शुरू
    शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.