• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, साउन ०४, २०८२ | Saturday 19th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
  • १० घण्टा अगाडि

धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
  • १५ घण्टा अगाडि

लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
  • १६ घण्टा अगाडि

अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
  • २ दिन अगाडि

दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार
  • २ दिन अगाडि

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन
  • २ दिन अगाडि

टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध
  • २ दिन अगाडि

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
  • २ हप्ता अगाडि

अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
  • २ हप्ता अगाडि

कसरी बढी यौन आनन्द प्राप्त गर्न सकिन्छ ?

  •  संवाददाता
  • शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पोखराबाट एसको प्रश्न : यौन असन्तुष्टि के हो ? यौन सम्पर्कका क्रममा कसरी बढी यौन आनन्द प्राप्त गर्न सकिन्छ ?

    डा. सुमनराज ताम्राकार

    दम्पती वा यौन पार्टनरबीच आपसी समझदारी, प्राक्क्रीडाको अज्ञानता, लिंग घर्षणमा मात्र ध्यान दिनाले पटक–पटकको यौन असन्तुष्टिका कारण वैवाहिक सम्बन्ध बिग्रन बेर लाग्दैन । मानसिक, शारीरिक कारणले गर्दा कतिपय व्यक्तिले चरमसुख प्राप्त गर्न सक्दैन ।

    घरायसी, पेशागत, आर्थिक अवस्थाले यौन जीवनलाई असर पुर्‍याउन सक्छ । त्यसै गरी मानव विशेषको दैनिक क्रियाकलाप एवं वरपरको वातावरणको प्रभाव पनि यौन जीवनमा पर्छ । कतिपय व्यक्तिमा शीघ्र स्खलन, यौन उत्तेजनाको कमी, निःसन्तान, लिंगको बनावटका कारण चरमसुख प्राप्त गर्न गाह्रो हुन्छ ।

    उनीहरूको यौन जीवन सफल हुँदैन । यसबाहेक गोप्यताको कमी, एकान्त वातावरणको कमी, चिन्ता, तनाव, अनिच्छित गर्भ तथा यौन रोग लाग्ने आशंकाका कारणले पनि यौन सन्तुष्टि पाउन समस्या हुन सक्छ ।

    अविवाहित अवस्थामै यौन सम्बन्ध, विवाहेतर सम्बन्धका कारण पनि यौन सन्तुष्टि पाउन गाह्रो हुन सक्छ । एकै किसिमको जीवनयापन, श्रीमान्–श्रीमतीबीच विश्वासको कमी, करकाप वा बाध्यतापछिको यौन सम्बन्ध, वैवाहिक बलात्कार, यौन हिंसाका कारणले पनि चरमसुख प्राप्त गर्न गाह्रो हुन्छ । कतिपय व्यक्ति सानै उमेरमा यौन हिंसा वा यौनजन्य अपराधबाट पीडित हुँदा पछि यौन सन्तुष्टि प्राप्त गर्न गाह्रो हुन्छ ।

    जीर्ण खालको स्वास्थ्य समस्याका साथै यौन उत्तेजनामा खलल पुग्ने खालको शारीरिक चोटका कारण पनि यौन सन्तुष्टि पाउन समस्या हुन सक्छ । हालै ठूलो शल्यक्रिया, कतिपय औषधि तथा अत्यधिक मद्यपान एवं लागुपदार्थको सेवनका कारण पनि यौन सम्बन्ध सफलतापूर्वक स्थापित गर्न सकिँदैन । महिला महिनावारी भइरहँदा, योनिमार्ग सुक्खापनको समस्या हुँदा, योनि संकुचन एवं पीडादायी यौन सम्पर्कका कारण पनि चरमसुख प्राप्त गर्न सक्दैनन् ।

    कतिपय अवस्थामा यौन साथी एकले अर्कालाई आत्मविश्वास जगाउने उपाय अपनाउनुपर्छ । मानसिक रूपमा तयार गरी यौन सम्पर्क राख्ने, जननेन्द्रिय घर्षणमा मात्र ध्यान दिनु हुन्न, प्राक्क्रीडा अर्थात् फोर प्लेमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।

    प्राक्क्रीडा अर्थात् फोर प्ले भन्नाले लिंग र योनिको सम्पर्कअघि शारीरिक(मानसिक रूपमा यौन सम्पर्कका लागि आफूलाई तयार पार्न तथा यौन उत्तेजना ल्याउन जोडीले एकापसमा गरिने क्रियाकलाप हो । सफल यौन केवल यौनांगको मिलन मात्र होइन, दम्पतीबीचको आपसी सहयोगले मात्र दुवै जनाले अधिकतम सन्तुष्टि पाउन सक्छन् ।

    यौन सन्तुष्टिका लागि तनावरहित वातावरणका साथै दुवै पार्टनर खुशी हुनुपर्छ । हतारमा यौन सम्पर्क राख्दा वीर्य स्खलनलगत्तै पुरुषलाई सन्तुष्टि भए पनि महिलालाई नहुन सक्छ । त्यसैले महिला पार्टनरले पनि बराबरी यौन सन्तुष्टि पाउन यौन कार्यअगाडि प्राक्क्रीडाको विशेष महत्त्व छ ।

    महिला र पुरुषबीच यौन चक्रमा निश्चित रूपमा भिन्नता छ । महिलालाई चरम सन्तुष्टिमा पुग्न लामो समय लाग्छ भन्ने कुरा पुरुष पार्टनरले थाहा पाउन जरुरी छ । पुरुषहरूमा वीर्य स्खलनसँगै लिंगमा शिथिलता पुनः उत्तेजनामा आउन समय लाग्छ । महिलाले एउटै चक्रमा पनि पटक–पटक चरमसुख प्राप्त गर्न सक्छन् । प्राक्क्रीडाको मद्दतले महिला–पुरुष दुवैले अधिक सन्तुष्टि प्राप्त गर्न सक्छन् ।

    प्राक्क्रीडाको क्रममा एकअर्कालाई सुम्सुम्याउनेदेखि चुम्बन गर्ने, अँगालो मार्ने, हल्का चिमोट्ने, टोक्ने, दबाउने, काउकुती लगाउने कार्य गर्न सकिन्छ । मधुरो प्रकाश, हल्का पफ्र्युम, सुमधुर संगीत एवं थोरै मद्यपानले थप मादकता प्रदान गर्छ ।

    यौनचक्रका विभिन्न चरणअनुसार स्त्री यौनांगमा विभिन्न परिवर्तन आउँछ । मुख्यतयाः योनिद्वार, भगांकुरमा रक्त प्रवाह बढ्नुका साथै स्तन, अनुहार, छाला, कानको लोतीमा रातो हुने, मुटुको चाल बढ्ने आदि हुन्छ । यौन उत्तेजनाको निरन्तरतासँगै चरमसुख प्राप्त हुने क्रममा स्त्री जननेन्द्रियका मांसपेशी पटक–पटक खुम्चिने, फुक्ने हुन्छ ।

    महिला र पुरुषमा चरमसुख अलि फरक छ । यौन क्रिया पूर्व पर्याप्त प्राक्क्रीडाको अभावमा दुवै जनाले चरमसुख प्राप्त गर्न गाह्रो हुन्छ । चरमसुख प्राप्त भएसँगै पुरुषमा स्खलनसँगै शिथिलता आउँछ । पुरुषमा चरमसुखको अत्यधिक उचाइमा वीर्य थैली, पुरुषग्रन्थी एवं शुक्रकीटवाहिनी नलीमा संकुचन उत्पन्न भई वीर्य स्खलन हुन्छ । र, पुरुषले सन्तुष्टि महसुस गर्छ ।

    पुरुषले यौन सन्तुष्टि पाए पनि महिलाले आफ्नो असन्तुष्टि व्यक्त गर्दैनन् । विवाहित महिला नै भए पनि आफ्नो असन्तुष्टि व्यक्त नगरेको खण्डमा पटक–पटकको यौन असन्तुष्टिपछि महिलामा मानसिक समस्या उत्पन्न हुन बेर लाग्दैन । त्यसैले आफ्नो जीवनसाथीले पनि सन्तुष्टि प्राप्त गरे-नगरेको सोध्नु आवश्यक छ ।

    महिलाको तुलनामा पुरुषमा चरमसुख पछिको अवधि लामो हुन्छ । यस अवधिमा पुरुषलाई तुरुन्त यौन उत्तेजनमा ल्याउन तथा फेरि यौन क्रियाकलापका लागि तयार पार्न गाह्रो हुन्छ । यसको ठीक उल्टो महिलामा भने चरमसुखलगत्तै पनि पटक–पटक यौन उत्तेजना भई फेरि चरमसुख प्राप्त गर्न सक्छ ।

    व्यक्ति विशेषको आफ्नै स्वभावअनुसार चरमसुख पाउने तथा यसपछि पुनः उत्तेजनामा आउने अवधि पनि फरक–फरक हुन्छ । यौनांगको प्रत्यक्ष घर्षण हुनु पूर्व दम्पती नै प्राक्क्रीडामा लिप्त भएमा अत्यधिक यौन सन्तुष्टि प्राप्त गर्न सकिन्छ । सफल यौन जीवनले वैवाहिक जीवनलाई पनि सफल बनाउँछ ।

    • यौन आनन्द
    शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
    धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
    लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    • २.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • ३.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ४.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ५.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ६.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ७.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ८.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    • ९.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • १०.
      शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

    • १.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • २.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ३.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ४.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ५.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ६.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ७.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.