कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको माओवादी निकट वाइसीएल ब्यूतिएको छ। गाउँपालिकाको वडा नं १ र २ मा ५० जना युवाहरूलाई सदस्यता दिईएको हो। एक निर्वाचन क्षेत्रमा एक हजार युवा नयाँ वाइसीएल बढाउने अभियान चलेका बेला नयाँ सदस्ता दिईन थालेको बेलडाँडी वाइसीएल इन्चार्ज चेत बहादुर शाहले बताए।
उनका अनुसार हामीहरूलाई निर्देशन अनुसार संगठन लाई सुदृढ गर्दै नयाँ युवाहरूलाई सकृय गराउदै संगठन विस्तार गर्न लागेको बताए। विभिन्न पाटी संगठन त्यागेर आफ्नो संगठनमा प्रवेश गर्नेहरूलाई स्वागत गरिएको जनाए।