• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

व्यासका वासिन्दा खाद्यान्न सङ्कट झेल्दै

  •  संवाददाता
  • शनिबार, साउन ३०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले महाकालीमा लगाइएका तुइन हटाइदिएपछि दार्चुलाको विकट क्षेत्र व्यासका बासिन्दाले सास्ती भोग्नुपरेको छ । तुइन बन्द हुँदा व्यास गाउँपालिका–२ मालगाउँमा खाद्य सङ्कट थपिएकोे छ ।

    साउन १५ गते व्यास गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामी महाकाली तर्दै गर्दा एसएसबीले तुईन फुकालेको कारण नदीमा खसेर बेपत्ता हुनुभएको थियो । बेपत्ता धामीको शव अहिलेसम्म फेला परेको छैन ।

    भारतले शव खोज्न महाकालीमा ड्रोन क्यामेराको प्रयोग गर्न सहमति नदिएपछि नेपालतर्फको भूभागमा मात्रै ड्रोन प्रयोग गरिएको छ ।

    घटनाका प्रतक्षदर्शीहरुले एसएसबीले तुइन फुकालेको कारण जयसिहको ज्यान गएको बयान दिएपछि भारतीय पक्षले महाकालीको अरु ठाउँमा लगाइएका तुइन हटाइदिएको छ । तुइन सञ्चालन नभएपछि मालगाउँमा खाद्यसङ्कट निम्तिएको स्थानीय नरेन्द्र धामीले बताउनुभयो ।

    मालघाटमा पुनः तुइन जोड्न भारतीय पक्षले दिएको छैन्, उहाँले भन्नुभयो, गाउँ नजिक नेपालतर्फ न बजार छ, न सडक नै पुगेको छ, भारतबाट किनेर ल्याउन एसएसबीले महाकाली नदीमा लगाइएका तुइन नै हटाइदिएको छ ।

    तुइन काटिएपछि मालगाउँमा चामल, नुन–तेललगायत खाद्यान्न अभाव सिर्जना भएको धामीले बताउनुभयो । मालगाउँमा बजार नहुँदा स्थानीय नागरिकलाई दैनिक उपभोग्य वस्तुको जोहो गर्न भारतीय बजारकै भर पर्नुपर्ने बाध्यता छ ।

    तुइन हटाएपछि गाउँमा के खाने भन्ने चिन्ता थपिएको छ, सरकारले कुनै विकल्प नदिए भोकमरीको अवस्था सिर्जना हुने स्थानीय हरक कार्कीले बताउनुभयो ।

    व्यास गाउँपालिका पुग्न नेपालतर्फ सुरक्षित बाटो छैन । नेपालतिरको घुमाउरो र बाढी पहिरोले क्षतिग्रस्त सडकमा यात्रा गर्दा दुर्घटनाको जोखिम छ । रित्तै जान जोखिम मोल्नुपर्ने बाटोमा भारी बोक्न सम्भव नरहेको कार्कीले बताउनुभयो ।

    व्यास हुँदै तिङ्कर भञ्ज्याङ जोड्ने उद्धेश्यले २०६५ सालदेखि निर्मार्णाधीन दार्चुला तिङ्कर सडक १३ वर्षमा ४३ किलोमिटर मात्रै ट्रयाक खुलेको छ । एक वर्ष पहिले नै सुन्सेरासम्म पुगेको सडक निर्माणको काम पछिल्लो समय अलपत्र परेको स्थानीयको गुनासो छ ।

    व्यास गाउँपालिका–५ तिग्रममा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल छ । यो पुलबाट व्यासको ५ र ६ नम्बर वडाका बासिन्दालाई पायक परे पनि १, २, ३ र ४ नम्बर वडाका नागरिक जोखिमपूर्ण तुइनकै सहारामा छन् । लुकिछिपी प्रयोग गर्दै आएको तुइन समेत बन्द भएपछि व्यासवासीलाई जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता थपिएको छ ।

    महाकालीमा लगाइएका आधादर्जन तुइनहरू बन्द हुँदा आवातजावत गर्न र खाद्यान्न, लुगाकपडा लगायत सामाग्री ल्याउन समस्या भएको छ । महाकाली नदीमाथि तुइन विस्थापन कार्यक्रम अन्तरगत झोलुंगे पुल शिलान्यास भएको तीन वर्षसम्म पनि निर्माण सम्पन्न भएका छैन । पुलहरु समयमै निर्माण सम्पन्न नहुँदा व्यास क्षेत्रका स्थानीयहरु भारतीय बजारबाट तुइनकै साहारामा दैनिक उपभोग्य सामाग्री ढुवानी गर्दै आएका थिए ।

    तुइन तरेर दार्चुला सदरमुकाम खलंगा पुग्न चार÷पाँच घण्टा मात्रै समय लाग्ने तर नेपालतर्फबाट खलंगा पुग्न दुई दिन लाग्ने भएकोले व्यासबासीको ज्यान जोखिममा राखेर तुइन तर्नुपर्ने बाध्यता छ ।

    जयसिह बेपत्ता भएको घटनामा एसएसबीको दोष देखिएपछि सीमाक्षेत्रमा एसएसबीले सुरक्षा निगरानी बढाइएको छ ।

    तुइन फुकाउने एसएसबीको सरुवा गरिएको स्रोतले जनाएको छ । सीमाक्षेत्रमा भारतको ज्यादती तथा दुर्व्यवहार रोकिएको छैन । विगतमा पनि मालका स्थानीयले भारतीय बजारबाट किनेर ल्याएको सामान एसएसबीले जफत गर्ने, महाकालीमा बगाउने, दुर्व्यवहार गर्ने गरेको स्थानीयहरुको गुनासो छ ।

    नेपाल सरकारले गाउँसम्म पुर्वाधारको निर्माण नगरिदिदा भारतीय ज्याजती सहेर नै दैनिकी चलाउनुपर्ने व्यासबासीको विवशता रहेको स्थानीय दीपक भट्टले बताउनुभयो ।

    • खाद्यान्न सङ्कट
    • व्यासका वासिन्दा
    शनिबार, साउन ३०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.