• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

नदीजन्य पदार्थको अवैध उत्खनन,जरिवानामै छुट्छन् तस्कर

  •  संवाददाता
  • सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    साउन १६ बिहान ७ बजे अस्थायी प्रहरी पोष्ट श्रीपुरले ११ वटा ट्याक्टरलाई नियन्त्रणमा लियो । गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित खुटिया खोलाबाट अवैधरूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा ती ट्याक्टरहरू नियन्त्रणमा लिइएको थियो । प्रहरीले प्रतिट्याक्टर छ हजार रकम जरिवाना तिराएर सम्झाई छोडेको थियो ।

    त्यस्तै साउन २० मा पनि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको गस्ती टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ जाखौर तालनजिक पाँचवटा ट्याक्टर नियन्त्रणमा लग्यो । खुटिया नदीबाट अवैधरूपमा बालुवा उत्खनन गरी ल्याउँदै गरेका ती ट्याक्टरबाट प्रतिट्याक्टर एक हजार जरिवाना गरी छोडेको थियो ।

    सरकारले वर्षातको समयमा खोलाजन्य वस्तु निकासीमा रोक लगाए पनि ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी जिल्लामा अझै रोकिएको छैन । विशेषतः कैलालीको गोदावरी नगरपालिकाका खोलाहरूमा नदीजन्य पदार्थहरू उत्खनन भइरहेको स्थानीयहरू बताउँछन् ।

    गोदावरी नगरपालिकाको खुटिया, गोदावरी र खैराना नदीबाट नदीजन्य पदार्थ उत्खनन भइरहेको नगरपालिकाका सूचना अधिकारी शिवराज भाटले बताए । प्रहरी र स्थानीय तहहरूले नदीमा अवैधरूपमा उत्खनन गराइरहेका ट्याक्टरलाई नियन्त्रणमा लिई जरिवाना असुल गर्ने र छाड्ने प्रवृतिका कारण कैलालीका ती खोलामा नदीजन्य पदार्थ उत्खनन जारी रहेको स्थानीय रामप्रसाद चौधरीले बताए ।

     

    आइतबार मात्र गोदावरी नगरपालिकाले १० वटा ट्याक्टरलाई नियन्त्रणमा लिई प्रति ट्याक्टरबाट छ हजारका दरले जरिवाना असुल गरी छाडेको थियो । ‘चुरे क्षेत्रका खोलाबाट ढुंगा बालुवा निकासी भइरहेको छ । खोलामा जथाभावी ढुंगा उत्खनन गरेकै कारण हाम्रो बस्ती जोखिममा रहेको छ’, उनले भने, ‘गोदावरी नगरपालिकाले असारदेखि असोजसम्म खोलाको उत्खनन तथा चोरी निकासी गर्न नपाइने भन्दै जेठमै सूचना जारी गरेको थियो । तर, तिनै समयमा बढी गिट्टी, बालुवा खोलाबाट चोरी निकासी हुने गर्छ ।’

    गोदावरी नगरपालिकाले जेठ ३१ गते जारी गरेको सूचनामा भनिएको छ, ‘असार, साउन र भदौ महिनाभरि नगरपालिका क्षेत्रमा रहेका नदी, खोलाहरूबाट नदीजन्य सामग्री उत्खनन तथा संकलन कार्य बन्द रहनेछ । सूचनाको बर्खिलाप भएको पाइएमा दण्ड, जरिवाना गरिनेछ ।’ नगरपालिकाले अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरेको पाइएमा ट्याक्टरबाट छ हजार, टिप्परबाट आठ हजार, एक्स्काभेटररजेसीबीबाट दश हजार र खोलामा गई थुप्रो बनाउने व्यक्तिबाट एक सय रुपैयाँ जरिवाना तोकेको छ ।

    नगरपालिकाले दोस्रो पटक भेटिएमा पहिलो पटकको जरिवानामा ५० प्रतिशत थप गरी जरिवाना लिने र तेस्रो पटक भेटिएमा सय प्रतिशत र चौथो पटक भेटिएमा गाडी जफत गर्ने जनाएको छ । यस्तै, रातिको समयमा नदीजन्य पदार्थ बोकेको गाडि भेटिएमा तोकिएको जरिवानाभन्दा दोब्बर असुल गर्ने उल्लेख छ ।

    गोदावरी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष लहनु चौधरीले खोलामा ट्याक्टर गएर उत्खनन भइरहेको बारे आफूलाई जानकारी नभएको बताए । ‘शेहरी, मरकट्टेतिर बालुवा चोरी निकासी हुने स्थान हो । उत्खनन भइरहेको छैन भन्न अलि गाह्रो हुन्छ तर, मलाई जानकारी छैन ।’ उनले खुटिया नदीमा निगरानी पनि गर्न नसकिएको बताए । उनले घर निर्माणलगायत स–साना कामका लागि स्थानीयहरूले बालुवा उत्खनन गरी चोरी निकासी गर्ने गरेको बताए ।

    गोदावरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नरेशबहादुर अधिकारीले वडाभित्र पर्ने क्षेत्रमा उत्खनन हुन नदिन निगरानी बढाएको बताए । उनले भने, ‘यो क्षेत्रमा छैन । साँझ विहान हामीले निगरानी गर्छौँ । त्यसरी उत्खनन भइरहेको भेटाएको छैन ।’

    वडा अध्यक्ष अधिकारीले उत्खनन नभएको बताए पनि सो क्षेत्रमा पनि बिहानैदेखि रातिसम्म नदीजन्य पदार्थहरू उत्खनन भइरहेको स्थानीयहरूले गुनासो गर्ने गरेका छन् । सूचना अधिकारी भाटले रातिको समयमा नदीजन्य पदार्थहरू बढी उत्खनन भइरहेको बताए । ‘बिहानदेखि साँझसम्म हामीले टोली खटाउने गरेका छौं । त्यसैले यहाँ रातिको समयमा बढी नदी उत्खनन हुने गरेको छ ।’

    उनका अनुसार नगर प्रहरी, अस्थायी प्रहरी पोष्ट, इलाका प्रहरी कार्यालय मालाखेतीलगायतको सहयोगमा अवैध उत्खनन रोक्ने प्रयास भइरहेको छ । नगरपालिकाले सोहीअनुसार दुई महिनामा ७२ सवारी साधनलाई जरिवाना गरि छोडिएको बताए । नगरपालिकामा असोजभन्दा बढी साउनमा अवैध उत्खनन भएको छ ।

     

    नगरपालिकाले असोजमा १४ सवारी साधनलाई जरिवाना गराएको थियो भने साउनमा ५८ सवारीसाधनबाट जरिवाना असुल गरेको छ । नगरपालिकाले दुई महिनामै अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने सवारीसाधनबाट चार लाख २० हजारभन्दा बढी जरिवाना असुल गरेको आ।ले।प। अधिकृत राजेशप्रसाद जोशीले जानकारी दिए ।

    बस्ती जोखिममा
    कैलालीको खुटिया नदीमा जथाभावी उत्खनन हुन लागेपछि गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाका केही बस्तीहरू बाढीको जोखिममा रहेका छन् ।

    धनगढी उपमहानगरपालिका वडा नं १५ का तीन चार टोलका करिब एक सय घर नदी कटानको जोखिममा परेका छन् । हरेक वर्ष खुटिया नदीको कटानका कारण नदी छेउछाउनका ती टोल कटानको उच्च जोखिममा रहेका छन् ।
    धनगढी उप—महानगरपालिका १५ का तरबरिया, सुर्मि झिनुवा र बसन्त टोलका करिब एक सय घर कटानको उच्च जोखिममा रहेको वडा अध्यक्ष फूलराम चौधरीले बताए ।

    ती टोलमा करिब ३०० घर धुरी रहेका छन् । जसमध्य करिब एक सय घरधुरी प्रभावित भएका छन् । भने करिब ५० बिघाभन्दा बढी खेतीयोग्य जमिन कटानको खतरा रहेको छ । हरेक वर्ष खुटिया नदीमा आउने बाढीले खुटिया जमिन कटान तीव्ररूपमा गर्नेगरेको छ । आफू निर्वाचित भएर आएदेखि नै खुटिया नदीमा तटबन्धको माग गरे पनि सरोकारवाला निकायले सुनुवाइ नगर्दा समस्या भोग्नुपरेको अध्यक्ष चौधरीको भनाइ छ ।

    ठेक्का नलगाउँदा करोडौँ घाटा
    गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गराउँदा ठेक्का लगाउँदा दश करोडभन्दा बढी आम्दानी गर्दै आएको थियो ।

    आर्थिक वर्ष २०७७/७८ मा ठेक्का नलगाई कार्यालय आफैँले उत्खनन गराउन लगाएपछि राजस्व संकलनमा ह्रास आएको छ । आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाले ठेक्का नलगाई कार्यालय आफैँले नदीजन्य पदार्थ उत्खनन गराएपछि साढे तीन करोडको हाराहारीमा राजस्व संकलन गरेको जनाइएको छ । नगरपालिकाले तीनवटै नदीमा आफनो नगर प्रहरी खटाई नदीजन्य पदार्थ उत्खनन गराएको थियो ।

    आर्थिक वर्ष २०७६र७७ मा नगरपालिकाले तीनवटा नदीको ठेक्का लगाएको थियो । गोदावरी नगरपालिकाले खुटीया नदीमा चार करोड ८० लाख रुपैयाँ, खैराना खोलाको ८५ लाख रुपैयाँ र गोदावरी खोलाका लागि ५५ लाख रुपैयाँ न्यूनतम रकम तोकेर विद्युतीय बोलपत्र आह्वान गरेको थियो ।

    नगरपालिकाले २०७६/०७७ मा खुटीया नदीमा आठ करोड रुपैयाँ, खैराना खोलामा एक करोड ५० लाख रुपैयाँ र गोदावरी नदीमा एक करोड ८१ लाख रुपैयाँमा उत्खनन गराउने ठेक्का सम्झौता गरेको थियो ।

    आर्थिक वर्ष २०७६/७७ मा ११ करोड ३१ लाखमा ठेक्का लगाए पनि तीन करोड ६८ लाख २१ हजार आठ सय सात रुपैयाँ राजस्व क्षतिपूर्ति तथा मिनाहा गरेको छ । नगरपालिकाको पाँचौँ नगरसभाले खुटिया नदीको दुई करोड ६२ लाख १९ हजार तीन सय ५४, खैराना नदीको ४६ लाख ७० हजार तीन सय २२ र गोदावरी नदीको ५९ लाख ३२ हजार एक सय ३१ रुपैयाँ मिनाहा गर्ने निर्णय गरेको थियो ।

    कोरोना महामारीका कारण नदीमा चैतदेखि असारसम्म उत्खनन गराउन नपाएपछि उनीहरूको सो राजस्व मिनाहा गरिएको आलेप जोशीले बताए । नगरपालिकाले आर्थिक वर्ष २०७५र७६ मा नदीजन्य पदार्थबाट १० करोड ७० लाख रुपैयाँ संकलन गरेको थियो ।

    • उत्खनन
    • नदीजन्य पदार्थ
    सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.