कञ्चनपुरमा चार किलो ४९० ग्राम अवैध लागुऔषध चरेशसहित तीन जना पक्राउ परेका छन् ।शुक्रबार साँझ जिल्लाको कृष्णपुर नगरपालिका-२ प्रगति टोलबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सुदूरपश्चिम प्रदेश मातहत रहेको प्रहरीको अनुसन्धान समूह (आरआइटी) को संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा कैलालीको धनगढी उपमहानगरपालिा-७ का २१ वर्षीय किशोर सिंह, कृष्णपुर नगरपालिका-२ बंकका ३६ वर्षीय गणेश भण्डारी र बझाङको छबिस पाथिभरा गाउँपालिाक-५ का ३२ वर्षीय झलक जाग्री रहेका छन् ।
पक्राउ परेकाहरू माथि अनुसन्धान भइरहेको भइरहेको प्रहरीले जनाएको छ।