कैलालीको अत्तरियामा रहेको सङ्गम कृषि सहकारी संस्था लिमिटेडको तेस्रो साधारण भर्चुअल माध्यमबाट भएको छ ।
बढ्दो कोरोना जोखिमलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट छलफल तथा प्रतिवेदन सार्वजनिक गरिएकाले आवश्यक प्रक्रिया पुयाएर साधारण सभा सम्पन्न गरिने जनाइएको छ ।
सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष चन्द्र बहादुर विष्टले आर्थिक वर्ष ०७७÷०७८ मा शेयर पुजी ४५ लाख ५१ हजार ६ सय पुगेको बताए ।
४ करोड २५ लाख ४ हजार ४ सय ८८ रुपैयाँ कर्जा लगानी र ३ करोड ४१ लाख १० हजार ७ सय ५४ रुपैयाँ बचत रहेको उनले प्रतिवेदन प्रस्तुत गरे ।
सहकारी ऐन २०७४ तथा निमावलि २०७५ बमोजिम संस्थाको विनियम संशोधन गरी सङ्गम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
बनाउने भनी समितिको तर्फबाट सिफारिस गरीएको समेत अध्यक्ष विष्टले जानकारी दिए ।
संस्थाको समग्र विषयमा प्रबन्धक अम्मर कुवर र लेखा समितिको प्रतिवेदन लेखा समिति सहसंयोजक रण बहादुर चन्दले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रहेका गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्य राज जोशीले छोटो समयमै सहकारीले सफलता हासिल गरेको भन्दै प्रशंसा गरे । अत्तरियामा प्रविधि मुखी नमुना सहकारी बनाउँदै लगिने जोशीले बताए । संस्थाका ऋण शाखा डम्बर बहादुर ऐरले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो ।
३० जना शेयर सदस्य बाट कारोबार सुचारु गरेको सङ्गम कृषि सहकारीमा अहिले शेयर सदस्य सङ्ख्या ३ सय ३२ पुगेको छ । हाल सहकारीले उच्च बैङ्किङ सफ्टवेयर ,मोवायल कलेक्सन SMS मार्फत कलेक्सनको सुविधा बजारमा ल्याएका ल्याएको छ ।
०७५ पुस २७ बाट गोदावरी नगरपालिकाको अत्तरियामा स्थापना भएको सङ्गम कृषि सहकारीले माघ ४ बाट मात्रै कारोबार सुचारु गरेको थियो ।