सुदूरपश्चिमीले गीतहरूमा चर्चा कमाउन सफल गायक सूर्य विरही साउँदको खप्तड चिनारी “मेरा गाउँ जाल्ली मै जसी होल्ली”देउडा गीत सार्वजनिक भएको छ । सुदूरपश्चिमको चिनारी र विशेष गरी सुदूरपश्चिमका नौ वटै जिल्ला र बाजुरा जिल्लामा पर्ने खप्तड पर्यटकीय क्षेत्रलाई समेटेर गीतमा शब्दहरू चयन गरिएका छन ।
बसिवियालो म्युजिकद्वारा सार्वजनिक गरिएको म्युजिक भिडियोमा जनै पुणर्िामा, रक्षा बन्धन, क्वाटि खाने दिन तथा संकृत दिवसको महत्त्वपूर्ण दिनको अवसरमा खप्तड चिनारी टिकटकमा अत्यधिक रुचाइएको उक्त गीत सार्वजनिक गरिएको गायक सूर्य विरही साउदले रेडियो लोक दर्पणलाई जानकारी दिनुभयो।
गीतमा सूर्य विरही साउँ र सुदूरपश्चिमकै चर्चित गायिका गौरी भट्टको स्वर रहेको छ ।
सुदूरपश्चिमका धार्मिक कला संस्कृतिले भरीपूर्ण पर्यटकिय स्थलहरु र विशेष गरी खप्तड क्षेत्रमा सुटिङ गरिएको गीतको म्युजिक भिडियोमा गायक सूर्य विरही साउद र अनु खड्काको आकर्षक अभिनय देख्न सकिन्छ ।
भिडियो जनक सिंहले निर्देशन गरेका हुन, भने हरि महराले खिचेका हुन । भिडियो विवेक पाण्डेले सम्पादन गरेका हुन । यो गीत टिक टकमा धेरै दर्शक श्रोताहरूले रुचाएका छन् ।
गीत सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै गायक साउदले विशेष सहयोगका लागि खप्तड क्षेत्र पर्यटन बिकास तथा व्यवस्थापन समिति प्रति हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँका यो भन्दा पहिला पुतलीका भेष, प्रतिफल सारिदे, धन्य माया जाल, आमा, म त भैँसी गोठालो लेकबेसी धाउँछु लगायतका थुप्रै सुदूरपश्चिमीले गीतहरूलाई श्रोताहरूले अत्यधिक रुचाएका छन।