कैलाली बहुमुखी क्याम्पसमा बिद्यार्थीहरुले तालाबन्दी गरेका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरगत परीक्षा दिएका सम्पूर्ण बिद्यार्थीहरुले आफूहरूका मागहरू पुरा नभएको भन्दै सामूहिक रूपमा तालाबन्दी गरेका हुन् ।

क्याम्पसमा पठनपाठन सुरु हुनुपर्ने,अनलाइन कक्षा प्रभावकारी रुपमा सञ्चालन नभएकाले ४० प्रतिशत शुल्क मिनाहा हुनुपर्ने,बिद्यार्थीहरुलाई कोरोना खोपको ग्यारेन्टी हुनुपर्ने,अनलाइन कक्षा लिन नपाएका बिद्यार्थीहरुको लागी अतिरिक्त कक्षाको व्यवस्था हुनुपर्ने लगायतका माग राख्दै बिद्यार्थीहरुले १९ भाद्रमा ज्ञापन पत्र बुझाएका थिए ।

‘हामीले मागहरू राख्दै प्रशासन समक्ष ज्ञापन पत्र बुझाएका थियौँ,तर सुनुवाइ भएन, बीबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी डिएन देउवाले भने,‘४दिन भित्र माग सुनुवाइ नभए तालाबन्दी गर्ने चेतावनी दिएका थियौँ,हाम्रा मागहरू प्रति क्याम्पस प्रशासन गम्भीर नबनेपछि हामीले तालाबन्दी गरेका हौँ।’
यस अघि बीएएलएलबीका विद्यार्थीले पनि तालाबन्दी गरेका थिए ।
तालाबन्दीका क्रममा विद्यार्थी र शिक्षकहरू बिच विवाद हुँदा केही बेर तनाव सिर्जना भएको थियो । तनावग्रस्त स्थिति साम्य पार्ने प्रहरी समेत परिचालन गरिएको थियो ।

क्याम्पस प्रशासनले मागहरू सम्बोधन नगरे जस्तोसुकै कदम पनि उठाउन बाध्य हुन बिद्यार्थीहरुको चेतावनी छ।