७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउन नयाँ अध्ययन हुने भएको छ । आयोजना अध्यनका लागि आएको सरकारी टोली आज दिपायल पुगेको छ।
टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, लगानी बोर्डका प्रमुख सुशील भट्ट, उर्जा सचीव देवेन्द्र कार्की लगायत प्राविधिकहरु रहेका छन।