• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

धनगढीमा सडकको अवस्था दयनीय, मर्मत नहुँदा स्थानीय मर्कामा

  •  संवाददाता
  • शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी उपमहानगरपालिकामा सडकको अवस्था खराब छ । समयमै सडक मर्मत हुन नसक्दा स्थानीयहरू मर्कामा परेका छन्।

    सडक मर्मतको काम एक वर्ष अघि नै पूरा हुने आश्वासन थियो, नगर प्रमुख नृपबहादुर वडको । गतवर्ष नै उनले भनेका थिए, ‘बिग्रेका भित्री सडक तिहार अगाडि नै बन्छन् ।’ एक वर्ष बितिसक्दा समेत उनको आश्वासन पूरा हुन सकेको छैन ।

    क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत विभिन्न सडकको ठेक्काको काम अघि बढेपनि हालसम्म धनगढी बजार क्षेत्रको भित्री सडकमा सुधार हुन सकेको छैन ।

    स्मार्ट सहर परिकल्पना गरिएको धनगढी उपमहानगरपालिकाको सडक ओहोरदोहोर गर्न समस्या हुने गरी बिग्रे पनि धनगढी उपमहानगरपालिका भने मुकदर्शक मात्र बनेको छ।

    दैनिकरुपमा हिँड्न समेत गाह्रो हुनेगरी सडक बिग्रिए पनि उपमहानगरपालिकाले समस्या समाधान नगरेको भन्दै नगरबासी आक्रोसित भएका छन् । सडकमा बनेको खाल्डाखुल्डी र सडकको जर्जर अवस्थाले सो सडकमा हिँड्नेलाई त समस्या भएको छ नै, साथै आसपासका नगरबासीले समेत समस्या झेलिरहेका छन् ।

    दैनिक रुपमा सो बाटोमा हिँड्ने गरेकी शिवनगरकी बासिन्दा पार्वती जोशीले खराब सडकका कारण हिँडडुल गर्न समस्या भएका बताइन् । ‘छोरा स्कुल जाने गर्दछ । घर फर्किंदा पूरै हिलैहिलो भएर आउँछ,’ उनले भनिन्, ‘बाटो बिग्रेका कारण विद्यालय जाने बालबच्चाहरुलाई समस्या भैरहेको छ ।’

    शहीद गेट–क्याम्पस रोड सडक क्षेत्रमा थुप्रै विद्यालय, क्याम्पस पर्दछन् । त्यसैले सो सडकका दैनिक हजारौंको संख्यामा विद्यार्थीको ओहोरदोहोर गर्छन् । तर, सडकको अवस्था बिग्रेका कारण आउजाउ गर्न धेरै सास्ती भैरहेको ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत देवेन्द्र धामीले बताए ।

    ‘कलेज पुग्न नपाउँदै बाटोका कारण लुगा र जुत्ता पुरै खराब हुन्छ । बाटोका कारण बेलैमा कलेज पुग्न गाह्रो हुन्छ,’ उनले भने, ‘तर, यो हामीलेमात्रै भोगिरहेको समस्या होइन । यो सडकमा हिँड्ने सबैको समस्या हो ।’

    सो सडकमा सवारी दुर्घटनाको जोखिम त छ नै । पैदल हिड्ने बटुवालाई गाडीले फाल्ने हिलोबाट जोगिन पनि समस्या भएको छ ।

     

    धनगढी उपमहानगरपालिका भित्रका ग्रामीण क्षेत्रमा सहरी क्षेत्रको तुलनामा राम्रो सडक छ । तर, क्षेत्रीय सहरी विकास आयोजना लागू भएको धनगढीका सडक भने मर्मतको अभावमा दयनीय बनेका छन्।

    थोत्रा सडकका कारण मान्छेलाई आउजाउ गर्नमात्रै समस्या भएको छैन, व्यापार व्यवसाय पनि प्रभावित भैरहेको व्यापारीहरूको गुनासो छ । सडक बिग्रेपछि मान्छेहरु हिड्न, सामान किन्न न रुचाउने गरेको व्यवसायी यज्ञराज बास्तोलाले बताए । ‘हिँडडुल गर्न गाह्रो छ । बाटो पोखरी जस्तो भएकाले त्यहाँ मान्छे लड्छ,’ उनले भने, ‘बाटोका कारण व्यापार पनि भैरहेको छैन ।’

    क्षेत्रीय सडक विकास आयोजना अन्तर्गत गतवर्षदेखि सो सडक खण्डमा सडक निर्माणको कार्य सुरु गरिएको थियो । हालसम्म नाली बनाउने काम पनि पूरा हुन सकेको छैन । धनगढी बजार क्षेत्रको शहीद गेट–क्याम्पस रोड सडकमात्रै हैन, क्याम्पस चौक–कैलाली बहुमुखी क्याम्पस, भन्सार–चर्च गेट रोड, मालपोत कार्यालय रोड, धनगढी गाउँ घुईयाघाट रोड पनि थोत्रा छन् । थोत्रा सडकका कारण हिँडडुलमा मात्र समस्या हैन, दुर्घटनाको जोखिम समेत बढेको छ ।

    धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले कोरोना महामारीका कारण जारी लकडाउनका कारण सडक मर्मत हुन नसकेको स्वीकार गर्छन् । यस्तै उनले सो अवधिमा खोलानालाबाट गिट्टी, बालुवा ल्याउन नपाइएका कारण समेत मर्मत कार्य प्रभावित भएको बताए ।

     

    ‘शहीद गेट–क्याम्पसरोड सडकमा अहिले नाली निर्माणको काम भैरहेको छ’, उनले भने । ‘बीचमा लकडाउनको कारण काम हुन नसकेपछि खाल्डाखुल्डी पर्‍यो । त्यो मिलाउने काम गर्न सकिएको छैन । तर, चाँडै मर्मत गरेर आवतजावत सहज बनाउँछौं ।’

    उनले सडकमा परेको खाल्डाखुल्डी मर्मतका लागि क्षेत्रीय सहरी विकास आयोजनालाई आग्रह गरिने बताए। सो सडक निर्माणको कार्य चाँडै हुने मुडभरीको भनाइ छ ।

    • धनगढी
    • सडकको अवस्था दयनीय
    • स्थानीय मर्कामा
    शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.