• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, चैत १३, २०७९ | Monday 27th March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • २ हप्ता अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ४ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • १ महिना अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • १ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • १ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • १ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

प्रजनन केन्द्र बनाउदै घोडाघोडी ताल

  •   जमुना न्युरे
  • शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    विश्व रामसार क्षेत्रमा सूचिकृत घोडाघोडी ताललाई विषादीमुक्त अभियान बनाउन थालेपछि लोपोन्मुख चरा देखिन थालेका छन्। पछिल्लो समयमा सरकारी तथा निजी क्षेत्रले संरक्षण, सम्बद्र्धन गर्नुका साथै विषादीमुक्त अभियान बनाउन थालेपछि लोपोन्मुख चरा प्रजननका लागि यहाँ आउन थालेका हुन्। बढ्दो अतिक्रमण, जलवायु परिवर्तन, खेतबारीमा विषादीको बढ्दो प्रयोगले चराको आहारा घट्दै जानु र विषादीका कारण वंश विनाश हुँदा चराका केही प्रजाति लोपोन्मुखको सूचीमा परेका छन्।

    यिनै लोपोन्मुखको सूचीमा परेका चराहरुले घोडाघोडी ताल क्षेत्रलाई सुरक्षित बासस्थानका रुपमा लिन थालेका छन्। ताल क्षेत्रमा सूचक प्रजाति गणना गर्दा वर्षौदेखि ताल क्षेत्रबाट हराएको रातो जुन बकुल्ला फेला परेको छ। ‘वर्षौ पहिले रातो जुन बकुल्ला यहाँ भेटिन्थे, पछिल्ला वर्षहरुमा यहाँबाट हराएका थिए,’ चराविद् दयाराम चौधरीले भने,‘अहिले पुनः रातो जुन बकुल्ला घोडाघोडी ताल क्षेत्रमा ५० को संख्यामा देखिएका छन्।’

    यहाँ बगाले सिमकुखुरा आफ्ना बचेरासहित फेला परेको छ भने सिलसिले हाँस बढेका छन्। सिलसिले हाँस पनि घोडाघोडी ताल क्षेत्रमा गत वर्षभन्दा बढी देखिएका छन्। यस्तै घोडाघोडीको सूचक प्रजाति हरिहाँसको संख्या पनि बढेको उनले बताए। पछिल्लो समयमा घोडाघोडी ताल क्षेत्रमा चराहरुको संरक्षणका लागि भएको प्रयासले यहाँ चराको संख्यामा वृद्धि भएको लामो समयदेखि चरा सम्बन्धी काम गर्दै आएकी मनिसा चौधरीले बताइन्। उनका अनुसार घोडाघोडी ताल क्षेत्रबाट हराएको कुर्मा चरा पनि भेटिन थालेका छन्।

    ‘घोडाघोडी तालको सूचक प्रजातिका रूपमा रहेको हरिहाँसले पनि यस क्षेत्रलाई प्रजनन् केन्द्र बनाएको छ,’ उनले भनिन्,‘जसले गर्दा घोडाघोडी ताल क्षेत्र चराको प्रजनन्का लागि उचित र सुरक्षित स्थलका रुपमा चिनिन थालेको हो।’ विश्वमै लोपोन्मुख रहेका चराका प्रजाति घोडाघोडी ताल क्षेत्रमा देखिनुले पनि यहाँ ती चराका लागि सुरक्षित वासस्थान छ भन्न सकिने आधार देखिएको उनको भनाइ छ। घोडाघोडी ताल क्षेत्रमा सूचक प्रजाति गणना गर्दा वर्षौदेखि ताल क्षेत्रबाट हराएको दुर्लभ मानिने रातो जुन बकुल्ला चरा फेला परेको छ।

    ‘ताल क्षेत्रमै लोपोन्मुख चराले बासस्थान बनाई बचेरा समेत हुर्काउन थालेका छन्,’ उनले भनिन्,‘सुरक्षित बासस्थान, आहारको पर्याप्तताका साथै अनुकूल हावापानीले पनि घोडाघोडी ताल क्षेत्र लोपोन्मुख प्रजातिका चराका लागि सुरक्षित प्रजनन् स्थलका रुपमा रहेको छ।’ सुरक्षित स्थल भएकाले पनि घोडाघोडी ताल क्षेत्रलाई दुर्लभ चराले प्रजनन्का लागि छान्न थालेको बताउँदै चराविद् चौधरी भन्छन्, ‘पछिल्लो समयमा घोडाघोडी ताल क्षेत्रमा चराले बचेरा हुर्काउन थालेपछि घोडाघोडी ताल क्षेत्र दुर्लभ चराका लागि उपयुक्त हावापानी, आहारा र सुरक्षित स्थल मानिएको हो।’

    यस्तै घोडाघोडी ताल क्षेत्रबाट हराएको जल अप्सरा चरा पनि फेरि भेटिएको छ। जल अप्सरा रैथाने चरा भए पनि उचित व्यवस्थापन, बासस्थान नहुनु र चोरी सिकारीका कारण लोपोन्मुख अवस्थमा पुगेका थिए। घोडाघोडी चराको लागि विश्वमै परिचित क्षेत्र भएकाले यस क्षेत्रमा चरा अवलोकन पर्यापर्यटनको प्रवद्धन गरी स्थानीयको जीविकोपार्जनमा टेवा पुर्‍याउन सकिने उनी बताउँछन्। नेपालमा घुमन्ते चराको रुपमा आउने बगाले सिमकुखुरा अहिले यहाँ स्थायी बासस्थान बनाइ प्रजनन प्रक्रिया गर्न थालेका छन्।                                                                                       हिउँदमा आउने आगन्तुक चराका रूपमा रहेको बगाले सिमकुखुरा रैथाने चरा हुन थालेको पनि चौधरी बताउँछन्। नेपालमा साइबेरियाबाट जाडो छल्नका लागि मात्र आउने आगन्तुक लोपोन्मुख तथा दुर्लभ चराको उचित बासस्थान भएको हावा, पानीसँग मेल खाएका कारण दुर्लभ चराको संख्या घोडाघोडीमा थपिन थालेको उनी बताउँछन्। नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरा मध्ये ३ सय १३ प्रजातिका चराको बासस्थान घोडाघोडी ताल क्षेत्र हो।

    • घोडाघोडी ताल
    • प्रजनन केन्द्र
    शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.