• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, जेठ २२, २०८० | Monday 5th June 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
  • ३ दिन अगाडि

लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने
  • ४ दिन अगाडि

डोटीमा वर्षे रोपाइँ !
  • ४ दिन अगाडि

सात बहिनी भगवती !
  • ४ दिन अगाडि

खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !
  • ४ दिन अगाडि

सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि
  • ४ दिन अगाडि

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • ३ हप्ता अगाडि

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • ३ महिना अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ महिना अगाडि

थप तीन जिल्लामा कांग्रेसमा क्रियाशील सदस्यता टुंगियो, ५ वटामा बाँकी

  •  संवाददाता
  • बुधबार, असोज १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले थप तीन जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ ।

    सर्लाही, धनुषा र कैलालीको सदस्यता विवरण समितिले सार्वजनिक गरेको हो ।

    पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको विवाद टुंग्याउन गठित समितिले लामो कसरतपछि सर्लाही निर्वाचन क्षेत्र नम्बर–२ र धनुषा निर्वाचन क्षेत्र नम्बर–४ को विवाद टुंग्याएको हो ।

    निर्वाचन समितिका सचिव केशव रिजालले विवाद टुंग्याएर सदस्यता विवरण समितिलाई प्राप्त भएपछि वेभसाइटमार्फत् सार्वजनिक गरिएको बताए ।

    सदस्यता सार्वजनिक भएकामध्ये सर्लाही र धनुषा प्रदेश २ का जिल्ला हुन् । यसअघि सिरहा र महोत्तरीको सदस्यता विवरण सार्वजनिक भइसकेको छ ।

    सदस्यता सार्वजनिक भएको अर्को जिल्ला कैलाली भने सुदूरपश्चिम प्रदेशको जिल्ला हो ।

    यससँगै अब प्रदेश २ को बारा, पर्सा, सप्तरी र रौतहटको सदस्यता विवरण टुंगो लाग्न बाँकी छ । बागमती प्रदेशको र सुवा पनि बाँकी नै छ ।

    सिटौला नेतृत्वको समिति चाँडै विवाद टुंग्याउने गरी खटिरहेको समितिका एक जना सदस्य डा।मिनेन्द्र रिजालले बताए ।

    प्रदेश–२ का जिल्लाहरूमा समायोजनसँगै क्रियाशील सदस्यता वितरण र नवीकरणमा संस्थापन पक्षले धाँधली गरेको आरोप संस्थापनइतर पक्षको छ ।

    रसुवामा भने विभिन्न पार्टी परित्याग गरेर कांग्रेसका आएका नेताहरूलाई पार्टी कब्जा गर्ने गरी सदस्यता दिएको भन्दै संस्थापनइतर पक्ष असन्तुष्ट भएको छ ।

    वडा तहकै निर्वाचन बाँकी

    प्रदेश २ को आठसँगै रसुवा, कैलाली, डोल्पालगायत १३ जिल्लामा वडा अधिवेशन पनि हुन बाँकी छ । अन्यन्त्र सकिएको छ । पालिका अधिवेशन पनि ५६ जिल्लाको भइरकेको छ ।

    निर्वाचन समितिका सचिव रिजालले यी १३ वटै जिल्लामा दसैंअघि नै निर्वाचन गर्ने गरी कार्यतालिका संशोधन गर्नुपर्ने भएको फरकधारलाई बताए ।

    ‘निर्धारित कार्यतालिका अनुसार वडा तहको र पालिकास्तरको अधिवेशन गर्न सकिएन, जुन सदस्यता नटुंगिएर हो’, रिजालले भने, ‘तर, दसैंअघि नै अधिवेशन सकिने गरी फेरि कार्यतालिका संशोधन गर्नुपर्ने भएको छ ।’

    २१ वटा हिमाली जिल्लाको पनि दसैंअघि नै अधिवेशन गर्ने यसअघि नै निर्णय भइसकेको छ । कार्यतालिका भने संशोधन हुन बाँकी छ ।

    यद्यपि, दसैंअघि हिमाली जिल्लाको २१ जिल्लाको अधिवेशन गर्ने पदाधिकारीहरूको निर्णयप्रति संस्थापनइतर पक्षका एक नेता डा.शेखर कोइराला असन्तुष्ट छन् ।

    एकैसाथ अधिवेशन हुनुपर्ने उनको अडान छ । उनी सभापति पदका आकाङ्क्षीसमेत हुन् ।

    • जिल्लामा कांग्रेसमा क्रियाशील
    बुधबार, असोज १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • २.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    • ३.
      डोटीमा वर्षे रोपाइँ !

    • ४.
      सात बहिनी भगवती !

    • ५.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ६.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ७.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • ८.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • ९.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • १०.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • १.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • २.
      सात बहिनी भगवती !

    • ३.
      डोटीमा वर्षे रोपाइँ !

    • ४.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ५.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ६.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.