• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, जेठ ०८, २०८० | Monday 22nd May 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • १ हप्ता अगाडि

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • २ महिना अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ महिना अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ३ महिना अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • ३ महिना अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • ३ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • ३ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • ३ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • ३ महिना अगाडि

दशैंमा फर्किने मजदुरलाई नाकामा सास्ती: पारी बस सञ्चालक, वारी रिक्सा चालकले ठग्छन् !

  •  संवाददाता
  • मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भारतको लुधियानाबाट गौरीफन्टा नाकासम्मको टिकट एक हजार दुई सय ८० रुपैयाँ छ। धनगढीदेखि ६ सय ४० किलोमिटरको दूरीमा रहेको लुधियानाबाट बस मार्फत १३ घण्टा १५ मिनेटको यात्रापछि कैलालीसँग जोडिएको गौरीफन्टा नाका आइपुगिन्छ। तर दशैँ मनाउन घर फर्किएका डोटीको केआईसिंह गाउँपालिकाका गोपाल आउजीले तीन हजार तीन सय रुपैयाँ तिरे।

    नेपाली ट्राभल एजेन्सीका सञ्चालकलाई निर्धारित भन्दा झण्डै तेब्बर भाडा बुझाएका आउजी १३ घण्टामा पुगिने गौरीफन्टा नाका तीन दिनको यात्रापछि बल्ल मंगलबार बिहान पुगे । धनगढीदेखि एक सय ९३ किलोमिटरको दूरीमा रहेको डोटीको दिपयालसम्म पुगाइदिने ट्राभल एजेन्सीका सञ्चालकको शर्तमा बढि भाडा तिरेका आउजी नाकामै अलपत्र छाडिदिएपछि तनावमा थिए । नाकामा अलमल परेका उनी दशैँसम्म पनि घर पुगिन्छ की पुगिदैन् रु भन्ने चिन्ता लागेको सुनाउँदै थिए । ‘महङ्गो भाडा तिरेर पनि बाटोमा धेरै दुःख पाइयो । तीन दिनपछि बल्ल यहाँसम्म आइपुगेको छु,’ आउजीले भने, ‘अब दिपायल कहिले पुगिन्छ थाहा छैन । यही ताल हो भने घर पुग्न महिना दिन लाग्छ होला ।’

    लुधियानाबाटै चार हजार रुपैयाँ भाडा तिरेर आएका डोटीकै बोगटान फुडसिल गाउँपालिकाका गज्जु खत्रीले पनि निकै सास्ती खेप्नुपरेको सुनाए । ‘दिपायल पुगाइदिने भनेपछि हामीले दुई हजार पाँच सय रुपैयाँ भारु तिरेर त्यहाँबाट आएका हौँ,’ खत्रीले भने, ‘खाना बाहेक बाटोमा थप पैँसा खर्च हुँदैन् भनेका थिए । तर प्रहरीलाई दुई हजार रुपैयाँसम्म तिर्नुपरेको थियो । अब नाकाबाट पनि जाने केही ठेगान छैन । दुई घण्टादेखि अलपत्र छौँ ।’ ट्राभल एजेन्सी सञ्चालक आफ्नै मान्छे भएकाले विश्वास गर्दा आफूहरुमाथि धोका भएको उनी बताउँछन् ।

    भारतबाटै फर्किरहेका बैतडीको पाटनका जयबहादुर बिष्ट पनि मंगलबार बिहान गौरीफन्टा नाकामा भेटिए । दिल्लीमा एक होटलमा काम गर्दै आएका उनी पनि गाडीको खोजिमा थिए । दिल्लीबाट गौरीफन्टा नाका पुग्दा ट्राभल एजेन्सी सञ्चालकले बिष्टसँग तीन हजार रुपैयाँ भाडा लिए तर बैतडी पुगाइदिने बाचा पूरा नगरेर नाकामै अलपत्र छाडिदिएको गुनासो उनको थियो ।

    ‘हामी चाडपर्वका बेला इष्टकुल देवीदेवताको पुजापाठ गर्न वर्षमा एक पटक घर फर्किन्छौँ,’ बिष्टले भने, ‘आरामले घर पुगिएला भन्ने सोचले बस सञ्चालकलाई मागे जतिको भाडा दिनुपर्ने बाध्यता छ । तर के गर्ने यसरी झनै सास्ती पाइदो रहेछ ।’ तर ट्राभल एजेन्सी सञ्चालकहरु भने नेपाल र भारत दुवैतर्फ ठाउँ ठाउँमा सुरक्षाकर्मीले रकम असुल्ने गरेका कारण चर्को भाडा लिन बाध्य भएको बताउँछन् ।एजेन्सी सञ्चालक धनगढी उपमहानगरपालिका–५ तारानगरका शेरबहादुर महराले मजदुरसँग बढि भाडा लिनुपर्ने आफूूहरुको पनि बाध्यता भएको दाबी गरे । ‘हामीले बाटोमा ठाउँ ठाउँमा प्रहरीहरुलाई पैँसा तिर्नुपर्छ । गाडी बुकिङ गरेर ल्याउनुपर्छ,’ महराले भने, ‘पञ्जाबदेखि धनगढी पुग्दासम्म हामीले प्रहरीलाई चिया खर्च दिनुपर्छ । नेपाल प्रहरीलाई समेत पनि कहिलेकही रकम तिर्नुपर्ने उनी बताउँछन् ।’ एजेन्सी सञ्चालक मात्र नभएर अटो रिक्सा चालक र सुरक्षाकर्मीहरुले समेत रकम असुल्ने गरेको मजदुरहरु गुनासो गर्छन् ।

    ‘गौरीफन्टा नाकामा पारीबाट वारी नेपाली भूमीमा सामान पुगाएको मात्र अटो रिक्सा चालकले आठ सय रुपैयाँ सम्म लिने गरेका छन्,’ दिल्लीबाट फर्किएका डोटीका विनय बिकले भने, ‘त्यहाँबाट धनगढी चौराहसम्म पुगाएको थप पाँच सय रुपैयाँ तिर्नुपर्ने बाध्यता हरेक मजदुरको छ ।’

    चर्को रकम असुल्ने गरेको गुनासोपछि नेपाली अटो रिक्सा चालकहरुलाई गौरीफन्टा नाकाको पारीपट्टी भारतीय भूमीमा अटो लैजान रोक लगाइएको छ। तर उनीहरु पैदल हिँडेर भएपनि भारतबाट फर्किनेहरुको सामान बोकेर वारीसम्म ल्याइदिने गरेका छन् । तर मंगलबार बिहान अटोरिक्सा चालकहरु र ट्राभल एजेन्सी सञ्चालकहरुबीच रकम असुल्ने गरेको विषयमा आरोपप्रत्यारोप हुँदा केहीबेर गौरीफन्टा नाका तनावग्रस्त बनेको थियो। नाकामा तनाव भएपछि सवारीसाधनको भीड पनि लागेको थियो । तर सुरक्षाकर्मीले दुवै समूहलाई तितरवितर पारेपछि विवाद साम्य भएको थियो ।

    सीडीओ पाण्डे भन्छन्स् विगतमा भन्दा आवागमन सहज

    कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले भने सीमा नाकामा विगतको तुलनामा आवागमन सहज भएको दाबी गरेका छन् । उनले सीमा नाकामा कुनै पनि नेपालीले सास्ती खेप्न नपरोस् भन्ने उद्देश्यले नागरिक सहायता कक्ष स्थापना गर्दै कडाइ गरिएकाले धेरै समस्या नरहेको दाबी गरेका हुन् ।

    ‘हामीले सीमा नाकामा कुनै पनि नेपालीले दुःख पाउनु भएन भनेर सुरक्षाकर्मीहरुलाई निर्देशन समेत दिएका छौँ,’ प्रजिअ पाण्डेले भने, ‘स्वयंम मसहित सुरक्षा निकायका प्रमुखहरु प्नि दुई तीन पटक नाकाको निरीक्षण गरेर जानकारी लिएको अवस्था छ । भारतीय पक्षलाई पनि आवागमन सहज गरिनदिन निरन्तर अनुरोध गरिरहेका छौँ ।’ यात्रुहरुलाई तान्ने, अनावश्यक भाडा असुल्ने जस्ता गुनासाहरु पनि आएकाले सवारी साधनलाई पनि व्यवस्थित गरिएको उनले बताए ।

    • दशैंमा फर्किने मजदुर
    मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    • भर्खरै
    • चर्चित
    • १.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • २.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • ३.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ४.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ५.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ६.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ७.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ८.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ९.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • १०.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.