धनगढी उपमहानगरपालिकाले १८ वर्षमाथिका सबैलाई भेरोसेलको पहिलो मात्रा खोप लगाउने भएको छ । उपमहानगरपालिकाले एक दिन कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको हो । असोज २३ गते बिहान १० बजेदेखि ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने उपमहानगरपालिकाले जानकारी दिएको छ
उपमहानगरपालिकाले १९ वटै वडाका २२ स्थानमा खोप लगाउने उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले बताए ।
खोप लाउन परिचय खुल्ने फोटोसहितको परिचयपत्र लिएर आउनु पर्ने भन्दै स्वास्थ्य शाखा प्रमुख बोहराले खोप लगाउन विद्युतीय दर्ता अनिवार्य रहेको बताए ।
उपमहानगरपालिकाले यस अघिनै खोप लाउन विद्युतीय दर्ता अनिवार्य गरेको बताउदै बोहराले नागरिकहरूलाई विद्युतीय दर्ता गर्न वडा स्तरीय खोप समन्वय समितिले व्यवस्था गर्ने बताए ।