• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

मेहनतले कहलीएको निकेन्द्रको छवी : मोडेल,रेडियोकर्मी र अव व्यापारी!

  •  संवाददाता
  • सोमबार, कार्तिक ०१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको धनगढी उपमहानगरपालिका १ पुष्पलाल चोकको उत्तरतिरको तीन तले घरको पहिलो तलाको एउटा कोठामा फोनबाट अर्डर टिप्दै थिए निकेन्द्र बुढा । सजाइएको एउटा कोठामा दुई कुर्सी, दुई टेबुल अनि छेउमा दराज । दराजभित्र विभिन्न रजिस्टर अनि बस्नका लागि चिटिक्कका सोफा । झट्ट हेर्दा कुनै कार्यालय जस्तो । वरपर न भान्छा देखिन्छ न त ग्राहकका लागि बस्ने टेबुल कुर्सी । तर टेबुलमाथिको फोन सेटमा दिनभरजसो ग्राहकका फोन आउँछन् , जहाँ विभिन्न नास्ताको अर्डर आउँछ । र, अर्डर टिप्छन् उनै निकेन्द्र ।

    उनले एकजना खाजा बनाउने, एकजना खाजा पुर्‍याउने र एकजना सहयोगी गरी तीन जनालाई काम दिएका छन् । मेरो साथी सुपर सर्भिसको नाममा व्यवसाय दर्ता गरेर उनी यो व्यापार चलाइरहेका छन् । साथी सुपर सर्भिस अन्तर्गत उनले ‘फुडमार्ट धनगढी’ नाममा नास्ता अर्डर लिन्छन् र ग्राहकले भनेको ठाउँमा पुर्‍याइदिन्छन् । नास्ताको डेलिभरी निःशुल्क हुन्छ ।

    यो किसिमका व्यापार सुदूरपश्चिमकै लागि पहिलो भएको निकेन्द्रले दाबी गरे । ‘अर्डर लिने र केही शुल्क लिएर डेलिभरी गर्ने काम होटलहरुले पनि गर्छन्,’ उनले भने, ‘तर नास्ता डेलिभरी मात्रै गर्ने यो सेवा भने यहाँको पहिलो हो । अहिले भने अरूले पनि यो सेवा सुरु गर्ने तयारी गरिरहेका छन् भन्ने सुनेको छु ।’

    उनको फुडमार्टमा अहिले बिर्यानी, दम बिर्यानी ९हैदराबादी विशेष०, मःम, चाउमिनलगायतका नास्ता बन्छन् । छिट्टै बर्गर र पिज्जा पनि बनाउने उनको योजना छ । उनको यो व्यापार छोटो समयमै राम्रो फस्टाएको छ । खासमा यो व्यापार उनले अघिल्लो लकडाउनमै सुरु गरेका थिए । होटलहरु बन्द भएपछि अर्डर लिएर डेलिभरी गर्ने यो व्यापार त्यसबेला प्रभावकारी पनि बन्यो । तर कोरोना सङ्क्रमण तीव्र बनेसँगै यो रोकियो ।

    सुरुवातमा खासै व्यवस्थित पनि हुन नसकेको यो व्यापारलाई गएको असोज १ गतेदेखि भने व्यवस्थित तरिकाले ‘फुडमार्ट धनगढी’को नाममा अगाडि बढाएका छन् । व्यापार पुन शुरु गरेपछि उनले पुराना ग्राहकलाई पनि फोनै गरेर जानकारी गराए । थप प्रचार–प्रसार पनि गरिरहेका छन् । अहिले दैनिक १० हजार रुपैयाँभन्दा बढीको कारोबार भइरहेको उनले बताए । दैनिक माग बढिरहेको उनी बताउँछन् । ‘धेरैलाई यो व्यापारबारे जानकारी छैन,’ उनी भन्छन्, ‘अझै प्रचार पुगेको छैन । थाहा पाएका व्यक्तिले मगाइरहेका छन् । बजारकै दरमा आफूलाई मन परेको खाजा आफू भएकै ठाउँमा आउने भएपछि ग्राहक खुशी पनि भएको उनको अनुभव छ । राम्रो प्रतिक्रिया आइरहेको र एक पटक खाजा मगाइसकेकाले फेरि फेरि मगाइरहेकाले सेवा उनीहरूले मनपराइरहेको भनेर उनी बुझ्छन् ।

    फुडमार्टको नास्ताको डेलिभरी सेवा धनगढीभर उपलब्ध छ । धेरै परिमाणमा नास्ताको अर्डर आए भने २० किलोमिटर टाढाको फुलबारी, गेटा र अत्तरिया क्षेत्रसम्म पनि निःशुल्क डेलिभरी सेवा दिइरहेको सञ्चालक निकेन्द्रले बताए । छोटो समयमै फुडमार्टलाई ग्राहकले मन पराएपछि हौसिएका निकेन्द्र बुढा यसलाई राम्रो ब्राण्डको रूपमा विकास गर्ने योजनामा छन् । फुडमार्ट धनगढीको नामबाट कैलालीकै टीकापुर, गोदावरी नगरपालिकाको अत्तरिया र कञ्चनपुरको महेन्द्रनगर बजारमा शाखा विस्तार गर्ने योजना रहेको उनले बताए ।

    मिडियासँगै ‘फुटमार्ट’
    कोरोनाको जोखिम बढ्दै गएपछि गत वर्षको चैत ११ गतेदेखि देशभर लकडाउन गरियो । सङ्क्रमणको जोखिम कम गर्न सीमा नाका सिल गरियो । अत्यावश्यक सेवाबाहेक सबै बन्द भए । सञ्चार क्षेत्र अत्यावश्यक सेवाको क्षेत्र त थियो तर जोखिम मोलेर काम गर्ने पत्रकार नै बेतलबी हुने अवस्था आयो ।

    धेरै सञ्चार माध्यममा पत्रकारलाई कामबाट बिदा दिने, तलब नदिने वा काममा जान नसक्ने अवस्था भयो । निकेन्द्र त्यसबखत धनगढीकै रेडियो सुदूर सन्देशमा व्यवस्थापकको काम गरिरहेका थिए । त्यही बेला रेडियो अर्को ठाउँमा सार्नुपर्ने भएको हुँदा रेडियो बन्द थियो । कामविहीन भएपछि उनले साथीसँग मिलेर यो काम सुरु गरेका थिए । फेसबुकमा ‘फुडमार्ट धनगढी’ नामको पेज बनाएर प्रचार थाले भने धनगढीकै हसनपुर क्षेत्रमा सानो किचेन बनाएर नास्ताको अर्डर लिने र डेलिभरी गर्ने काम सुरु गरे । लकडाउनमा यो डेलिभरी सेवा प्रभावकारी पनि बन्यो । कामले बजार बनाइरहेका बेला कोरोनाको जोखिम झनै बढेपछि यो काम त्यतिकै रोकियो । केही महिना घरमै समय बिताएका निकेन्द्रले पछि धनगढीकै अर्को एक रेडियो डेलिमेलमा काम गर्न सुरु गरे ।

    रेडियोको कमाईले मात्रै उनी सन्तुष्ट हुन सकेनन् । त्यसमाथि पार्ट टाइम जागिर । एक वर्ष अगाडि लकडाउनमा सुरु गरेको व्यापारलाई पनि अगाडि बढाउने योजना बुने । थोरै लगानी गरेर अहिले उनले ‘फुडमार्ट धनगढी’ व्यवस्थित तरिकाले अगाडि बढाएका छन् । साथमा मोडलिङ क्षेत्रमा पनि सक्रिय रहेका उनले अहिले त्यो क्षेत्रलाई पनि समय दिन भ्याइरहेका छन् । उनी विगत ९ वर्षदेखि मोडलिङ क्षेत्रमा पनि सक्रिय छन् । उनले दर्जनौँ म्युजिक भिडिओमा अभिनय समेत गरिसकेका छन् ।

    • मेहनत
    सोमबार, कार्तिक ०१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.