• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, माघ ३०, २०८२ | Thursday 12th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • १ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ४ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ६ दिन अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ६ दिन अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • ७ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

खेतमै कुहिन थाल्यो धान,कैलाली-कञ्चनपुरमा तीन अर्बको क्षती !

  •  संवाददाता
  • शुक्रबार, कार्तिक ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी उप–महानगरपालिका ७ मट्यारीकी पानमती सार्कीले दसैँको अघिल्लो दिन खेतको धान काटिन्। धान काटेको रातिबाट पानी पर्‍यो र १० कट्ठा खेतको धान सबै भिजेर खराब भयो। शुक्रवार खेतमा भिजेको धान सडकमा बोकेर फिँजाउँदै थिइन् पानमती।

    ‘पानी पर्छ भन्ने जानकारी नै थिएन,दिउँसो मौसम सफा नै थियो, रातिबाट अचानक पानी पर्न थाल्यो,’उनले भनिन्,‘चार दिन लगातार पानी प¥यो। हामीले धान जोगाउन सकेनौँ,मेरो त खेत पनि छैन,अधियाँमा धान खेती लगाएकी थिए,सबै पानीले बिग्रियो अव के खाने के साहुलाई दिने?’

    मट्यारीकै दीप्ति रानाको पनि दुई बिघा जमिनको धान बाली पानीमा भिजेर नष्ट भएको छ। धानबाली खेतमै नष्ट भएपछि कसरी छाक टार्ने भन्दै उनको परिवार पनि चिन्तामा छ। ‘खेतको सबै धान भिज्यो,अहिले त कुहिन थालेको छ,अव कसरी गुजारा चलाउने होला,’दीप्तिले भनिन्,‘अव सरकारले खाद्यान्न सहयोग गरे बाच्छौँ नत्र हामी भोकमरीमा पर्छौँ।’

    खेतमै उम्रिएको धानको मुठा देखाउँदै रामदुलारी राना भनिन्, ‘हामीलाई सरकारले राहत तथा क्षतिपूर्ति दियो भने सहज हुने थियो।’

    मुख्यमन्त्री भट्टले भने,‘स्थानीय प्रदेश र सङ्घीय तिनै तहको सरकारबाट किसानलाई राहत उपलब्ध गराउँछौँ।’

    कञ्चनपुरको पुनर्वास नगरपालिका १० की सिता चौधरीको खेतमा बाढी पसेर धान नै बगायो। ‘अरूको खेतको धान त भिज्यो मात्र,’उनले भनिन्,‘मैले त एक बिघा खेतको धान सबै नदीले बगायो।’

    तीन अर्बको धानवालीमा क्षति

    बेमौसमी वर्षाका कारण सुदूरपश्चिममा तीन अर्ब बढीको क्षति भएको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ। प्रारम्भिक विवरण अनुसार तीन अर्बको धानबाली क्षति भएको कृषि विकास निर्देशनालयका प्रमुख यज्ञराज जोशीले बताए।

    उनका अनुसार कैलाली, कञ्चनपुरको ३३ हजार हेक्टर जमिनमा लगाएको धान बालीमा क्षति भएको छ।

    ‘यो वर्ष मनसुन राम्रो थियो,विगतको तुलनामा १० देखि १५ प्रतिशतसम्म उत्पादन बढ्ने अनुमान थियो तर त्यसको ठिक उल्टो भयो,भित्र्याउने बेलामा मौसमले साथ नदिँदा हामीले ठुलो क्षति भोग्नु पर्‍यो ,’जोशीले भने,‘हामीले क्षतिको विवरण किसानको खेतमै पुगेर सङ्कलन गरिरहेका छौँ।’ ‘किसानलाई राहत र प्रोत्साहन दिन्छौँ’

    सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले किसानलाई क्षतिको विवरण सङ्कलन गरी उचित राहत र प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने बताएका छन्।

    ‘किसानको अन्न खोसिएको छ,उहाँहरूलाई राहत हामीले दिनुपर्छ,वर्ष भरीको मेहनत खेर जाँदा उहाँहरूमा कृषि पेसाप्रति वितृष्णा फैलिन सक्छ,’मुख्यमन्त्री भट्टले भने,‘स्थानीय प्रदेश र सङ्घीय तिनै तहको सरकारबाट किसानलाई राहत उपलब्ध गराउँछौँ।’

    • कुहिन थाल्यो धान
    शुक्रबार, कार्तिक ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.