• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, भदौ ०२, २०७९ | Thursday 18th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु
  • १ दिन अगाडि

कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला
  • १ दिन अगाडि

सुनको मूल्य तोलामा ५ सयले घट्यो
  • १ दिन अगाडि

बँदेलका लागि थापेको पासोमा चितुवा
  • १ दिन अगाडि

जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी
  • ३ दिन अगाडि

कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी
  • ३ दिन अगाडि

स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म
  • ३ दिन अगाडि

सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल
  • ५ दिन अगाडि

जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)
  • ५ दिन अगाडि

Advertisement

युवक हत्या प्रकरण : थप एकजना नियन्त्रणमा

  •  संवाददाता
  • आइतबार, माघ ०२, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बैतडीको सुर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्मर अवस्थीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले थप एकजनालाई नियन्त्रणमा लिएको छ।

    सुर्नया–६ कै ३० वर्षीय नवराज अवस्थीलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

    उनले भने, ‘नवराजमाथि शंका लागेर नियन्त्रणमा लिएका हौं, अहिले नै उनको संलग्नता हो भन्न सकिन्न, उनीमाथि थप अनुसन्धान गर्दै छौँ।’

    गत मंसिर १४ गतेदेखि हराइरहेका डम्मरको शव गत पुस २८ गते घर नजिकैको धुरा जंगलमा १५ फिट गहिरो गुफामा गाडेको अवस्थामा फेला परेको थियो।

    यसअघि डम्मरको हत्यामा संलग्न रहेका सोही ठाउँका २३ वर्षीय हरिश अवस्थी प्रहरी नियन्त्रणमै छन्। हरिशले आफू विप्लव माओवादीबाट अपहरणमा परेको नाटक गरेपछि घटनाको पर्दा खुलेको हो।

    उनले डम्मरको हत्या गरेको स्वीकार गरिसकेका छन्। उनले बताएको स्थानकै आधारमै डम्मरको शव फेला परेको थियो। हत्यामा अरूको संलग्नताका विषयमा अझै खुलीनसकेको प्रवक्ता ओझाले बताए।

    उनले भने, ‘घटनाको प्रकृति हेर्दा एकजनाको संलग्नता हुनसक्ने सम्भावना छैन, अन्य पनि हुन सक्छन्।’

    डम्मरका आफन्तले उनको हत्यामा एकजनामात्रै नभएर अरूको संलग्नता रहेकाले सबै दोषी पक्राउ नपर्दासम्म शव नउठाउने बताएका छन्।

    डम्मरको हत्यामा संलग्न सबैको पहिचान भएमात्रै शव बुझ्ने मृतकका दाइ तीर्थराज अवस्थीले बताए।

    डम्मरको शव पोष्टमार्टमपछि जिल्ला अस्पतालमै राखिएको छ। गत पुस २८ गते शव फेला परे पनि घटनामा संलग्न अन्यलाई खोजी गरी कारबाही गर्नुपर्ने माग राख्दै आफन्तले शव नबुझेका हुन्।

    डम्मर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सदस्य भएकाले उनको पार्टीले समेत शव बुझ्न इन्कार गरेको छ।

    घटनाका दोषीलाई कानुनी दायरामा लिएर कारबाही गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने र सहिद घोषणा गर्नुपर्ने नेकपाले माग राख्दै उक्त पार्टीका कार्यकर्ताले आज सुर्नया गाउँपालिका केन्द्रमा प्रदर्शन गरेका छन्।

    नेपाल कम्युनिष्ट पार्टीले हत्यामा संलग्न सबैलाई खोजी गरी कारबाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र सहिद घोषणा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको नेपाल कम्युनिष्ट पार्टीका सुर्नया सचिव अम्बादत्त अवस्थीले बताए।

    आइतबार, माघ ०२, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बँदेलका लागि थापेको पासोमा चितुवा
    पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…
    बैतडीका ८ स्थानीय तहमा पहिरोको उच्च जोखिम
    • भर्खरै
    • चर्चित
    • १.
      सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु

    • २.
      कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला

    • ३.
      सुनको मूल्य तोलामा ५ सयले घट्यो

    • ४.
      बँदेलका लागि थापेको पासोमा चितुवा

    • ५.
      जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी

    • ६.
      कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी

    • ७.
      स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म

    • ८.
      सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल

    • ९.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • १०.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • १.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • २.
      जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी

    • ३.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • ४.
      कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी

    • ५.
      कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला

    • ६.
      सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल

    • ७.
      स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म

    • ८.
      भन्सारमा ९ सय गाडी अलपत्र

    • ९.
      बँदेलका लागि थापेको पासोमा चितुवा

    • १०.
      सुनको मूल्य तोलामा ५ सयले घट्यो

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.