• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, जेठ ०९, २०८२ | Thursday 22nd May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
  • २ घण्टा अगाडि

दार्चुलामा ४० वर्षीय युवक मृत फेला
  • २ घण्टा अगाडि

सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
  • २ घण्टा अगाडि

सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी
  • ९ घण्टा अगाडि

प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे
  • १० घण्टा अगाडि

वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ
  • १० घण्टा अगाडि

कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ
  • १० घण्टा अगाडि

डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु
  • २१ घण्टा अगाडि

निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग
  • २१ घण्टा अगाडि

यस्तो छ ३० करोडमा खुलेको दुईतारे बुटिक होटल भादगाउँ

  •  संवाददाता
  • बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    नौ वर्षदेखि होटल व्यवसायमा लागेका भक्तपुरका नेहल राजभण्डारीले बुटिक होटल सञ्चालनमा ल्याएका छन्। २४ वर्षीय नेहलले तीस करोड रूपैयाँ लगानीमा सूर्यविनायक बाराहीस्थाननजिकै होटल भादगाउँ सञ्चालनमा ल्याएका हुन्।

    भादगाउँले केही समयअघि मात्र पर्यटन विभागबाट दुईतारे बुटिक होटलको मान्यता पनि पाएको छ।

    नेहलले आफ्नो परिवारको सहयोगमा सन् २०१७ को मध्यतिरबाट होटल भादगाउँ बनाउन सुरू गरेका थिए। त्यति बेला सरकारले भ्रमण वर्ष २०२० मनाउने तयारी गर्दै थियो। देशभर सानाठूला तारे होटलको संख्या बढाउन पर्यटन व्यवसायीहरू लागि परेका थिए। त्यही बेला उनले बुटिक होटल सञ्चालनमा ल्याएका हुन्।

    ‘परम्परागत र मौलिक शैलीमा सौन्दर्यीकरण गरिएको हाम्रो बुटिक होटल आन्तरिक र बाह्य पर्यटकका लागि लक्षित छ,’ उनले भने, ‘तारे होटलमा हुने सबै सुविधा यहाँ छन्।’

    सात रोपनीमा फैलिएको होटल भादगाउँ सन् २०२१ नोभेम्बरबाट सञ्चालनमा आएको हो। यहाँको साजसज्जामा भक्तपुरकै मौलिकता झल्काउने पुराना काठ प्रयोग गरिएको छ। कोठा भने आधुनिकता र परम्परागत शैलीको मिश्रित डिजाइनमा बनेका छन्। काठ र इँटाको संयोजनले बाहिरी लबी सजाइएको छ।

    होटल भादगाउँमा एकपटकमा सय जनासम्म बस्न मिल्छ। कोरोना महामारीको प्रभावले होटल अझै पूर्ण क्षमतामा सञ्चालन भइसकेको छैन। ३० प्रतिशत मात्र चलिरहेको छ। आउनेमध्ये एक दिनदेखि दुई महिनासम्म बस्ने पाहुना भएको उनले बताए।

    नेहलका अनुसार डिलक्स, ट्रयाडिसनल र स्विट गरी ५० वटा कोठा छन्। आकार, डिजाइन र भित्र हुने फर्निचरदेखि अन्य सुविधाका आधारमा कोठाको वर्गीकरण गरिन्छ।

    लामो समय बस्ने पाहुनाले स्विट कोठा रूचाउने उनी बताउँछन्। स्विटमा अन्य कोठाभन्दा धेरै सुविधा हुन्छन्। सुत्ने कोठा र सोफा, कुर्सी, टेबलसहितको बैठक छुट्टाछुट्टै हुन्छ। भादगाउँको स्विटमा दुइटा बाथरूम, बालकोनी र दुइटा टेलिभिजन भएको उनले जानकारी दिए।

    होटलमा स्विमिङ पुल पनि छ। पर्यटककै लागि लक्षित गर्दै नेहलले स्पा पनि बनाउँदै छन्।

    ‘कोभिडका कारण सरकारले स्पा बनाउन रोकेको थियो। अब काम अघि बढ्छ,’ उनले भने। त्यस्तै होटलमा जिम हल छ। सभा हल, रेस्टुरेन्ट र बार त भइहाल्यो।

    यहाँ एकैपटक पाँच सय जना बस्न सक्ने क्षमताको ब्यांकेट छ। होटलमा ब्यांकेटको माग धेरै भएकाले यसलाई विस्तार गर्ने तयारीमा छन् उनी। होटल परिसरमा खाली रहेको जमिनमा ब्यांकेट बनाउन लागिएको उनले बताए।

    ‘सरकारी, गैरसरकारी तथा विभिन्न संघसंस्थाले गर्ने कार्यक्रम तथा बैठकका लागि भादगाउँको ब्यांकेट रोजाइमा पर्ने गरको छ,’ ‘ उनले भने।

    होटलमा स्थानीय परिकार पाइन्छ। नेवारी खाजा तथा खाना सेट खान सकिन्छ। त्यस्तै सामान्य नेपाली, भारतीय, फ्युजन र कन्टिनेटल खाना पनि पाइने उनले बताए।

    ‘भादगाउँको मुख्य विशेषता भनेको रसोइ इन्डियन किचन हो,’ उनी भन्छन्, ‘तर यति मात्र होइन, ग्राहकको रोजाइअनुसार खानाको सुविधा छ।’

    विशेषगरी युरोपियन पर्यटक बढी आउने र साँस्कृतिक कार्यक्रम हेर्न रूचाउने भएकाले होटलले भक्तपुरकै सांगीतिक ब्यान्डसँग समन्वय गरेको छ। यहाँ प्रत्यक्ष स्थानीय र अन्य गायन, वाद्यवादन तथा नाच प्रस्तुत गरिने पनि उनले बताए।

    ‘साँस्कृतिक कार्यक्रमहरू हुँदा नेवारी खानेकुराको माग बढी हुन्छ,’ नेहलले भने।

    तारे होटल पहिलोपटक सम्हालिरहेका नेहलको परिवार पहिल्यैदेखि यो व्यवसायमा थियो। उनका बुबाले सन् १९९३ मा भक्तपुर दरबार स्क्वायरमा भादगाउँ गेस्टहाउस खोलेका थिए। विदेशी पर्यटकका लागि लक्षित उक्त गेस्टहाउस अझै चलिरहेको छ।

    नेहलका अनुसार पर्यटकीय सिजनमा मात्र होइन, अफसिजनमा पनि गेस्टहाउस पर्यटकले भरिन्थ्यो। त्यो बेला भक्तपुरमा ठूला होटल थिएनन्। पर्यटकीय सिजनमा भक्तपुर आएका पर्यटक बस्नकै लागि नगरकोट र धुलिखेल मोडिनुपर्ने अवस्था थियो।

    ‘पर्यटक संख्या बढ्दा कोठा पुग्दैन थियो। गेस्टहाउसमा आएका पर्यटक अन्तै जानुपर्ने बाध्यता हुन्थ्यो। त्यही बेला ठूलो होटलको आवश्यकता देखेको थिएँ,’ उनले भने, ‘व्यवसाय राम्रो भएको देखेर पनि भविष्यमा बुटिक होटलमा लगानी गर्न मन थियो।’

    नेहल १६ वर्षका हुँदैदेखि बुबाको होटलमा जान्थे र काम सिक्थे। होटलतर्फ उनको रूचि गाढा हुँदै गयो। पाहुनाको सम्मान र सत्कार गर्ने बानी र सीप विकास भयो। केही वर्षपछि उनलाई आफैं होटल सञ्चालन गर्न सक्छु भन्ने आत्मविश्वास पलायो।

    सन् २०१७ मै भक्तपुरमा उनले एउटा सामान्य होटल खोले। राम्रै चल्दै थियो। उनको रहरले बिट मारेन, तारे बुटिक होटल खोल्न मन लाग्यो।

    ‘बाराहीस्थानमा जग्गा थियो, परिवारसँग सल्लाह भयो। लगानीदेखि सबै कुरा मिलेपछि त्यही बेलाबाट निर्माण थाल्यौं,’ उनले भने, ‘बुबालाई सबै आइडिया भएकाले काम उहाँकै सुझावअनुसार भयो। म सञ्चालन गरिरहेको छु।’

    उनीहरूले भ्रमण वर्षलाई लक्षित गरेर होटल सञ्चालनमा ल्याउने गरी निर्माण थालेका थिए। होटल बनिसक्नै साढे दुई वर्ष लाग्यो। सामान्य तरिकाले उद्घाटन गरेको दुई महिनामै कोरोना लकडाउन भइदियो। त्यसपछि एक वर्षजस्तो होटल बन्द नै रह्यो।

    ‘५० जना कर्मचारी राखेर होटल सुरू गरेका थियौं, बन्द भइदियो,’ उनले भने, ‘तनाव त भयो नै। लामो समय बन्द हुने भएपछि केही कर्मचारीलाई बिदा गर्नुपर्‍यो।’

    अहिले होटल ३० जना कर्मचारीको सहयोगमा चलिरहेको उनले जानकारी दिए।

    होटललाई उनीहरूले आफ्नो गेस्टहाउसकै नाम दिएका छन्। भक्तपुरको पुरानो नाम भादगाउँले मौलिकता झल्काउने उनीहरूको विश्वास छ। आफ्नो परिवारले तीन दशकदेखि गेस्टहाउस चलाइरहे पनि यही नाममा धेरै र फरक सेवा-सुविधा दिने उद्देश्यले बुटिक होटल सञ्चालनमा ल्याएको नेहल बताउँछन्।

    ‘भादगाउँ होटलले आफ्नै नाममा ऐतिहासिक महत्वलाई जोगाएको छ,’ नेहल भन्छन्, ‘आगामी दिनमा होटल भादगाउँ पर्यटकको थलो बन्ने अपेक्षा छ।’

    कोरोना माहामारीका कारण होटल व्यवसाय उक्सिन सकेका छैनन्, चहलपहल कम छ। तत्काल प्रतिफल दिन नसके पनि भविष्यमा लगानी नडुब्ने विश्वास छ उनको।

    भक्तपुर दरबार क्षेत्र पर्यटकीय गन्तव्यमध्ये पर्छ। आठ मिनेट हिँडेर भक्तपुर दरबार परिसर पुगिने भएकाले यो क्षेत्र घुम्न आउनेका लागि आफ्नो होटल रोजाइ हुने आशा उनले राखेका छन्। सँगै धुलिखेल, नगरकोट र काठमाडौं प्रवेश गर्ने आन्तरिक पर्यटकका लागि राती बस्ने उपयुक्त ठाउँ हुने उनी बताउँछन्।

    राम्रो र सफा भए होटलमा पर्यटक संख्या आफैं बढ्ने उनको अनुभव छ, ‘सहरमा घरपिच्छे होटल छन्। तर मुख्य रूपमा पर्यटकले खोज्ने भनेकै राम्रो सेवा र सफा वातावरण हो।’

    अहिले अधिकांश होटलझैं भादगाउँ पनि आन्तरिक पर्यटकले धानिएको छ। शुक्रबार र शनिबार धेरै चाप हुन्छ। संघसंस्थाका कार्यक्रम पनि होटलको आम्दानीको प्रमुख स्रोत बनेको छ।

    ‘कोरोनाको नयाँ लहर आएन वा अहिलेको जस्तै मत्थर अवस्था रह्यो भने तीन वर्षपछि होटलहरू पहिलेझैं अवस्थामा आउनेछन्,’ नेहल आशावादी छन्।

    होटलमा अरू सुविधा थप्न पनि उनी काम गरिरहेका छन्। होटलमा आउने र बाहिरी मान्छेका लागि समेत हुने गरी यहाँ बेकरी बन्दैछ। त्यस्तै गिफ्ट पसल सञ्चालन गर्ने योजना छ। पसलमा स्थानीयले हातैले बनाएका उपहार सामग्री राखिने नेहलले बताए।

     

    प्रकाशित मिति: बुधबार, चैत २, २०७८, ०६:०४:००
    2.1k Shares
    facebook sharing button
    twitter sharing button
    email sharing button
    sharethis sharing button
    सिफारिस

    agni inner
    Bok
    vianet Below Content Banner 2
    classic teach banner 4
    बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
    सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी
    प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे
    • भर्खरै
    • चर्चित
    • १.
      शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे

    • २.
      दार्चुलामा ४० वर्षीय युवक मृत फेला

    • ३.
      सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी

    • ४.
      सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी

    • ५.
      प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे

    • ६.
      वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ

    • ७.
      कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ

    • ८.
      डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु

    • ९.
      निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग

    • १०.
      लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो

    • १.
      कैलालीमा बालुवा भित्र सालको काठ बेवारिसे अवस्थामा बरामद

    • २.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • ३.
      बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड

    • ४.
      विधेयक, २०८१ पारित भएको खुसीयालीमा गेटामा दीप प्रज्वलन

    • ५.
      बैतडीमा २ महिला माथि धारिलो हतियार प्रहार

    • ६.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ७.
      कर्णाली नदीमा एक जना बेपत्ता

    • ८.
      आज दिउँसो पनि केही ठाउँमा पानी पर्ने, तराईका केही जिल्लामा गर्मी

    • ९.
      भारतकाे हैदराबादमा आगलागी, ८ बालबालिकासहित १७ जनाकाे ज्यान गयाे

    • १०.
      पेट्रोलमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँ भाउ घट्यो

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.