काठमाडौं । कुरा १८ वर्ष अघिको हो । जतिबेला बलिउडमा शाहरुख खान, माधुरी दिक्षित र ऐश्वर्या राय सर्वाधिक चर्चामा थिए । चर्चामा नै रहेका बेला शाहरुखको देवदास नाम फिल्म रिलिज भयो ।
फिल्मका एक एक डायलगदेखि अधिकांश सिनहरुले चर्चा पाए । जसमध्येको एउटा रमाइलो किस्सा हो माधुरीको ३० केजीको लेहेंगा ।
देवदासमा माधुरीले लगाएको एउटा लेहेंगाको तौल मात्रै ३० केजीको भएका कारण माधुरी असिन पसिन बनेकी थिइन् ।
लेहेंगाको तौल उच्च भएकै कारण उनलाई हिँड्नसमेत धौ धौ परेका बेला उजले एउटा सिंगो गीतमा नै उक्त साडी लगाउनु परेको थियो । जसका कारण उनी निकै थकित र गलेकी थिइन् ।