नेकपा एमालेका सचिव लेखराज भट्टले जनताले आफूलाई यस पटक पनि जिताउनेछन भन्ने आफूमा आत्मविश्वास रहेको बताएका छन ।
आइतबार कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता पछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन ।
‘२०७४ सालको निर्वाचनमा पनि यस क्षेत्रका जनताले देशको नीति निर्माण गर्न मलाई जिम्मेवारी दिएका थिए । यस क्षेत्रको विकासको जिम्मेवारी पनि दिएका थिए । मैले त्यसलाई पुरा गर्ने प्रयास गरे’ उनले भने ‘अहिले पनि पार्टीले मलाई विश्वास गरेर उम्मेदवारी दिन लगाएको छ । मैले सबै मतदाताहरुलाई जुनसुकै पार्टी संग जोडिएका भएपनि मलाई विजय गराउन्छन भन्ने आत्मविश्वास छ ।’
उनले जनताको मायाले आफू जंगलबाट सिहदरबार सम्म पुगेको बताए । ‘कयौले मलाई जंगलमा पनि बस्नु भयो भनेर सोध्ने गर्थे । म यस क्षेत्रका जनताको मायाले जनयुद्ध र पछिल्लो चरणमा सिहदरबार पुगे’ उनले भने ‘यही क्षेत्रका जनताको माया, ममता र स्नेहले अहिले पनि त्यो विश्वास म मा छ ।’