कैलालीको धनगढीका १६ वर्षीय एक किशोरले विद्युतीय मोटरसाइकल तयार गरेका छन् । धनगढी उपमहानगरपालिका ५ का जाइका सोहन कौनीले १ लाख ५० हजारको लागतमा तयार गरेको विद्युतीय मोटरसाइकलको सोमवार धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपाल हमालले उद्घाटन गरेका हुन् ।
कैनीले तयार गरेको मोटरसाइकल एक पटक चार्ज गर्दा ७० किलोमिटरको दुरी सम्म चल्ने बताइएको छ । स्कुलमाहुने प्रयोगात्मक कक्षाबाट उपकरणहरू बनाउने प्रेरणा मिलेका उनले केही समय मोटरसाइकल ग्यारेजमा काम गरे गरेर पनि अनुभव लिए । एसइइको परीक्षापछिको खाली समयमा उनले मोटरसाइकल तयार गरेका हुन्।
धेरै पटक बनाउँदै बिगार्दै गरेर अभ्यस्त भएको बताउँदै उनले सरकारी निकाय वा कुनै सङ्घ संस्थाले सहयोग गरेमा व्यावसायिक रूपमा यस्तो प्रविधिको मोटरसाइकल उत्पादन गरेर बजारमा लैजाने इच्छा रहेको सुनाए । उनी हाल धनगढीको ऐश्वर्य विद्या निकेतनमा कक्षा ११मा अध्ययनरत रहेका छन् ।