• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, जेठ ०९, २०८२ | Thursday 22nd May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
  • ३ घण्टा अगाडि

दार्चुलामा ४० वर्षीय युवक मृत फेला
  • ३ घण्टा अगाडि

सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
  • ३ घण्टा अगाडि

सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी
  • १० घण्टा अगाडि

प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे
  • ११ घण्टा अगाडि

वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ
  • ११ घण्टा अगाडि

कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ
  • ११ घण्टा अगाडि

डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु
  • २२ घण्टा अगाडि

निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग
  • २२ घण्टा अगाडि

शेखरलाई तामाङ गाउँले जय नेपाल भन्नै मानेन

"शेखरले प्रदीप तामाङलाई सोधे, ‘जय नेपाल नै भन्ने हो नि । किन नभन्ने र ?‘ प्रदीपले भने, ‘कांग्रेस हौं पनि भन्ने । कहिले कोसँग, कहिले कोसँग टाँसिने भएपछि किन हामीले जय नेपाल भन्दै पार्टी बनाउन लाग्ने ? पसिना बगायो, बगायो, फाइदा अर्कैले उठाउँछ ।’ "
  •  संवाददाता
  • शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुन्दरहरैचा (मोरङ) । कोट पाइन्टको औपचारिकतामा मिसाएर नेताहरुले स्पोर्टस् जुत्ताका तुना कस्न थाले भने तपाईं मान्नुस्, गाउँमा चुनाव आयो ।

    हामी केही दिनदेखि मोरङका गाउँहरु घुम्दै छौं । माल्दिभ्सको नक्सा अलिअलि सम्झाउने गरी लमतन्न फैलिएको सुन्दरहरैचा गाडीमै घुमिसक्न पनि दिनभरि लाग्छ । कांग्रेस नेता डा. शेखर कोइराला एडिडासको जुत्ता लगाएर अस्तिदेखि उत्तरी सुन्दरहरैचाको फन्को लगाएका लगायै छन् । आजै शनिबार पनि उनी गछिया पुगेर कार्यकर्ता फुल्याउँदै थिए ।

    यो क्षेत्र अर्थात मोरङ ६ मा नेपाली कांग्रेसले कहिल्यै चुनाव जितेको छैन । अनि आफ्नै पार्टीभित्रका दुई समूहबीच काटोछिनो छ ।

    केन्द्रमा सत्तादेखि चुनावसम्मका, अनि चुनावदेखि सत्तासम्मका गठबन्धनको गाँठो जति कसे पनि स्थानीय कांग्रेस कार्यकर्ता भने आन्तरिक खिचातानीमा छन् । अझ कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चालु सत्ता गठबन्धन १० वर्षसम्म जानसक्छ भनिदिएपछि उनीहरु पार्टी नेतृत्वसँग उग्र रिसाएका छन् । शेखरलाई यसैको पीर छ । देउवा, प्रचण्ड, माधव नेपाल आज विराटनगर आएर गठबन्धनका कार्यकर्ता फकाउदै गर्दा शेखर सुरुमा आफ्नो क्षेत्रकै गछियामा थिए। उनको काम पनि उही, कार्यकर्ता फकाउने।

    उनको पीर यत्तिमा सकिँदैन । स्थानीय चुनावका बेला कांग्रेस कार्यकर्ताबीच टिकटलाई लिएर ठूलै लफडा भएको थियो । त्यसमाथि सत्ता गठबन्धनका लागि भएका टिकटहरु छाड्नुपर्ने भयो । विचार, सिद्धान्त फिटिक्कै नमिल्ने शक्तिसँग केवल संख्या र टाउकाहरुका लागि गठजोड गरेर कार्यकर्ताको अपमान गरेको उनीहरुको भनाइ छ । यो त्यही क्षेत्र हो, जहाँ कांग्रेसका कार्यकर्तालाई प्रदेशसभाको टिकट नदिएर माओवादी अध्यक्ष प्रचण्डका ज्वाइँलाई टिकट दिइएको छ ।

    उम्मेदवारहरुलाई यसैको सफाइ दिँदादिँदै हैरानी छ । जितेर सांसद भइयो भने के गर्ने भन्ने त दोस्रो कुरा भइदियो मोरङमा । उत्तरी तामाङ गाउँमा शेखर पुग्दा कांग्रेसका सन्तबहादुर श्रेष्ठले सामुन्नेमा उभिएर ‘जय वाम गठबन्धन’ भन्दै उडाए । युवा शुभेच्छुक प्रदीप तामाङले उनकै अघिल्तिर मुख फोरे, ‘अबदेखि म जय नेपाल भन्दिनँ ।’

    शेखर वाल्ल परे । उनीहरुलाई के जवाफ दिने ? स्थानीय चुनावभन्दा ठिक अघिसम्म उनी आफैं गठबन्धनका नाममा पार्टी राजनीतिमा करिअर देखेका कार्यकर्तालाई तेजोबध गरिएको भन्दै सभापति शेरबहादुर देउवाको आलोचना गरिरहेका थिए । चुनावमा गठबन्धन गरेकैले कांग्रेस पहिलो शक्ति बनेको थियो । जबकि, लोकप्रिय मत आफूले धेरै पाएको एमालेको दाबी छ ।

    अझ पाँच वर्षअघिको ०७४ को प्रतिनिधिसभा चुनावमा शेखर आफैं एमाले र माओवादीको गठबन्धनका सामू ६७५ मतले पराजित भएका थिए । उनी र गगन थापासहितको समूह चुनावपूर्व गठबन्धन बनाउन नहुने ठान्छ । सुन्दरहरैचाका कार्यकर्ताहरु पनि त्यस्तै ठान्छन् । तर यही सोचसहित चुनावी मैदानमा गए हारजित झन् अनिश्चित बनिदिन्छ ।

    शेखरले प्रदीप तामाङलाई सोधे, ‘जय नेपाल नै भन्ने हो नि । किन नभन्ने र ?‘

    प्रदीपले भने, ‘कांग्रेस हौं पनि भन्ने । कहिले कोसँग, कहिले कोसँग टाँसिने भएपछि किन हामीले जय नेपाल भन्दै पार्टी बनाउन लाग्ने ? पसिना बगायो, बगायो, फाइदा अर्कैले उठाउँछ ।’

    स्थानीय कार्यकर्ता भगवान मोक्तानको आँगन छेउमा लिचीको रुख कांग्रेसकै चुनाव चिह्न जस्तै झ्याम्म फैलिएको थियो । त्यही लिचीको रुखमुनि प्लास्टिकको कुर्सीमा बसेर शेखरले कांग्रेसका कार्यकर्ता र शुभेच्छुलाई थुम्थुम्याउन खोजे । उनले भने, ‘हाम्रो रोजाइ थिएन गठबन्धन । तर राजनीतिक अस्थिरताको खेल समाप्त पार्न, देशमा असल शासन ल्याउनका लागि हामी गठबन्धनमा जानुपर्यो । हामीले संविधान नै यस्तो बनायौं, जहाँ कुनै पनि दलले एक्लै बहुमत ल्याउने अवस्था नै छैन । के गर्नु त ?’

    यो गाउँसमेत पर्ने मोरङ क्षेत्र नम्बर ६ मा शेखरको मुख्य प्रतिष्पर्धा एमालेका लालबाबु पण्डितसँग छ । पहाडी जंगलसँग जोडिएको सुन्दरहरैचाको तुलनात्मक दुर्गम यो क्षेत्र एमालेको गढ मानिन्छ । ०४८ देखि हर्कमान तामाङले यहाँ निरन्तर चुनाव जित्दै आए । बीचमा एकपल्ट माओवादीले जितेबाहेक सधैं एमाले पकडमा छ यो गाउँ । यसपल्ट माओवादी अध्यक्ष प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्य प्रदेश ६ (१) तर्फ प्रदेशसभा सदस्यका उम्मेदवार छन् । प्रदेश (२) मा कांग्रेसका केदार कार्की उठेका छन् ।

    माओवादीले प्रदेशसभा र स्थानीय तह चुनावको टिकट पाएकामा रुष्ट कार्यकर्ता थुम्थुम्याउन शेखरलाई जति गाह्रो देखिन्छ, त्यति नै गाह्रो कांग्रेसका कार्यकर्ता भक्ति सिटौला र शिवप्रसाद ढकालबीचको लडाइँ साम्य पार्न ।

    ढकाल ०७४ को नगर चुनावमा मेयर जितेका नेता हुन् । शेखर पक्ष उनलाई यहाँ दोहोरिएर जित्नबाट रोक्न चाहन्थ्यो, जसको नेतृत्व भक्ति सिटौलाले गरेका थिए । सिटौला सुन्दरहरैचा कांग्रेस नगर पार्टी कार्यसमितिका सभापति हुन् । देउवा पक्षका ढकाललाई यसपल्ट पनि टिकट दिन सुरुमा राष्ट्यि सभा सदस्य रमेशजंग रायमाझी कस्सिएर लागे । तर अमृत अर्यालजत्तिकै हैसियत बनाएर आफूलाई खतरा बन्न लागेको भन्दै रायमाझी पनि असहयोग गर्न लागे । ढकाललाई चौतर्फी असहयोग भयो । उनी दोस्रोपल्ट मेयर बन्न पाएनन् । चुनाव एमालेले जित्यो ।

    आज शनिबारको कार्यक्रममा तिनै ढकालले गछिया पुगेर भडास पोखे । ‘अरु पार्टीसँग मिल्ने, आफ्नै पार्टीभित्र सिध्याउन लाग्ने तत्वहरु यहीँ छन्,’ उनले शेखरका अघिल्तिर भाषण गरे, ‘आफ्नैलाई छुरी धस्ने साथीहरुलाई लिएर कसरी एकमत र एकमनले चुनावमा जान सकिन्छ ?’

    उनले थपे, ‘यसरी कसरी जय नेपाल भन्न सकिन्छ ?’

    यसअघि बिहीबार तामाङ गाउँमा लिचीका हाँगा समाउँदै बोलेका कांग्रेस सुन्दरहरैचा नगर सभापति भक्ति सिटौलाले शेखरलाई आदर्शवादी नेता भन्दै सुरुमा खुसी पारे । त्यसपछि धडाधड असन्तुष्टिहरु राखे । उनका प्रतिष्पर्धी शिवप्रसाद ढकाल भने त्यस दिन अनुपस्थित रहे ।

    कांग्रेस यही मनोमालिन्यका बीच प्रतिनिधिसभा र प्रदेश चुनावमा जाँदैछ । कांग्रेस मोरङ ६ का क्षेत्रीय सभापति देवराज तामाङले गठबन्धनको बाध्यतालाई अवसरमा बदल्न आग्रह गर्दै गाउँभरि साइनो लगाउँदै भोट मागे ।

    यो खालको बाध्यतामा नेताहरु किन फसे ? जबकि हामीले पाँच वर्षअघि यही माओवादीलाई एमालेसँग मिलेर भोट माग्न आएको देख्यौं । अहिले उ कांग्रेससँग छ । एमालेका दुई पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनाल कांग्रेसकै भोटको सहारामा चुनाव जित्ने ध्याउन्नमा छन् । अघिल्लो चुनावमा प्रतिष्पर्धी लालबाबु पण्डितसँग ६७५ भोटले मात्रै हारेका शेखरलाई पनि यसपल्ट माओवादी समर्थनले केही होला भन्ने छ कि ?

    हामीले यो प्रश्न राख्यौं मोरङमा भेटिएका पत्रकार धर्मेन्द्र झासँग । उनी भन्छन्, ‘अब नेपालमा धेरै समय कुनै पनि पार्टीले एक्लै चुनाव लड्ने हिम्मत गर्न सक्दैन । पहिल्यै संविधानमा यस्तो प्रणाली बनेको छ । त्यसमाथि समानुपातिकको संख्या धेरै भयो ।’

    हामीले विराटगरबाट फाइल गरेको पहिलो रिपोटिङमा भनेझैं, शेखर कोइरालालाई अरु चुनौती झेल्न सजिला होलान्, तर आन्तरिक पर्खाल र तगारा ठूला छन् । कांग्रेस नेताहरुले आफ्नाबाहेक बाँकी सबैसँग गठबन्धन गरेका छन् । कार्यकर्ताहरु भने पार्टीभित्रै एक अर्कालाई जित्न सके अरु दल हराउन गाह्रो छैन भन्ने आकलनमा छन् ।

     

    शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
    दार्चुलामा ४० वर्षीय युवक मृत फेला
    सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
    • भर्खरै
    • चर्चित
    • १.
      शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे

    • २.
      दार्चुलामा ४० वर्षीय युवक मृत फेला

    • ३.
      सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी

    • ४.
      सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी

    • ५.
      प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे

    • ६.
      वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ

    • ७.
      कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ

    • ८.
      डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु

    • ९.
      निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग

    • १०.
      लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो

    • १.
      कैलालीमा बालुवा भित्र सालको काठ बेवारिसे अवस्थामा बरामद

    • २.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • ३.
      बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड

    • ४.
      विधेयक, २०८१ पारित भएको खुसीयालीमा गेटामा दीप प्रज्वलन

    • ५.
      बैतडीमा २ महिला माथि धारिलो हतियार प्रहार

    • ६.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ७.
      कर्णाली नदीमा एक जना बेपत्ता

    • ८.
      विद्यालय शिक्षा विधेयककाे प्रतिवेदन समितिमा पेश

    • ९.
      सरकारी कार्यालय, बैंककाे कागजात किर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ

    • १०.
      कैलालीमा हावाहुरीका कारणले रूख ढलेर गम्भीर घाइते शिक्षकको मृत्यु

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.