सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले साढे सात महिनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार मन्त्री दीर्घ बहादुर सोडारीले जिम्मेवारी सम्हालेको अवधिको कार्य प्रगति विवरण सार्वजनिक गरेका हुन । साढे सात महिनाको अवधिमा उनले प्रदेश गौरवका ९ वटा सडकहरू कालोपत्रे तथा स्तरोन्नति ,आफ्नो कार्यकालमा ३६९ किलोमिटर सडक कालोपत्रे गरेको दाबी गरेका छन् । यस्तै ६६ वटा सडक तथा पुल बहुवर्षीय ठेक्का स्वीकृति गरेको,डोटी,डडेल्धुराबाट सवारी लाइसेन्स सेवा कार्यालय स्थापना,धनगढी,क्याम्पस रोड देखि कैलाली पुल सडक कालोपत्रे गर्न ठेक्का आह्वान लगायतका कार्यहरूलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ ।
सुदूरपश्चिम प्रदेशको पूर्वाधार मन्त्रालयद्धारा कार्य प्रगति विवरण सार्वजनिक
सुदूरपश्चिम प्रदेशको पूर्वाधार मन्त्रालयद्धारा कार्य प्रगति विवरण सार्वजनिक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु