धनगढीमा अटो र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ। आज (शनिबार) बेलुका धनगढीको रंगशाला नजिकैको बाल्मिकी स्कुलको अगाडि दुर्घटना भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा ४ जना घाइते भएका छन्।
अटोमा सवार २ जना (एक चालक एक सवार) र मोटरसाइकल चालकसहित पछाडी सवार एकजना घाइते भएका हुन्। अहिले उनीहरूको निसर्ग अस्पतालमा उपचारत उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।