कञ्चनपुरमा बेलौरी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बेलौरी नगरपालिका–५ रामनगरका ७१ वर्षीय जनकलाल चौधरीको मंगलबार राति करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक चौधरी बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलालका बुबा हुन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डांगीका अनुसार घरमै मोटर चलाउनेबेला करेन्ट लागेको हो । करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएको थियो । उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको उनले बताए ।