धनगढी- कैलालीको चौराहा स्थित स्वागत होटेलमा खुल्लेयामा यौन धन्दा सञ्चालन भइरहेको पाइएको छ । सोमवार बेलुकी सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटीको टोली र वडा प्रहरी कार्यालयको टोलीले संयुक्त रूपमा छापा हान्दा सञ्चालक सहित यौन कार्यमा संलग्न एक युवती र एक युवक पक्राउ परेका छन् ।
थप अनुसन्धानका लागी उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको वडा प्रहरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक जनक ढुङ्गानाले जानकारी दिए । उनका अनुसार यौन धन्दामा संलग्न २८ वर्षीय युवती र ग्राहक बनेर गएका २५ वर्षीय युवकलाई रंगेहात पक्राउ परेका हुन् । यौन धन्दा चलाइरहेका होटेल सञ्चालक
डेजी प्रसाद जोशीलाई पनि नियन्त्रणमा लिइएको छ ।
केही बेर अघि मात्रै प्रहरीको टोलीले धनगढी स्थित चटकपुरमा यौन धन्दा सञ्चालन गरिरहेको पहाडगंज होटेलका सञ्चालक सहित २४ वर्षीय युवती र २१ वर्षीय युवकलाई पनि रंगेहात पक्राउ गरेको थियो ।