• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ११ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ११ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

मत्स्य पालनको लागि पोखरी निर्माण स्थल छनौट तथा माटो जाँच !

  •  डा.सूर्य बहादुर शाही
  • बिहिबार, भदौ २८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    माछा पालनको सफलता तथा असफलता मुख्यरुपमा पोखरीको अवस्थामा भर पर्ने भएकोले नयाँ पोखरी निमार्णको लागी जग्गा छनौट गर्दा निम्न कुराहरुको राम्रो सुविधा भएको ठाउँमा निर्माण गर्नु उपयुक्त हुन्छ ।

    ·         पानीमा बस्ने प्राणी भएकोले स्वच्छ र सफा पानी प्रसस्त मात्रामा उपल्ब्ध हुने ठाउँ उपयुक्त हुन्छ । पानीको स्थाई श्रोतको बोरिङ, कुलो, मुल आदी हुन सक्छ । ठुलठुला रुख विरुवा तथा भिडको छाँया नपर्ने घाम लाग्ने ठाउँ हुनु उत्तम हुन्छ ।

    ·         पानी अड्ने खालको दोमट माटोमा पोखरी निर्माण गर्न उत्तम हुन्छ । दोमट माटो नभए पनि पानीको अडने खालको माटो भए पोखरी निर्माण गरि माछा पालन गर्न सकिन्छ । पोखरी निर्माण कार्य शुरु गर्नु भन्दा अगाडी निर्माण स्थलको माटो जाँच गर्नु उत्तम हुन्छ ।बाढि पैरो नलाग्ने खालको जग्गा छनोट गर्नुको साथै भिरालोभएको जग्गामा पोखरी निर्माण गर्दा निर्माण खर्चको साथै संचालन लागत खर्च समेत कम लाग्छ ।

    ·         बजार तथा यातायातको सुविधा भएको स्थानमा पोखरी निमार्ण गर्दा माछा उत्पादन सामग्रीहरु (माछा भुरा, दाना, मल आदी) उचित मोलमा प्राप्त गर्नका साथै सामग्री ढुवानी खर्च समेत कम पर्छ भने पोखरीवाट उत्पादित माछाहरु सजिलै तथा सुरक्षित साथ बजारमा लगी राम्रो मोलमा बिक्री गर्न सकिन्छ ।

    ·         माछा पालन व्यवसाय अरु कृषि व्यवसाय भन्दा वढि लगानी लाग्ने, उत्पादित वस्तु माछा निकै कोमल तथा चाडै नोक्सान हुने, मानिस तथा अन्य जिवहरुले समेत नोक्सान गरि क्षति पुर्याउने भएकोले राम्रो रेख देख गर्न सकिने ठाउँ घर नजिक वा सुरक्षा गर्न स्थानको छनौट गर्नु पर्छ ।

    माछा पालनको लागि पानीको श्रोत, माटो , हावापानी , प्राविधिक सेवाटेवा, उत्पादन तथा उत्पादित वस्तुको किनवेचका लागि वजार ,वाटोघाटो , विजुली तथा सामाजिक सुरक्षा(SAFETY)को अवस्था एकदम राम्रो भएको अवस्थामा मात्र कृषकले वजारमा प्रतिस्पर्धा गर्न सक्ने वस्तु उत्पादन गर्न सक्ने भई ब्याबसायको दिगोपना रहन्छ।

    सामान्यतया हाम्रो क्षेत्रमा पानी तथा हावापानीलाई धेरै जाँचिरहनु पर्ने अवस्था छैन अर्थात मत्स्यपालनको लागि पानी ठिक छ तर पनि माटोको जाँच अनिवार्य हुन्छ किनभने धेरै किसान तथा प्राविधिकले माटो मत्स्य पालनको निम्ति ठीक छ कि छैन भनेर पहिलो प्रश्न गर्ने गर्छन् वास्तवमा प्राविधिकले माटो जाँची पानी अडिन्छ कि अडिदैन र पोखरी खन्न उपयुक्त छ कि छैन भनेर निर्णय गरिदिनु पर्छ र एकचोटी पोखरी खनि सकेपछि पानी अडिएन भने पोखरी पुर्नुको अन्य विकल्प केही पनि वाँकी रहदैन।वास्तवमा पानी नअडिने संभावना भएमा पोखरी खन्ने विचार नगर्दा हुन्छ।

    माटो भनेको पृथ्विको वाहिरी सतहमा भएको पदार्थ हो यो प्राकृतिक घटनाहरुले वन्ने गर्दछ र वास्तवमा यस्मा जैविक तथा अजैविक तत्वहरुले वनेको हुन्छ अर्थात माटो जीवित वस्तुको अवशेष ,खनिज पदार्थ, पानी ,हावा मिलेर वनेको हुन्छ। माटोका प्रकारहरु मध्ये ग्राभेल ,वालुवा, सिल्ट, क्ले (चिम्ट्याईलो माटो ),दोमट माटो (sand+clay) मूख्य पर्छन्।माटो जनावर तथा वोटविरुवाको वासस्थान तथा हुर्कने, वढने तथा मरेपछी मिसिने ठाँउ हो।

    मत्स्य पालनको लागि पानी अडिने वा नअडिने भन्ने कुरा मूख्य चिज हो भने त्यत्तिकै रुपमा यस्को मलिलोपनाले यस्को उत्पादकत्व निर्धारण गर्छ।माटाका कणहरु जति साना हुन्छन् त्यत्तिकै रुपमा यस्मा पानी छिर्ने संभावना कम हुन्छ अनि यस्मा भएको जैविक तत्वले यस्को मलिलोपना निर्धारण गर्छ।यस्को अर्थ यो हो कि वलौटे माटोमा भन्दा चिम्ट्याईलो माटोमा पानी अडिन्छ।

    माटोको नमूना लिने तरिका
    पोखरी खन्नका लागि प्रस्तावित जग्गाको चारै कुना तथा केन्द्रवाट पोखरीको जम्मा गहिराई भन्दा १ फिट तल सम्म खाल्डो खनेर हरेक आधा फिट गहिराईको माटो नमूना लिई सबैलाई मिसाएर नमूना तयार गर्नु पर्छ साथ साथै माटोको हरेक तहको भौतिक वनावट ,रंगरुप पनि अध्ययन गर्नु पर्छ।। SOIL AGAR ले नमूना लिंदा राम्रो हुन्छ ।तह अनुसार माटोको रुपरंग हेरेपछि अनुभवि प्राविधिकले पोखरी खन्ने वा नखन्ने भनेर शिफारिश गर्न सक्छ।

    माटोको जाँच

    माटोको जाँच गर्दा निम्न कुराहरु हेर्नु पर्छ

    १. माटोको वनौट (TEXTURE ) २.माटोको तन्किने पना(PLASTICITY) को जाँच

    ३. माटोको पानी अड्याउने क्षमताको को जाँच ४.रुप रंग को जाँच

    माटोको माथिल्लो सतहको माटो जैविक तत्वहरुको कारणले कालो रंगको हुन्छ र जति तलतिर गयो रातो, खैरो ,सुन्तला रंगको ,पहेंलो वा निलो प्रकारको हुने गर्दछ ।कालो रंगको माटोमा पानी अडिदैन र रातो, खैरो ,सुन्तला रंगको ,पहेंलो वा निलो माटो मा पानी अडिन्छ तर यस्को पी एच कम भई अमिलोपना वढी हुन्छ।५-१० % कालोमाटो मिसिएको माटो मत्स्यपालनको लागि उपयुक्त हुन्छ वा कम मलिलो माटोमा पोखरी वनाउदा मल हाल्नु पर्ने हुन्छ।

    TEXTURE

    माटोको TEXTURE भन्नाले यस्मा मसिनो वालुवा (SAND), मोटो वालुवा (SILT) र चिम्ट्याईलो माटो (CLAY)को भाग कति छ भन्ने वुझिन्छ।२ मिलिमिटर(m.m) साईज भन्दा ठूलो माटोको कणलाई ग्राभेल (GRAVEL)भनिन्छ।पोखरी बनाउनको लागि वलौटे माटो उपयुक्त हुदैन र SILT वा CLAY को मात्रा वढी भएको माटो उपयुक्त हुन्छ।

    फील्डमा तुरुन्तै गर्न सकिने परिक्षणहरु

    १ .BALL TEST

    एकमुठी माटो हातमा लिएर थोरै पानी मिसाई डल्लो वनाउने र यसलाई हावामा १-२ मिटर फालेर फेरी समात्ने यदि माटोको डल्लो फुटेन भने यस्मा चिम्ट्याईलो माटोको मात्रा वढि हुने भएकोले पोखरी वनाउन उपयुक्त हुन्छ।

    २.RIBBON TEST

    एकमुठी माटो हातमा लिएर थोरै पानी मिसाई डल्लो वनाउने र माटो हातमा चिपिक्कै चिप्कन्छ र यसलाई हत्केलाम अठ्याँई निचोर्दा हत्केलाको आकार जस्तो छ माटोको आकार पनि त्यस्तै हुन्छ र औंलाको विचवाट कम्तिमा २ सेन्टीमिटर (c.m) लामा रिवन जस्तै टुक्राहरु वन्छन भने यस्मा चिम्ट्याईलो माटोको मात्रा वढि हुने भएकोले पोखरी वनाउन उपयुक्त हुन्छ।

    ३.BOTTLE TEST

    एउटा वोतलमा ५ सेन्टीमिटर माटो भरेर पानी मिसाई घोलेर १ घण्टा सम्म थिग्र्याउने र SAND, SILT र CLAYको % हिसाव गरी पत्ता लगाउनु पर्छ।

    UNITED STATES DEPARTMENT OF AGRICULTURE (USDA) अनुसार माटोको TEXTURE को वर्गिकरण

     

    मत्स्यपालनको निम्ति पोखरी निर्माणको लागि सवभन्दा राम्रो चिम्ट्याईलो दोमट(CLAY-LOAM) उपयुक्त हुन्छ र यस्मा ३०% वालुवा (SAND),३५ %सिल्ट(SILT) र ३५ %चिम्ट्याईलो माटो (CLAY)को समिश्रण

    बिहिबार, भदौ २८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.