• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, कार्तिक २७, २०८२ | Wednesday 12th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ४ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • ४ हप्ता अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिममा ‘लम्पी स्किन’ : ३ लाख ४६ हजार पशु सङ्क्रमित, १४ हजार बढी मरे !

  •  संवाददाता
  • बिहिबार, असोज ११, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम प्रदेशमा ‘लम्पी स्किन’को प्रकोपबाट १४ हजार ३ सय ९० पशु चौपाया मरेका छन् भने ३ लाख ४६ हजार ८ सय ८ पशु सङ्क्रमित अवस्थामा छन् । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी ६ हजार ९५ गाई त्यसै गरी क्रमशः ४ हजार ७ सय ८६ गोरु,३ हजार ७ सय ११ बाच्छा–बाच्छी र सबै भन्दा कम ९८ भैँसी मरेका छन् । बैतडीमा सबै भन्दा बढी ३ हजार ४ सय ४९ र कञ्चनपुरमा सबै भन्दा कम १ सय १९ पशु मरेका छन् ।

    सङ्क्रमित पशुहरूमा पनि गाई गोरुकै सङ्ख्या बढी छ । निर्देशनालयले दिएको जानकारी अनुसार १ लाख ५२ हजार ८ सय २९ गाई, १ लख ११ हजार ९ सय २७ गोरु, ७१ हजार ५ सय २२ बाच्छा–बाच्छी र १० हजार ५ सय ३० भैँसीमा लम्पी स्किनको सङ्क्रमण छ । सङ्क्रमित पशुको सङ्खया पनि सबैभन्दा बढी बैतडीमा ७० हजार ९ सय ४० र सबै भन्दा कम कञ्चनपुरमा २ हजार ६ सय १५ पशुमा सङ्क्रमण छ ।

    रोग नियन्त्रणका लागि हाल सम्म प्रदेशभर ७ हजार १ सय १७ पशुमा खोप लगाइसकेको निर्देशनालयका सूचना अधिकारी पुष्करराज नाथले बताए । ‘हामीले किसानहरूलाई रोग फैलिन नदिन पशुको सरसफाइमा ध्यान दिन भनेका छौँ । उहाँहरूलाई जनचेतना फैलाइरहेकाछौँ सरकारका तर्फबाट खोप लगाउने कार्य पनि जारी छ,’ उनले भने ।

    हाल सम्म कैलालीमा ५ हजार ८ सय, कञ्चनपुरमा २ सय ९२, बैतडीमा ७ सय र बाजुरामा ३ सय २५ पशुमा खोप लगाइएको छ ।

    ‘चिन्तित किसान’

    सुदूरपश्चिममा लम्पी स्किन रोगको सङ्क्रमण भयावह बन्दै गएपछि पशुपालन किसानहरू चिन्तित छन् । रोग नियन्त्रण तथा भएको क्षति व्यवस्थापनमा सरकार निरीह वनेको उनीहरूको भनाई छ । ‘गाई पालन गरेको थिए । मेरो गोठमा १२ गाई थिए। लम्पी स्किनबाट ४ मरे ६ वटामा सङ्क्रमण देखिएको छ । मलाई निकै घाटा लाग्यो सरकारबाट पनि सहयोग पाइन्,’ बैतडी पाटनका गणेश चन्दले भने ।

    पशुहरूमा देखिएको रोग नियन्त्रणका लागी सरकारले उपचारमा बिशेष ध्यान दिनुपर्ने किसानहरूको माग छ । ‘लम्पीस्किन रोगबाट पशुचौपाय धमाधम मर्दै गइरहेका छन् । हामी किसानहरूलाई निकै घाटा भयो, सरकारले तत्काल खोप र उपचारमा सहयोग गर्नुप¥यो,’ कैलाली घोडाघोडीकी सपना कुँवरले भनिन्, ‘मरेका पशुहरूको पनि सरकारले क्षति पूर्ति दिनुपर्छ ।’

    लम्पी स्किन रोगलाई महाकारी घोषणा गरी प्रभावकारी उपचार तथा व्यवस्थापन थालिनुपर्ने र मरेका पशुहरूको बिमा रकम यथाशीघ्र भुक्तानी गरिनुपर्ने अखिल नेपाल किसान महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष मदन रेग्मीले बताए ।

    ‘लम्पी स्किन रोगबाट हजारौँ पशु चौपाया मरेका लाखौँ अझै सङ्क्रमित छन् । किसानहरूको अर्वको धनमाल नष्ट भएको छ । सङ्घीय र प्रदेश सरकार यो समस्यासँग चिन्तित छैनन् । कृषकका समस्या समाधान गर्नुको सट्टा भारतमा ७ रुपैयाँमा उत्पादन भएको भ्याक्सिनलाई १ सय २० रुपैयाँमा निर्यात गरी किसानमाथि कालोबजारी गरी ५ सय रुपैयाँ सम्म बेचिरहेका छन्’,महासङ्घका अध्यक्ष रेग्मीले भने,‘सरकारले लम्पी स्किन रोगलाई महामारीका रूपमा घोषणा गरी व्यवस्थापन गर्दैन भने हामी आन्दोलनका कार्यक्रम चर्काउँछौ ।’

    रोकथाममा चुक्यो सरकार

    सुदूरपश्चिममा हजारौँ पशु चौपाया लम्पी स्किन रोगबाट मरिसक्दा समेत प्रदेश सरकारबाट रोकथामको ठोस पहल हुन सकेको छैन ।

    प्रदेशका ९ वटै जिल्लामा लम्पी स्किन रोग फैलिसकेको भए पनि प्रदेश सरकारले रोग नियन्त्रणविरुद्ध प्रभावकारी पहल भएको छैन ।

    आफ्नै बजेटबाट खोप खरिद गर्न सक्ने कार्यविधि भए पनि प्रदेश सरकार खोपका लागि समेत केन्द्र सरकारको भर परिरहेको छ । ‘हामीले खोप खरिद गरेका छैनौँ । केन्द्र सरकारले खरिद गरेर पठाउँला र स्थानीय तहसँगको समन्वयमा हामीले खोप लगाउला भन्ने मनसायमा थियौँ । खोप नै पुगेको छैन,‘ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ कृषि प्रसारक अधिकृत टिकाराम थापाले भने, ‘अहिले त रोगको सङ्क्रमण पनि घट्दै गइरहेको छ ।’

    भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले भने लम्पी स्किन रोग नियन्त्रणमा प्रदेश सरकार प्रभावकारी ढङ्गले लागेको दाबी गरे । ‘सुदूरपश्चिम प्रदेशमा यो रोगबाट मृत्यु भएका र सङ्क्रमित पशुहरूको तथ्याङ्क सङ्कलन गरी यसको नियन्त्रणका लागी बजेट व्यवस्थापनको काम भइरहेको छ । कार्ययोजना तयार गरी विपद् सङ्कटग्रस्त घोषणा गरी विपद् व्यवस्थापन कोषबाट रकम मागका लागी मन्त्रालयबाट प्रक्रिया अगाडि बढेको छ,’ मन्त्री चौधरीले भने ।

    लम्पी स्किन रोग विशेष गरी लामखुट्टे, टोक्ने झिँगा, किर्नालगायतबाट सर्ने गरेको छ । यस रोगको ठोस उपचार पद्धति नभएकाले लक्षणका आधारमा पशुको उपचार हुँदै आएको छ ।

    • सुदूरपश्चिममा ‘लम्पी स्किन’
    बिहिबार, असोज ११, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.