धनगढी,२४ असोज
नेकपा एमाले प्रदेश कमिटी उपाध्यक्षमा सर्वसम्मत निर्वाचित काली बहादुर शाहीले पाटीलाई एक ढिका बनाएर अगाडी लग्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचित भएपछि प्रतिक्रिया दिँदै शाहीले पार्टी भित्रका अन्तर्विरोध र समस्याको समस्याको सम्बोधन गर्दै पार्टीलाई मजवुद बनाउँदै लग्ने बताए । ‘पार्टी भित्रका सबै खाले असन्तुष्टिको सम्बोधन गरी सबै सँग हातेमालो गरी अगाडी बढ्ने योजना छ । पार्टीका सबै तहका कमिटीलाई चलायमान गरी २०८४ को चुनाव सम्ममा नेकपा एमालेलाई सुदूरपश्चिममा पहिलो पाटी बनाउँछौँ,’शाहीले भने ।
प्रदेशको कमिटीको पहिलो बैठकबाट प्रदेशका ९ वटै जिल्लामा पार्टी अभियानका कार्यक्रमहरूको कार्ययोजना तयार गरी अगाडी बढाइने शाहीले जानकारी दिए ।