• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, असार ०५, २०८२ | Thursday 19th June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • ७ दिन अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • ७ दिन अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • ७ दिन अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • १ हप्ता अगाडि

कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ
  • १ हप्ता अगाडि

कञ्चनपुरको एक किराना पसलमा आगलागी
  • १ हप्ता अगाडि

कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते
  • १ हप्ता अगाडि

कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए
  • १ हप्ता अगाडि

कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ
  • १ हप्ता अगाडि

साल्ट ट्रेडिङको भवनमा व्यापारीको रजगज, दुई करोड बढी भाडा तिरेनन् !

"‘बिचौलिया हाबी हुँदा बेचिए सटर’ "
  •  जीवन बिष्ट
  • मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी, ३० असोज – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको भवनमा व्यापारीहरूले कब्जा जमाएका छन् । धनगढी कार्यालयको सटर र कञ्चनपुरको भवन प्रयोग गरी व्यापारीहरूले २ करोड बढी रकम तिरेका छैनन् । भाडा बुझाउन पटक–पटक आग्रह गरे पनि व्यापारीहरूले टेरेका छैनन् । धनगढी संस्थानले १७ सटर भाडामा दिएकोमा एक सटरमा अहिले आफ्नै बिक्री कक्ष छ भने ३ सटर खाली छन् ।

    अन्य १३ सटरका व्यापारीहरूले ९७ लाख ६२ हजार १ सय २१ रुपैयाँ २५ पैसा तिरेका छैनन् । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढी प्रमुख तेज बहादुर कुँवरका अनुसार मधुलक्ष्मी गार्मेन्ट प्रा।लि।ले १८ लाख २४ हजार ३ सय ६०, डिडि कलेक्सनले १५ लाख ९९ हजार २ सय६४, शुभलक्ष्मी इम्पेक्सले ११ लाख ३० हजार ६ सय ७१, बाजुरा फेन्सी पसलले ९ लाख ९२ हजार ४० रुपैयाँ,डी एन्ड वि इन्टरप्राइजेज ८ लाख १० हजार २ सय ४० रुपैयाँ, रमा सपिङ्ग सेन्टरले ७ लाख ५९ हजार ५ सय ६०, पाथीभारा इमपोरियमले ७ लाख २४ हजार ५ सय ४,बाबा उद्धवदेव टे«डर्सले ६ लाख ३८ हजार ५६ रुपैयाँ भाडा रकम बुझाएका छैनन् ।

    यस्तै धुर्वतारा सपिङ सेन्टरले ५ लाख ३० हजार १ सय ४०, जिएसु सेन्टरले २ लाख १८ हजार ४ सय ८७, न्यू प्रकाश बस्त्रालयले २ लाख ८३ हजार ६ सय ४७, सुरपाल रेडिमेड बस्त्रालयले १ लाख ५१ हजार १ सय ६० र अङ्कित टे«डर्सले १ लाख भाडा रकम तिरेका छैनन् ।

    ‘दुई वर्षदेखि भाडा रकम तिरिदिन आग्रह गर्दै कुर्दै बसेका छौँ । अव त अति भइसक्यो सहन सक्ने अवस्थामा छैनौँ अव पनि व्यापारीहरूले भाडा नबुझाए हामीले कानुनी प्रक्रियामा जान्छौँ’, कार्यालय प्रमुख कुँवरले भने ।

    सटर भाडा बापतको रकम तिर्न पटक–पटक पत्र पठाउँदा पनि व्यापारीहरूले रकम बुझाएका छैनन् ।

    कञ्चनपुरमा रहेको साल्ट ट्रेडिङको भवन प्रयोग गरिरहेको सेफर अस्पतालले पनि १ करोड १७ लाख भाडा रकम तिरेको छैन । पटक–पटक ताकेता गर्दा पनि अस्पताल सञ्चालकले न त भवन छोड्न मानेका छन् न त भाडा नै बुझाइरहेका छन् । अस्पताल सञ्चालक नै अदालत पुगेपछि विवाद झन् बढेको छ । साल्ट ट्रेडिङ विरुद्ध अदालतमा जाहेरी दिएका सञ्चालक विरुद्ध नै अदालतले फैसला गरेपछि अस्पताल लिलाम प्रक्रियामा छ । ‘भाडा नबुझाएको खण्डमा अस्पतालका सामान लिलाम गर्न अदालतले आदेश दिएको छ । सोही बमोजिम हामी लिलामी प्रक्रियामा छौँ।प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र सुदूरपश्चिमबाट इन्जीनियरको टोली लगेर अस्पतालको सामान उठाउँछौँ,’ कार्यालय प्रमुख कुँवरले भने ।

    बिचौलिया हाबी, बेचिए सटर

    साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीस्थित कार्यालयको भवनमा व्यापारीको मनलाग्दी छ । संस्थानको भवनमा लामो समय व्यापार गरेका व्यापारीहरूले आफूखुसी सटरहरू बेचेको पाइएको छ । ‘हाम्रो जानकारीबिनै व्यापारीहरूले सटरहरू बेचेका छन् । जसको नाममा सटरहरू दर्ता छन् । अहिले ती व्यापारी त्यहाँ छैनन् । अन्य व्यापारीहरूलाई सटर सुम्पिएर उनीहरू अन्य स्थानमा व्यापार गरिरहेका छन्,’ धनगढी कार्यालय प्रमुख कुँवरले भने ।

    जयकृष्ण भट्टराईलेको नाममा रहेको सटर अहिले सुरपाल रेडिमेडलाई बेचिएको छ । समृद्धि बस्त्रालयले बाजुरा फेन्सी स्टोरलाई, माधव कृष्ण भट्टराइले बाबा उद्धवदेव टे«डर्सलाई, केशव प्रसाद बास्तोलाले रमा फेन्सी स्टोरलाई, जयलक्ष्मी इन्टरप्राइजेज सञ्चालकले डीएन्डबि इन्टरपाईजेजलाई र वीरेन्द्र गुप्ताले मधुलक्ष्मी गार्मेन्टलाई बेचेको पाइएको छ ।

    ‘सटर कसले कस्लाई सुम्पियो हामी त्यसमा जान्नौँ हामीलाई भाडा चाहिन्छ हामीले जसको नाममा सटर छ उहाँहरूलाई झक्झक्याइरहेकाछौँ,’ कुँवरले भने ।

    सटर छोड्न अटेरी, टेण्डर रद्द

    व्यापारीहरूले भाडा मात्रै तिरेका छैनन् । साल्ट ट्रेडिङको कुनै निर्देशन पनि मानेका छैनन् । संस्थानले भाडा तिरेर सटर छोड्न आग्रह गर्दै लामो समयदेखि परिपत्र गरिरहे पनि व्यापारीहरूले भने टेर पुच्छर लगाएका छैनन् ।

    ५ वर्षको अवधिमा संस्थानले ५० औँ पटक परिपत्र र निर्देशन जारी गरे पनि व्यापारीको रजाइँ कायमै छ । व्यापारीहरूको रवैयाका कारण हैरानी भइरहेको कार्यालय प्रमुख कुँवर बताउँछन् ।

    ‘हामीले उहाँहरूलाई भाडा चुक्ता गरिदिन आग्रह गरीरहेका छौँ । धेरै पटक पत्र पनि काटी सक्यौँ।हामीले ठेक्का मार्फत सटर भाडामा दिनको लागि दुई पटक टेण्डर पनि आह्वान गरेका थियौँ तर व्यापारीहरूले राजनीतिक पावर लगाएर दुवै पटकको टेन्डर पनि रद्द गराए,’ कुँवरले भने ।

    भत्किँदै भवन, नयाँ बनाउने तयारी

    धनगढी उप–महानगरपालिकाले बजार क्षेत्रको सडक फराकिलो बनाउन सुरु गरेपछि साल्ट ट्रेडिङ कर्पोरेसनको भवन पनि भत्काइने भएको छ । भवन भत्काएर सहयोग गरिदिन भन्दै उमहानगरपालिकाले संस्थानलाई पत्राचार गरेको छ । सडक क्षेत्रबाट २१ मिटरपर नयाँ भवन बनाउने तयारी संस्थानको छ ।

    ‘हामीले उप–महानगरपालिकासँग समय माग गरेका छौँ । अहिले नयाँ भवन निर्माणका लागी नक्सा पासको काम गर्दै छौँ अबको केही दिनमा हामी बोलपत्र आह्वान गछौँ,’धनगढी प्रमुख कुँवरले भने ।

    मनलाग्दी भाडा बढाइयो : व्यापारी

    लिखित सम्झौता बिना नै साल्ट ट्रेडिङ क्षेत्रीय कार्यालय धनगढीले व्यापारिक मलको दोब्बर बढी भाडा बढाएको आरोप व्यापारीहरूको छ ।

    आफूहरू सँग छलफल विनै एकाएक भाडा बढाउन थालेपछि विरोध गरेको र त्यसपछि मात्रै साल्ट ट्रेडिङले कहिले टेन्डर खोल्ने र रद्द गर्ने काम भइरहेको आरोप व्यापारीहरूको छ ।

    २०७१ सालपछि २०७४ साल सम्म व्यापारीहरूले प्रति सटक १५ हजारका दरले भाडा बुझाएको बताएका छन् । अहिले प्रति सटरको साढे २७ हजार भाडा तोकिएको छ । ‘१० हजार बाट १५ हजार हुँदै भाडा २७ हजार पुग्यो बजारमा कारोबार छैन । हामीले कसरी तिर्ने रु व्यापार नै भइरहेको छैन,’ व्यापारी मदनकृष्ण भट्टले भने ।

    व्यापारीहरूले नयाँ व्यापारिक भवनको निर्माण गर्दा पुरानो भवनले कुनै बाधा नपुगाउने भएकाले बजार क्षेत्रका अन्य संरचना भत्काउन सुरु हुँदा सम्म व्यापार व्यवसाय गर्न दिन माग गरेका छन् ।

    • साल्ट ट्रेडिङ
    मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
    कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
    सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • २.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ३.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ४.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • ५.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • ६.
      कञ्चनपुरको एक किराना पसलमा आगलागी

    • ७.
      कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते

    • ८.
      कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए

    • ९.
      कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ

    • १०.
      कैलालीको लम्कीचुहा नगरपालिकामा एक महिला मृत फेला

    • १.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • २.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ३.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.