• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, कार्तिक ३०, २०८२ | Saturday 15th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ४ घण्टा अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ४ घण्टा अगाडि

अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
  • ४ घण्टा अगाडि

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ४ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • १ महिना अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

Advertisement

सोनु कुमारको संघर्षले कोरेको हर्ष : विकट जिल्ला बाजुरादेखि नेपाली सेनाको सहायक सेनानीसम्म !

  •  रतन बहादुर बुढा
  • सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    काठमाडौँ-सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्रकृतिले दिएको सुन्दर उपहार हो । त्यही अनुपम प्रकृतिको काखमा हुर्केर आफ्नो जिम्मेवारीलाई काँदमा बोकेका सोनु कुमार बुढाको कथा कुनै चलचित्रको दृष्य जतिकै रोचक र रसिक छ ।

    सोनु कुमार अहिले नेपाली सेनाको सहायक सेनानी अर्थात् सेकेन्ड लेफ्टीनेन्ट पदबाट देशको सेवा गर्दै छन् । कुनै बेला उनै सोनु कुमार आफ्नो सपना र परिवारको आर्थिक जिम्मेवारीले गहिरोसँग थिचिएका थिए । उनले आफ्नो ४ वर्षकै उमेरमा बुवा बुद्धि बुढा गुमाए । बुवा गुमाएसँगै उनको परिवारमा आर्थिक अभाव सिर्जना भयो । आमाको पेटमा बहिनी थिइन् । आमा जेनतेन मेलापात गर्नुहुन्थ्यो । तर त्यसले परिवारको अवस्था धान्न धौ-धौ नै थियो ।

    बालक उमेरदेखि नै सोनु कुमारको मष्तिष्कमा तीन कुरा रोटेपिङ झै“ घुमिरहन्थ्यो । पहिलो( आफ्नो पढाइलाई निरन्तरता दिने, दोस्रो-आमाको मुहारमा पहिलेको जस्तै चमक ल्याउने र तेस्रो-बहिनीलाई पढाउने । चाहे पूरा हुन् वा अधुरा सपना देख्न कहिल्यै छाड्नुहुँदैन । यही ध्येय सहित सोनुकुमार जति सुकै कठिन परिस्थिति आएपनि त्यसलाई सामना गर्ने मार्गमा थिए

    उनी भन्छन्, “बाजुरा जिल्ला धेरै पिछडिएको जिल्ला हो । त्यहाँ गाउँलेहरुसँग मन हुन्छ । तर धन हुँदैन । मनले संसार नै आफ्नो बनाउन सके हाम्रा भेगका मानिसहरु उहिल्यै नै धनाढय भइसक्थे ।”
    टंक बुढाथोकीले रचेको ुमन विनाको धन ठूलो कि धन बिनाको मन ?’ गीत जस्तै अन्योलबीचमा सोनुको जीवन बितेको थियो । कक्षा ८ सम्म गाउँकै कुर्पेकोट आधारभूत विद्यालयमा पढे । दिन रात नभनी आमाले सोनुलाई कक्षा १० सम्मको पढाइ गाउँ नजिकैको मालिका मावि पढाइन् । कापी र किताबको जति नै अभावमा दुःख र कष्ट झेल्दै पढेको दिन सोनु सम्झिन्छन् ।

    No description available.

    एसएलसी उत्र्तिण गरेपछि सोनुले एसपीए कलेजमा विज्ञान विषय लिएर कक्षा ११ मा भर्ना भए । उनको तेजिलो दिमागले अध्ययनमा सहयोग मिल्थ्यो तर आर्थिक अभाव अध्ययनमा तगारो हुन पुग्यो । खान र बस्न नै समस्या थियो कलेजको शुल्क बुझाउन झनै मुस्किल पर्‍यो ।
    त्यसपछि सोनु कलेज छोडेर घर फर्किए । गाउँमा उच्च शिक्षा अध्ययन गर्ने अर्को विद्यालय थिएन । छिमेकी वडाको काँडा भवानी माविमा भर्ना भए । विज्ञान विषय नभएपछि उनले अर्थशास्त्र विषय पढ्ने विचार गरे ।

    उनलाई जसरी पनि विज्ञान विषय पढ्ने धोको थियो । बाजुराकै भानुदयमा विज्ञान संकाय पनि पढाइहुने थाह पाएपछि सोनु फेरि मानोदयमा भर्ना भए । घरबाटै खाने सामान ल्याएर पढ्न सहज हुने भएपछि उनलाई मानोदय माविमा पढ्न सजिलो भयो । पढाइमा अब्बल सोनुले काँडा भवानी माविबाट अर्थशास्त्र र मानोदय माविबाट विज्ञान विषय उत्र्तिण गरे ।

    १२ कक्षा उत्तीर्ण गरेपछि सोनुको जीवनमा केही परिवर्तनका रेखाहरु कोरिन थाले । आफै परिश्रम गर्दै पढेका सोनु २०७४ सालको म्यादी प्रहरीमा भर्ती हुनासाथ उनीमा नेपाली फ्रोर्स लाइनको जागिर खाने इच्छा जाग्यो । त्यसपछि उनी नेपाली सेनाको सेनाको सिपाही पदमा छानिए जुन उनको जीवनको टर्निङ् पोइन्ट बन्यो ।
    उनी भलिबल खेलमा निकै रुचि राख्थे । भलिबलमा उत्कृष्ट खेलाडीको उपाधि पनि जित्दै आएका थिए । यही खेलप्रतिको रुचि, पढाइप्रतिको लगनशीलता र व्यक्तिगत अनुशासनका कारण उनी सिपाही पदमा मात्रै रोकिएनन् । करिब पाँच वर्षपछि उनले नेपाली सेनाको सहायक सेनानी पदमा नाम निकाले ।
    उनी भन्छन्, “प्रकृतिले दिएको देन रहेछ मानव जीवन । प्रकृतिले दिएको उपहार त्यसै निष्कृय राख्नु हुँदैन । आफ्नो परिवार र देशको लागि केही न केही गरेर मर्नुपर्छ ।”

    No description available.

    आमाको बारेमा सोध्दा उनी भन्छन्, “आमालाई छोराको पोस्टको बारेमा के कति हुन्छ भन्ने थाहा छैन । तर अरुको मुखबाट सुन्दा उहाँ धेरै खुशी हुनुहुन्छ । अब पिर नमान्नु भन्छन् । आमालाई पनि बधाइ दिन्छन् । पथ प्रदशक आमा हुन् । मलाई आमाको माया धेरै लाग्छ । पहिलो शिक्षा दिने नै आमा हो । जसले आमाको माया पाउन सक्छ त्यही व्यक्तिले भविष्यमा केही न केही गर्न सक्छ ।“
    आफूले असल कर्म गर्नुपर्छ र आफ्नो लागि सबैभन्दा उपयुक्त लक्ष्य लिनुपर्छ आफ्नो लगावलाई निरन्तरता दिनुपर्छ । फेल भएपनि हार मान्नुहुँदैन भन्ने कुरामा जोड दिन्छन् सोनु ।
    आफ्नो भावी योजनाको बारे शोनू भन्छन्, “कमान्डरको भूमिका निर्वाह गर्ने सपना छ । नजानेको कुरा आफूभन्दा अग्रजलाई सोधेर अघि बढ्ने छु । कार्यकाल पूरा भइसकेपछि समाजसेवी बनेर उदाहरणीय भएर उदाउने छु ।”

     

     

    सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
    गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
    अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • ४.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • ५.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ६.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ७.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ८.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ९.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • १०.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • १.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.