• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ७ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ७ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ७ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ७ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ७ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ७ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

बाजुराका भूकम्पपीडित चिसोले बिरामी पर्न थाले !

  •  संवाददाता
  • सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बाजुरा-भूकम्पका कारण घरबारविहीन बाजुराका भूकम्पपीडित चिसोले बिरामी पर्न थालेका छन्। पालमा बस्नुपर्ने बाध्यताले विशेषगरी वृद्धवृद्धा र बालबालिका चिसोबाट प्रभावित भएका छन्।

    खप्तड छेडेदह गाउँपालिका–५ डोगडीकी ६२ वर्षीया साउने सार्की चिसो पालमा बस्दा बिरामीले थलिएका छन्। उनलाई चिसोले गर्दा टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्नेलगायतका समस्याले पिरोलिरहेको छ। सार्कीको १३ जनाको परिवार रहेकोमा कोही पालमा बस्छन् त कोही बाख्राको खोरमा बस्ने गरेका छन्। आफू दमको बिरामी भएकाले पनि चिसोले झनै समस्या निम्त्याएको उनले गुनासो गरे।

    पटकपटक भूकम्पको पराकम्प आइरहेकै छ। यसैले गर्दा त्रसित भएका स्थानीय सामान्य चर्किएका घरमा बस्न अझै सुरक्षित ठान्दैनन्। त्यसैले उनीहरूमध्ये अधिकांशको बास खुला आकाशम्ुनि नै रहेको छ। सामान्य पालभन्दा बाहेक अरु केही राहत नपाएको पीडितको गुनासो छ। चिसोमा लत्ताकपडा र खाद्यान्नमा निकै समस्या भएको पनि उनीहरूले बताए।

    सार्की जस्तै बाजुरामा धेरै भूकम्पपीडित बिरामीले थला पर्न थालेका छन्। सोही वडाकी दाँया सार्कीले बच्चा जन्माएको १९ दिन भएको छ। उनले आफू र बच्चाले न्यानो नपाएका कारण बिरामी भएको बताइन््। उठ्नै नसक्ने, टाउको दुख्ने र जन्मिएको बच्चालाई दूधसमेत खुवाउन नसकेको उनको दुखेसो छ। त्यस्तै वसन्तीदेवी सुनार नाबालक शिशुसहित पालमुनि बस्नुपरेकाले आफ्ना बच्चाहरू बिरामी हुन थालेको बताइन्।लगिि

    खप्तड छेडेदह गाउँपालिका–५ की मनकला सार्कीले भनिन्, ‘मैले अहिलेसम्म राहत पाएको छैन।’ घर भत्किएर तहसनहस भएपछि खुला आकाशमुनि नै बस्नुपरेको उनले बताइन्। कुनै पनि निकायबाट अहिलेसम्म पाललगायतका सामग्री नपाएको उनको गुनासो छ। सबै निकायलाई समस्या बताउँदा पनि कुनै पनि सहयोग उनले पाएकी छैनन्।

    बाजुरामा सबैभन्दा बढी क्षति खप्तड छेडेदह गाउँपालिकामा भएको छ। त्यहाँको ९ सय ८९ घरमा पूर्णरूपमा क्षति भएको भए पनि सबैलाई पाल व्यवस्थापन गर्न समस्या भएको गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताए। केही संघ संस्थाहरूले थोरै थोरै राहत साम्रगी र पालहरू दिएका भए पनि यहाँँका नागरिकको आवश्यकताअनुसार दिन नसकिएको उनले बताए।

    घर भत्किएका नागरिकलाई सामान्य पालहरू दिएको भए पनि घर चर्किएका नागरिक भने खुला ठाउँमै बस्दै आएका र उनीहरूलाई केही पनि राहत दिन नसकेको अध्यक्ष रावतले बताए। गाउँपालिकामा धेरै घर भत्किएका छन् र नभत्किएका पनि पूरै चिराचिरा भएकाले बस्न लायक नभएको अध्यक्ष रावतको भनाइ छ।

    भूकम्पको परकम्पले बाजुराका ७ हजार १ सय ३० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यालय बाजुराको तथ्याकंमा उल्लेख छ। बझाङमा असोज १६ गते मंगलबार दिउँसो गएको ६।३ म्याग्निच्युडको भूकम्पपछि निरन्तर सानाठूला परकम्प जाने क्रम जारी छ। भूकम्पले बाजुरामा १३ सय ८३ घर पूर्णरूपमा क्षति भएका छन्। त्यस्तै आंशिक रूपमा ५ हजार २९ र ७ सय १८ जोखिममा परेका घरसहित गरेर ७ हजार १ सय ३० घरमा क्षति भएको जिल्ला प्रशासनको तथ्यांक छ।

    पूर्णरूपमा सबैभन्दा बढी क्षति खप्तड छेडेदह गाउँपालिकामा ९ सय ८९ घर, बडिमालिकामा १ सय १४, त्रिवेणीमा १ सय १०, बुढीगंगामा १ सय २६ र बुढिनन्दा नगरपालिका १७ घरमा पूर्णरूपमा क्षति भएको छ। गौमुल गाउँपालिका २५ घर र हिमाली गाउँपालिकामा २ घरमा पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

    Annapurnapost,पदमबहादुर सिंह

    सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.