धनगढी-कैलालीको धनगढीमा सञ्चालनमा रहेको सञ्जीवनी पोलिक्लिनिकले स्वास्थ्य शिविर मार्फत निःशुल्क सेवा प्रवाह गरेको छ । शनिवार धनगढी उप–महानगरपालिका वडा न १६ भादा गाउँमा स्थानियवासीहरुलाई सेवा प्रदान गरीएको हो ।
शिविरमा जनरल फिजिसियन डाक्टर सुमन चौधरी र जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर शङ्कर अधिकारीले बिरामीहरूको निःशुल्क चेकजाँच पछि आवश्यक औषधिहरू पनि निःशुल्क रूपमा वितरण गरेका थिए । शिविरबाट एक सय जना बिरामीले निःशुल्क उपचार सेवा पाएका छन्।
स्वास्थ्यको पहुँच बाहिर रहेका ग्रामीण बस्तीका नागरिकहरूलाई सेवा दिन शिविर सञ्चालन गरीएको सञ्जीवनी पोलिक्लिनिक सञ्चालक दुश्यान्त बस्नेतले बताए । धनगढीका विभिन्न भित्री गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविरहरू गर्ने योजना रहेको उनको भनाइ छ ।