तेस्रो आँखा डटकमको सम्पादकमा उदय जीएम नियुक्त भएका छन् । डीबी मिडिया ग्रुपका प्रवन्ध निर्देशक डीबी रावतले जीएमलाई सम्पादकमा नियुक्त गरेका हुन् ।
नेपाली मूलधारको पत्रकारितामा दुई दशकभन्दा बढी समय सक्रिय रहेका जीएम पछिल्लो समय अनलाइन पत्रकारितामा सक्रिय छन् । उनले नयाँ युगबोध राष्ट्रिय दैनिक, अन्नपूर्ण राष्ट्रिय दैनिक र दि हिमालयन टाइम्स (अंग्रेजी दैनिक)मा काम गरेको अनुभव सँगालेका छन् । त्यस्तै, इहुलाकी डटकम, दैनिक अनलाइन डटकम लगायतका अनलाइनहरुमा समेत उनले सम्पादकको जिम्मेवारी सम्हालिसकेका छन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका जीएम महासंघको अघिल्लो कार्यकालमा भने केन्द्रीय सचिव थिए ।