धनगढी,११ पुष- कैलालीको फूलबारीमा आसरा सुधार केन्द्रको उद्घाटन गरिएको छ ।धनगढी उप–महानगरपालिका -१४ मा बुधवार एक कार्यक्रमका बिच नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले उद्घाटन गरेका छन्।
उद्घाटन पछि महानिरीक्षक कुँवरले सुधार केन्द्रले यस क्षेत्रमा लागूऔसधमा फसेकाहरूलाई सहज हुने विश्वास लिएको बताए ।
सुधारकेन्द्र स्थापना को लागि धनगढी उपमहानगर नगरपालिकाले १० लाख , बेलौरी नगरपालिकाले ५ लाख र कैलारी गाउँपालिकाले ३ लाख सहयोग गरेको सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी भरत बोहराले जानकारी दिए ।
उपमहानगरपालिकाले २० वर्ष सम्मको लागि नेपाल प्रहरीलाई सुधार केन्द्र सञ्चालनको लागि जग्गा र भौतिक संरचना उपलब्ध गराएको हो ।
लागू औषधमा फसेकाहरूलाई सुधार गर्न को लागि केन्द्रको स्थापना गरिएको हो । झन्डै एक सय जनालाई सुधार केन्द्र मा राखिने भएको छ ।
नेपाल प्रहरी श्रीमती सङ्घले यस अघि काठमाडौँ र धरानमा आसरा सुधार केन्द्र सञ्चालन गरिसकेको छ ।
उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमाल लगायत कैलाली कञ्चनपुरका विभिन्न पालिकाका प्रमुख उपप्रमुखहरू, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी ,विभिन्न सङ्घ संस्थाका प्रतिनिधि,स्थानीय र विद्यार्थीहरू को सहभागिता रहेको थियो।
लागु औषधको दुर्व्यसनीहरुलाई सुपथ शुल्कमा गुणास्तरिय उपचारको व्यवस्था गर्न आसरा सुधार केन्द्र स्थापना गरिएको हो । सुधार केन्द्रले लागु औषधको दुर्व्यसनीहरुलाई सुपथ शुल्कमा गुणास्तरिय उपचारको व्यबस्था गरी असल र सिर्जनशिल नागरिक बनाइ परिवार र समाजमा पुनःस्थापना गर्नेछ ।