कञ्चनपुर-सात ग्राम प्रतिबन्धित खैरो हेरोइनसहित बेलडाँडी गाउँपालिका–३ वैवाह सीमा इलाकबाट २५ वर्षीय नरेश जोशी पक्राउ परेका छन्।
सुदूरखबर प्रेस लेखिएको ज्याकेट लगाएका ती युवकले भारतीय नागरिकबाट केही सामान लिएको शंका लागेर चेकजाँच गर्दा खैरो हेरोइन फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए। पक्राउ परेका जोशी शुक्लाफाँटा नगरपालिका–४ का बासिन्दा रहेको बताइएको छ।
जोशीका साथबाट मोबाइल दुई थान, क्यामेरा एक थान, बैंकको चेक पाँच थान, एटिम एक थान, सुदूरखबर दैनिकको परिचयपत्र एक थान, पश्चिम नेपाल दैनिकको पास, युएन टे«ड कन्सर्नको नाममा रहेको मोटरसाइलकको ब्लु बुकसहित बरामद गरिएको छ।