धनगढी-कञ्चनपुरमा रहेको बिबि मार्टका २ जना कर्मचारीलाई पक्राउ परेका छन्।स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगराइ मार्ट संचालन गरेको भन्दै बिबि मार्टमा कार्यरत दुई जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।
मार्टमा स्वास्थ्य सुरक्षाको कुनै पनि पालना नगरिएको भिडभाड गरि व्यापार व्यावसाय संचालन गरेको र प्रशासनको आदेश विपरित पसल संचालन गरिएको पाईएकाले आईतवार बिहान मार्टमा तत्काल कार्यरत २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले बताए ।
अहिले दुबैजनालाई पक्राउ गरि सोधपुछ भईरहेको उनले बताए । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्वास्थ्य मापदण्ड अपनायई आईबार विहान ६ बजेदेखि ९ बजेसम्म खाद्य बस्तुको व्यपार गर्नपाउने नियम आदेशानुसार जारी गरेको थियो ।