धनगढी- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले कैलालीको गेटा अस्पतालको निरीक्षण गरेका छन्।
आइतबार अनुगमनका क्रममा मन्त्री बस्नेतले गेटामा भौतिक संरचना निर्माण भए पनि त्यसलाई सञ्चालन ल्याउन अझै धेरै काम बाँकी रहेको बताए। `भौतिक संरचना तयार छ ।एक सय शय्या सञ्चालन अनुमति पाएको गेटा अस्पताललाई ३ सय शय्याको बनाउन पहल थाल्नेछु । यसको दरबन्दी व्यवस्थापनमा विशेष ध्यान दिन्छु,`मन्त्री बस्नेतले भने ।
मन्त्री बस्नेतले गेटामा भौतिक संरचना निर्माण भए पनि त्यसलाई सञ्चालन ल्याउन अझै धेरै काम बाँकी रहेको बताए । ` गेटामा मेडिकल शिक्षा अध्ययनका लागि अस्पताल सञ्चालन गर्न आवश्यक छ ।बाहिरी क्षेत्रबाट डाक्टरहरू सुदूरपश्चिममा आउन नमान्ने भएकाले गेटामा मेडिकल शिक्षा सञ्चालन भएपछि यसै क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुन्छ,´मन्त्री बस्नेतले भने ।
१ सय ४१ अस्थायी दरबन्दी रहेको अस्पताल गत कार्तिक १ देखि सञ्चालनमा छ । हाल सम्म १ हजार ३७ जना बिरामीको उपचार गरिएको अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले जानकारी दिए ।