धनगढी-सेती प्रादेशिक अस्पतालको सेवा थप चुस्त दुरुस्त तथा प्रभावकारी बनाउन बारअनुसार कार्यतालिका सार्वजनिक गरिएको छ। सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै अस्पतालको सेवा थप प्रभावकारी बनाउन तथा व्यवस्थापन बलियो बनाउन कार्यतालिका सार्वजनिक गरेको हो।
आइतबार कोभिड वार्डमा खटिएका चिकित्सक तथा नर्सिङ इञ्चार्जसँग देखिएका समस्याबारे छलफल तथा आइसियु र भेन्टिलेटरबारे रिपोर्टिङ गर्ने जारी विज्ञप्तिमा उल्लेख छ।
यस्तै औषधिको अवस्थाबारे फार्मेसी इञ्चार्जसँग रिपोर्टिङ लिने, प्रयोगशाला इञ्चार्जसँग स्वाब संकलन तथा छिटो छरितो रिपोर्ट प्रदान गर्नेलगायत विषयमा रिपोर्टिङ गर्ने जारी विज्ञप्तिमा उल्लेख छ।