• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, पुष २३, २०८२ | Wednesday 7th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ घण्टा अगाडि

शर्मा पुरस्कृत
  • ४ दिन अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • ४ दिन अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • ४ दिन अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • १ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • १ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • २ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • २ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ४ हप्ता अगाडि

Advertisement

नलेखिएको प्रेम कथा

  •  सुमनकुमार खतिवडा
  • शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    थाहा छैन किन मैले तिमीलाई किन प्रिय भनेर सम्बोधन गरेँ, मलाई अझै पनि लाग्दैन तिम्ले मलाई त्यो शब्द उच्चारण गर्ने अधिकार दिएका छौ भनेर। तर मनले मानेन तिम्लाई प्रिय भनेर सम्बोधन गरे गल्ति भए आफ्नै ठानेर माफ गरिदिनु। म जे(जस्तो अवस्थामा छु, त्यसले तिमीलाई त खासै फरक पर्दैन। तर म भगवानसँग प्रार्थाना गर्छु, तिमी जहाँ जसरी भएपनि खुसीसाथ रहनु। त्यसैमा म खुसी खोज्नेछु।

    आजभन्दा चार वर्ष अघि मैले तिमीलाई पहिलोपल्ट स्कुलमा देखेँ। ख्याउटे शरीर, लाम्चो अनि कालो(कालो अनुहारको देब्रेपट्टि गालामा एउटा ठूलो खत। तिमी सानैदेखि अरुभन्दा बिल्कुल फरक स्वभावका थियौ। कम बोल्ने लजालु स्वभावको अनि एकान्त मात्रै रुचाउने मान्छे एक दिन विद्यालयको प्राङ्गणमा केही साथीहरु बाक्लो झुण्ड बनाएर बसिरहेका थिए।

    त्यसकोबीचमा तिमी पनि थियौ। तिमी साहित्यमा रुचि राख्दो रहैछौ। तिम्रो कविता सुन्नका लागि साथीहरु तछाडमछाड गर्दै तिम्रो वरिपरि गएर बस्दा रहेछन्। एक दिन मैले पनि तिम्रो कविता सुन्ने मौका पाएँ, आहा१ तिमी भित्र लुकेर रहेको प्रतिभाले मन फुरुग बनायो।

    पहिलोपल्ट त विश्वासै लागेन तर विश्वास नगर्न मनले मानेन। तिम्ले त याद गरेनौ होला, हरेक दिन जस्तो तिम्ले सुनाउने रचनाहरु भ्याएसम्म म कापीमा टिपेर राख्थेँ। लेख्दै जाँदा बीच-बीचको केही हरफहरु सधैजसो छुट्थ्यो। मैले जतिसुकै कर गर्दा पनि तिम्ले ती छुटेका हरफहरु कहिल्यै सुनाएनौ। बरु भोलि-भोलि भन्दै टार्यौ र त्यो तिम्रो भोलि कहिल्यै आएन।

    ती आधा कविताहरु अझैपनि मसँग सुरक्षित छन्। फुर्सदमा तिम्रा कविताका हरफहरु केलाउदै पढ्ने गर्थेँ। तिम्रा कवितामा हराउनु विस्तारै मेरो दैनिकी जस्तै भएको थिएो। तिम्रा कविता मार्फत म झनै तिमीसँग नजिकिएँ। तिम्रो हरेक कृयाकलाप मन पर्न थाल्यो।

    वास्तममा तिमी राम्रो त थिएनौ। थाहा छैन कसरी तिम्रो अनुहारको ठूलो खत पनि सुहाएझै देख्न थालेँ। तिमी बाहिर जस्तोसुकै देखिएपनि तिमी भित्र लुकेर रहेर सुन्दरता खुबै मन पर्थ्यो। कतिपय मुरा नभनेरै पनि मिठा हुँदा रहेछन्। विस्तारै तिमी स्कुल आउँदा जाँदा मसँगै हिड्न थाल्यौँ।

    मलाई तिमीसँगै हिड्न खुब मन पर्थ्यो। म मेरो हातमा तिम्रो नामको पहिलो अक्षरसँग मेरो नाम जोडेर लेखी तिमीलाई देखाउथेँ, तिमी रिसले रातो हुन्थ्यौ अनि तुरुन्तै मेरो हातमा खोपिएको नाम मेटाइदिन्थ्यौ। मलाई तिमी रिसाएको हेर्न खुब रहर लाग्थो। म बार-बार तिमीलाई सताइरहन्थेँ।

    नजानेरै म तिमीलाई प्रेम गर्थेँ। तर भन्ने आँट आइरहेको थिएन। विस्तारै दिनहरु बित्दै जाँदा हामी बीचको दूरीको खाडल झन् गहिरिदै गयझै लाग्यो। सदा सँगै हिड्ने, बोल्ने, नजिकिने मान्छे एक्कासी टाढिन खोज्दा मन भारि हुन्थ्यो।

    मैले गरेका प्रश्नहरुक‍ो तिम्ले कहिल्यै चित्त बुझ्दो जवाफ दिएनौ। बरु प्रतिउत्तरमा मबाट टाढा जाउ भन्दै घृणित व्यवहार देखाउन थाल्यौ। एक्कासी तिमीमा देखिएको यत्रो परिवर्तनले मलाई झनै नाजुक बनायो। सानैदेखि तिमीसँगै हिँडेको त्यो बाटो मलाई एक्लै हिड्ने साहस नै भएन। त्यसपछि स्कुल जानै मन लागेन।

    सुरुसुरुमा बिरामी छु भन्दै ढाटेर घरमा बसेँ। आमा बेलाबेलामा मलाई भावुक हुँदै सम्झाउनु हुन्थ्यो। विगत केही समयदेखि उहाँले मलाई केही कुरा भन्न खोजिरहनु भएको थियो। एकदिन म घरमा एक्लै भएको मौका पारी आमाले मलाई हप्काउदै भन्नुभए- ‘दलितको कोखमा जन्म लिएर बाहुनको छ‍रालाई ताक्छेस्। तलाई थाहा छ, तँ को होस् भनेर। आइन्दा बाहुनको संगत नगर नत्र गाउँबाटै निकाल्देलान्।’

    यी सब कुरा भनिसक्दा आमाका आँखा रसाए। उहाँको अनुहारमा अचानक त्रासका रेखाहरु एकपछि अर्को गर्दै दौडिए। शरीर अचानक बरफझैँ चिसो भएझैँ भएो। तिमी पटक(पटक मेरो स्मृतिमा आयर वरिपरि घुमिरह्यौ। अनि फेरि दलित शब्दले मलाई गहिरो गरि ढुग्यो।

    जातीयताको त्यो घाउ कहिल्यै नमेटिने गरी खत बनेर बस्यो मेरो मनमा। तिम्रो गालाको खत हेरेर तिमीलाई चोट लागेको कुरा मान्छेहरुले सजिलै देख्न सक्छन्। तर खै कस्ले देख्छ मेरो मनमा तिम्ले बनाइदिएको घाउ जुन लाख कोशिस गर्दा पनि कहिल्यै मेटिएन। साहस गरेर एकपटक तिमीलाई नै देखाएँ।

    पितृसत्तात्मक सोचमा पिल्सिएको समाजको एउटा पात्र अनि जातीय खोल ओढ्ने पूर्खाको सन्तान तिमी त्यसबाट कसरी अछुतो रहन सक्थ्यौ! तिमीले त्यसमा झन् नुनचुक नुनचुक लगाएर छाड्दियौ। तिम्रा मसँग भएका तिम्रा कविता जस्तै तिमी पनि आधा रहेछौ, जातीयताको बुइ चढेर आफूलाई सर्वोच्च सम्झिनेहरुले मानवताको उचाइ कहिल्यै चुम्न सक्दैनन्।

    प्रिय मान्छे,

    तिमी हिजो पनि मेरो थिएनौ र आज पनि हैनौ। जानी-नजानी गरेको पहिलो प्रेम जसरी पनि टुट्दो रहेछ। कसैलाई पाउनु मात्रै हैन, पाउने आसमा बाच्नु पनि त प्रेम नै हो नि। तिमी हरेक सम्बन्धको अन्तस्करणसम्म पुग्छौ जुन तिम्रो लागि जरुरी नै हुन्न। उनीहरु सम्बन्धको यति गहिराइमा पुग्छन् कि त्यहाँबाट निस्कने कुनै ठाउँनै हुँदैन।

    तब तिमी सजिलोसँग निस्कन्छौ एउटा गतिलो पात्र अनि कथा लिएर र लेखिदिन्छौ एउटा प्रेम काहानी। म विगत केही समयदेखि तिम्रा कथाहरु पढिरहेकी छु। आत्मिक अनि भावनात्मक सम्बन्धलाई साहित्यमा रुपान्तरण गर्न तिमी खुब माहिर भइसकेछौ। अँ साँच्चि, कहिले लेख्छौ हँ मलाई पात्र बनाएर तिम्रो पहिलो प्रेम कथा ?

    • प्रेम कथा
    शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेयर बालेन शाहको गीत आज सार्वजनिक हुँदै
    दोश्रो घोडाघोडी पर्यटन तथा सांस्कृतिक महोत्सव हुने
    धनगढीको उत्तरबेहिणीमा माघी मेला र लाइभ कन्सर्ट आयोजना हुने
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • २.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.